जीवनका रंगहरु ( Colors of Life):प्राध्यापक डा. रामजी शर्मा एवम् सूचना तथा प्रविधिकर्मी अम्बिका लोहनी शर्मा

इनेप्लिज २०७४ भदौ १३ गते ०:०२ मा प्रकाशित

जीवनका रंगहरु ( Colors of Life) अमेरिकाको विभिन्न राज्यहरुमा बसोबास गरिरहनु भएका नेपालीमूलका अमेरिकी जोडी ( Couple)सँग गरिएको कुराकानीका आधारमा तयार पारिएको प्रस्तुती हो l यो प्रस्तुतीमा हामी जीवनलाई समेट्ने विभिन्न रङ्हरु, आयामहरु अनी जीवनलाई हेर्ने सही दृष्टिकोणका बारेमा कुराकानी गर्नेछौ l यसै शृंखला अन्तर्गत आज हामी समक्ष हुनुहुन्छ – जर्जिया राज्यमा बसोबास गर्नु हुने प्राध्यापक डा. रामजी शर्मा एवम् सूचना तथा प्रविधिकर्मी अम्बिका लोहनी शर्मा l

प्रस्तुत छ वहाँहरुको विचारमा के हुन त जीवनका रङ्हरु –

१) जीवन (Life) के हो ?
जीवन रंग हो तरंग हो, सुख-दु:ख अनि मिलन-बिछोडको संगम हो, सम्झौता हो अनि संघर्ष हो |

२) खुशी (Happiness) के हो ?
खुशी प्राप्ति हो सफलता हो अनि सफलता पछिको भावनात्मक अभिव्यक्ति हो |

३) कर्तब्य (Responsibility) के हो ?
कर्तव्य लगनशिलता, परिश्रम र अनुशासन द्वारा गरिने जीवनको कर्म हो |

४) सम्बन्ध (Relationship) के हो ?
सम्बन्ध दुइ व्यक्ति बिचको विचार तथा विश्वासको मिलन गराउने माध्यम हो |

५) आत्मीयता (Intimacy) के हो ?
आत्मीयता आत्माको मिलन हो | जीवनलाई निरन्तरता दिने साहारा एवं विश्वास हो |

आजको शृंखलामा यतिनै l अर्कोपटक फेरी अर्को जोडीलाई लिएर आउने छौ l त्यतिन्जेल्का लागि विश्राम l सबैको जीवनमा खुशीका रन्ङहरु भरिउन, सफलताले शिखर चुमुन अनी आत्मविश्वासले गहिराइ नछोडुन, सबैमा हार्दिक हार्दिक शुभकामना l प्रतिक्षा गर्नुहोस् अर्को पालो तपाईंको हुनसक्छ l

प्रस्तुतकर्ता सुवास ढकाल :

 

प्रतिक्रिया