न्युयोर्कमा मन्दिर निर्माण गर्न कलस यात्रा तथा महापुराण प्रारम्भ

इनेप्लिज २०७४ भदौ ८ गते ११:३३ मा प्रकाशित

न्युयोर्कमा स्थापित प्रतिष्ठित नेपाली गैर मुनाफा संस्था रिजउड नेपाली समाजको श्रीमदभागवत महापुराण सुरु भएको छ l

गत अगस्त २३ तारिख महापुराण प्रारम्भ गर्नु अगाडी २ सय भन्दा ज्यादा महिलाहरुले संस्थाले किनेको जग्गा बाट कार्यक्रम स्थल सत्य नारायण मन्दिर सम्म कलस यात्रा गरेका थिए l

अगस्त २३ बुधबार देखि अगस्त २९ मंगलबार सम्म श्रीमदभागवत महापुराण हुने छ l हरेक दिन दिउसो ४ बजे देखि राती १० बजे सम्म महा पुराण गरिने भएता पनि अगस्त २३ तारिखका दिन साँझ ६ बजे पछि बाचन प्रवीण दीनबन्धु पोख्रेलले छोटो वाचन गरेका थिए l चेलीबेटीहरुको तीज को दर खाने दिन त्यहि दिन र सोहि स्थानमा परेकोले महा पुराण केवल २ घण्टाको लागी मात्र गरिएको थियो l

कार्यक्रम प्रारम्भमा औपचारिक रुपमा अतिथि ,पदाधिकारी तथा संस्थाका अध्यक्षले शुभकामना मन्तब्य राख्नु को साथै उद्देश्य को बारेमा चर्चा परिचर्चा गरेका थिए l गत अगस्त २३ तारिखमा आधा दर्जन व्यक्तिहरुले मन्दिर तथा सामुदायिक भवन निर्माण हेतु गरि करिव २२ हजार डलर दिने घोषणा गरेको संस्थाले जनाएको छ l

रिजउड नेपाली समाज गैर राजनीतिक तथा गैर नाफामुलक संस्था हो भने न्युयोर्कमा सन् २००३ मा दर्ता भएको हो l संस्थाले सन् २०१० मा श्रीमद्भागवत महापुराणको आयोजना गरी आफ्नै स्वामित्वमा रिजउडमा जग्गा खरिद गरेको छ l

प्रतिक्रिया