गैह्र आबसिय नेपाली संघ द्वारा सप्तरी जिल्लाको बिकट गाउका बाढि पिडितलाइ राहत वितरण

इनेप्लिज २०७४ भदौ ८ गते ९:३६ मा प्रकाशित

काठमाडौँ : नेपालका लागि नेपाली भन्ने मुल मन्त्र सहित सहयोगी हातहरु अगाडी बढाउदै आएका गैह्र आबासिय नेपालीहरु नेपाल आमालाई दुख पर्दा, आपत बिपत हुदा सदैब सहयोग गर्न तत्पर रहेर आफ्नै हात बाट सामाजिक कार्यमा हातेमालो गर्दै आएका छन l गैह्र आबसिय नेपाली संघले २०७२ सालको महाभुकम्प देखि २०७४ सालको बाढि पिडित सम्म आउदा धेरै उदारणीय काम गर्दै आएको छ l गैह्र आबसिय नेपाली संघमा आबद्द नेपालीहरुले जन्मभुमी प्रतिको आफ्नो दायित्व सधै निर्बाह गर्दै आएको छन भने दुखको घडीमा सदैब नेपालीहरुको लागि अबिभाबकको दायित्व निर्बाह गर्दै आएको छ l

अहिले नेपालको तराई क्षेत्रमा भएको बाढी पिडितहरुको लागि पनि गैह्र आबसिय नेपाली संघका अधक्ष्य डा. शेष घले, बरिष्ट समाजसेवी जमुना गुरुङ, गैह्र आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का सल्लाहकार यम बहादुर (त्रिलोक) गुरुङ, गैह्र आवासीय नेपाली संघ अमेरिकाका क्षेत्रिय संयोजक सोनाम शेर्पा लगायतका प्रतिनिधिहरु आफै सप्तरी जिल्लाको अति बिकट तथा अहिले सम्म कहिँ कतै बाट राहत नपुगेको मैना कदेरी गाउपालिकामा भएका बाढि पिडित जनता सम्म दैनिक उपभोग्यका सम्मानहरु चामल, दाल, तेल, नुन,तथा अन्य खाने कुराहरुको साथमा झुल तथा पनि सफा गर्ने पियुस लगायतका दैनिक जीवनका महत्वपुर्ण समानहरु उक्त गाउपालिकामा रहेका ६०० सय घर परिवारलाई वितरण गरिएको जानकारी गैह्र आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का सल्लाहकार यम बहादुर (त्रिलोक) गुरुङले गराएका छन l बिगत दुइ दिन देखि बाढि पिडित राहत वितरणमा खटिएको गैह्र आबसिय नेपाली संघका प्रतिनिधिहरुले उक्त गाउ सम्म पुग्न सडक समेत बिग्रिएको हुदा बाटो समेत आफैलाई बनाउदै उक्त राहत वितरण टोलि बिकट स्थान सम्म पुगेर पिडितको मुहारमा खुसि तथा आशाका किरण ल्याउन सफल भएको थियो l

प्रतिक्रिया