“मैले ९ महिना गर्बमा राखेर जन्माएको छोरो हो बिन्ती साकारलाई नेपाल फर्काइदिनुस(भिडियो सहित”

इनेप्लिज २०७४ भदौ २१ गते १:४८ मा प्रकाशित

खुसि लुटीएकी आमाको रोदन,सबैका छोराहरु विदेशबाट आमा सन्चै हुनुहुन्छ भनेर फोन गर्छन तर मेरो आफ्नै छोराबाट अश्लिल शब्दमा मैले र छोरीले गालि सुन्नु पर्छ त्यो पनि छोराले नशा खादै गरेको भिडियो हेर्दै -साकारको आमा रोजु अधिकारी,यस्तो छ साकारको पारिवारिक अवस्था.

आफूले जन्म दिने छोराले सार्वजनिक रूपमा अश्लील गालीगलौजको भिडियो राखेपछि कुन चाहिँ आमाको मन रोला र ? अहिले यस्तै तनावमा परेकी छन् काठमाडौं घट्टेकुलोकी रोजु अधिकारी । रोजुले छोरा सानो हुँदा राम्रो र असल मान्छे बनाउने सपना देखेकी थिइन् । बढ्दै जाँदा उनका छोरा साकार अधिकारी गीत संगीतमा लागे । उनी चर्चामै आएका ¥यापर हुन् । साकार आफूलाई रेली यम बुद्ध ठान्छन् । ¥यापर यम बुद्धले केही समयअघि मात्रै बेलायतमा आत्महत्या गरेका थिए । नेपालमा गीत संगीतमा क्रियाशील हुँदा साकार सामान्य अवस्थामा थिए ।

त्यसपछि उनी अस्टे«लिया पुगे । अहिले उनी अस्टे«लयाको न्युटनमा बस्छन् । विस्तारै उनलाई सिजोफ्रेनिया रोग समात्यो । यो रोग लागेपछि साइकोपाथ, तनाव र डिप्रेसन हुन्छ । विस्तारै मान्छेमा आत्महत्याको सोच बढ्ने चिकित्सकहरूको भनाइ छ । साकारको अहिले मानसिक सन्तुलन गुमिसकेको उनको परिवार र साथीहरूको भनाइ छ । यतिखेर उनले दिनहुँजसो अश्लील भिडियो सामाजिक सञ्जालमा राख्ने गरेका छन् । जसमा आफ्नो आमा र बहिनी तथा साथीभाइलाई गालीगलौज गरेको सुन्न सकिन्छ भिडियो हेर्नुहोस :

https://www.youtube.com/watch?time_continue=1&v=72flhRlkleM

प्रतिक्रिया