अमेरिकामा उप्पर खुट्टी लगाएर नेपालका नेतालाई गाली गरेमा नेपालका मानिसलाई किन झनक्क रिस उठ्छ ?

इनेप्लिज २०७४ भदौ ९ गते २:२२ मा प्रकाशित

झिटी गुन्टा बोकेर नेपाल कहिले नआउने गरि गएका नेपालीले नेतालाई नालायक भनेको पनि रुचाउदैनन l छिरिक्क केहि कमजोरी भयो कि नेता चोर भनि दिंदा नेपालमा बसोबास गर्ने लाई यो कुराले असह्य हुने गर्छ l सवै चोर देखि दिंदा झन् उनीहरुको कन्सिरी तात्दछ l सबै चोर हुन्छन् त ? त्यहि कुराले उनीहरु बुरुक उफ्रनछन l सपरिवार डलर कमाउन अमेरिका भासिएका नेपालीले पटक पटक नेपालका नेतालाई गाली गरे ,नेपालमा रहेका नेपालीले मन पराउदैनन l

सामाजिक संजालमा बारम्बार यसरी सबैलाई मुछि अमेरिकामा बसेर उप्पर खुट्टी ठुलो कुरा गर्ने भनि दोषारोपण लाग्दछ l प्रवासमा रहेको नेपालीले कर्मभुमि बाट उप्पर खुट्टी लगाई नेता तथा कार्यकर्तालाई गाली गरेको लेख र समाचार देख्दा मन पराउदैन l नेताहरु भन्छन कस्ले बिगारेको छ ? त्यसको नाम किटान गर्न चुनौती दिन्छन l आम नेता लाई नभनी जो त्यस्तो छ त्यसलाई भन्नु पर्छ भनि जवाफ दिन चाहन्छन l

राजनीतिक दलले यस्तो गर्ने र उस्तो गर्ने भनि विदेशबाट आदेश दिने र कुरा काट्ने गरि प्रस्तुत गरिएको लेख प्रति पाठकले बिल्कुलै रुचाउदैन l तर आफ्नो दलको भन्दा अन्य दलको र सरकार बाहिर रहेकोले यस्तो लेख भए दंग परि दिन्छन l क्या लेखेछ भनि लेखकको प्रशंसा पनि गर्छन l तर आम रुपमा अमेरिकामा बसेर नेता ,सरकार ,दल लाई झाको झार्ने लाई नेपालमा बस्नेले टेर पुच्छर पनि लगाउदैनन l

अमेरिकामा बिएमडब्लु र मर्सिटीज चढी स्वदेश रामो बनाउने योजना ,देशको मुहार फेर्ने कार्यक्रम ,कसरि देशको काया पल्ट गर्ने ,देशलाई सिंगापुर बनाउने जस्ता महत्वाकांक्षी बनाउने कुरालाई पत्याउन छोडेका छन् l किनभने अमेरिकामा बस्ने प्रवासी नेपालीहरु सदा को लागि नेपाल आएर बस्दैनन् भने कुरा नेपालमा बस्ने नेपालीलाई थाहा हुन्छ l पर्यटकको रुपमा मात्र नेपाल जाने र सवै कुरा आलोचना मात्र गर्ने हुन् भनि ठुलो आरोप लाग्ने गर्छ l

भ्रष्टाचारका बिरुद्ध आवाज उठाउने तर नेपालमा हुँदा स्वयम् भ्रस्टचारीमा परेको व्यक्तिले अमेरिकामा गइ सामाजिक संजाल मार्फत देश भ्रष्टचारले सकिएछ भनि संदेश दिंदा झनन रिसले आगो हुन्छन l

विदेशमा सपरिवार बसाई तर देशको चिन्ता गर्ने देश भक्तले नेपाल मै आएर किन देश सेवा नगरेको भन्ने यस्ता प्रकारका विचार ,समाचार र लेखलाई अस्विकार गरि दिन्छन l अमेरिकामा डलर कमाउदै देश खत्तम भयो भनि मन गढ़ंते कुरा दोचार्ने गरि लेखिएको लेखलाई रद्धिको टोकरीमा फ्याकी दिन्छन l

 

प्रतिक्रिया