भाद्र १९ सोमबार ,नेपालीहरुको महान पर्ब बडा दशै हाम्रो घर आँगनमा आउनलाई पर्खेर बसेको छ । अब एक महिना पनि छैन दशैं भित्रिन । यसै बिचमा सञ्चारकर्मी तथा लोकदोहोरी गायक तिलक मगर र निरा छन्त्यालले भने पागल बनी मर्छु होला म लोक गीतीसंग्रह बजारमा लिएर आएका छन । सञ्चारकर्मी मगर र छन्त्यालको स्वर रहेको यो गीतमा किशोर खत्रीले लय सिर्जना गरेका छन । जसको शब्द भने तिलक मगर आफैले लेखेका छन ।
रुपन्देही र पाल्पाका बिभिन्न ठाँउमा सुटिङ गरिएको यस गीतमा राजन बिशुकर्मा र राधा पोखरेल र मनिशाा पुनले अभिनय गरेका छन । जुन गीतको निर्देशन सफल सहयोगी लम्सालले गरेका हुन भने छायांकन प्रेम बहादुर अर्यालले गरेका छन । जनता डिजिटलबाट बजारमा आएको यस गीतको दृश्य निमार्ण बुटवल टि.भी. नेपालले गरेको हो ।
बिशेष गरी माया प्रेममा आधारित यस गीतले धेरै दर्शक श्रोताको मन जित्न सक्ने आशा गरेका छन तिलक मगरले । उता निर्देशक सफल सहयोगी लम्सालले पनि यस गीतमा आफुले धेरै मेहनत गरेकोले सबैले मन पराउने कुरामा ढुक्क छन ।
आउनुहोस हेरौ सोही गीतको म्यजिक भिडियो ।
प्रतिक्रिया