गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको आगामी २०१७-२०१९ को लागि हुने निर्वाचनको लागि सतेन्द्र शाहले कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरे पछि आफु चुप लागेर नबसेको बताउद्छन l सम्पर्कमा रहेको र साथीभाई र एनआरएन अभियानमा लागेकाहरुले दिएको हौसला बाट आफु निकै उत्साहित भएको उनि बताउदछन l
आफु काम गर्न आएकोले र मेरो उम्मेदवारी काम प्रति समर्पण गर्ने आफ्नो लक्ष्य भएकोले आफुलाई यस पटक कोषाध्यक्ष पदमा काम गर्ने अवसर दिनु हुने छ भन्ने लागेको उनि बताउद्छन l
आफुले कार्यकारी समितिको सदस्य भै काम गरि सकेको हुनाले आफु संग अनुभव भएको बताए l पेशाले लेखापाल को जिम्मेबारी निर्वाह गरि रहेकोले कोषाध्यक्ष पदमा आफु योग्य भएको बताउद्छन l
श्रोत-बिकासलाई व्यक्तिको योगदानमा मात्र निहित नराखेर अन्य श्रोत र साधन समेतको बिकास गर्नको लागि आफु उम्मेदवार भएको शाहले बताए l
शाहले आपतकालीन कोष, नेपाल सहायता कोष, नेपाल परियोजना र अमेरिका भित्र आयोजना गरिने परियोजनाको फरक-फरक आय श्रोत र खर्च ब्यबस्था गरिनुपर्छ भन्ने मान्यता राख्ने बताए l
उनि भन्छन कोषाध्यक्ष भनेको कोषको हिसाव राख्ने मात्र नभएर संस्थालाई दिर्घ-कालिन रुपमा आर्थिक रुपले सम्पन्न गराउनु समेत रहेकोले आफु त्यो सपना लिएर कोषाध्यक्षको लागि उम्मेदवार भएको कुरा स्पष्ट राखेका छन् l सवै लाई आफुलाई मत दिन समेत आग्रह गरेका छन् l
प्रतिक्रिया