तीज र नेपाली महिला

इनेप्लिज २०७४ भदौ ७ गते १४:०७ मा प्रकाशित

आजभोली चारैतिर तीजको रमझमले रमाइलो वातावरण छाएको देखिन्छ, शहरबजारमा ठाट्टिएर हिडेका महिलाहरु मानौं कोहिभन्दा कोहि कम छैनन् भनेजस्तो लाग्छ । बर्षदिनसम्म गुम्सिएको हॉंसो अट्टहॉंस गर्दै बाहिरिएको छ । शहरका पाटीप्यालेसतिर नाचागानको स्वर पनि सुनिन्छ । सँधै घरको चुलोचौको समालेर बस्ने महिलाहरु अाजभोली सहरबजारको महँगो रेस्टुरा र पाटीप्यालेसतिर देखापर्न थालेका छन् । यी ठाट्टिएर उन्मुक्त भएर हिँडेका महिलाको जमात देखेर पुरुषबर्गमा निकैनै इर्श्या पैदाभएझै लाग्छ । पुरुषमात्र हैन एकाथरि महिलाहरु नै यी उन्मुक्त रमाएका महिलाहरुको बिरुध्द बोलिरहेका देखिन्छन्, “आईमाई भएर केसारो छाडाभएर हिडेका छि” !

आइमाई भएर उन्मुक्त भएर हिड्न नहुने कदापि हैन, आईमाईको पनि मन हुन्छ । मीठो खानें, राम्रो लगाउँने चाहा हुन्छ ।
तर यता प्रसँग तीजको परेको छ । तीज के हो र कसरी मनाउने भन्ने कुरा बुझेर हो अथवा नबुझेर हो तीजको नाममा एकडेढ मैना अगाडिदेखि पार्टीप्यालेस र रेस्टुरा धाउनु कत्तिको जायज कुराहो यो चै सोचनीय छ । आठदस बर्ष पहिले यस्तो कुरा थाहै थिएन । दर खाने भनेको त तीजको अघिल्लो दिन बेलुकी आफ्नै प्रकारका मीठा परिकार बनाएर खाने चलन थियो । बिहेगरेर कताकता पुगेका चेलीवेटी माईतमा जम्माभएर दरखाँदाको रमाइलो र मिठास अर्कै हुन्थ्यो । बल्लबल्ल भेटिएका बालककालका साथीसहेली र दीदीबैनीहरु आफ्ना दुखसुखका कुरामा गीतगाएर चेलिलीबेटीले नाचेको आँगनको रौनक नै अर्कै हुन्थ्यो ।

बिगत केहि बर्षयता तीजको नाममा बिभिन्न सँगसँस्था नै लागेको देखिन्छ । आज फलानो सँस्थाको दर फलानो पाटीप्यालेस भन्याछ डौड्याछ ! अनि भोली फलानो सँस्थाको फलानो पाटीप्यालेस भन्याछ ड्यौड्याछ ! यस्तो पनि दर हो र ?

बुझेर हो या नबुझेर हो, शहरबजारमा बस्ने शिक्षित महिलाहरुनै यस्तो कार्यमा अग्रसर भएको देखिन्छ । अझ जमात र ग्रुप बनाएर एकमैना अगाडिदेखि दरको नाममा बाहिर खान हिडेको देखिन्छ । नेपालका गाउँघरमा एनजीओको नाममा च्याउ उम्रेसरी खुलेका बिभिन्न सँघसँस्थाहरु नै यस्तो काँममा निकै अग्रसर भएको देखिन्नछ । सित्तै खान कसैले बोलाए दँगपरेर जाने हाम्रा सोझा दीदीबहीनीहरु यो पनि बुझ्दैनन् कि दरको नाममा कस्तो सँस्कार खुवाइँदै छ ?

बाहिर गएर खानुलाई नराम्रोकुरा मान्न सकिन्न, पुरुषले दिनहुँजसो मिटिगँ, सेमिनार र गोष्ठि भन्दै बाहिर होटल र रिसोर्ट धाउन हुन्छ तर महिलाले एकदिन कतै रेस्टुरामा गएर खान नहुने त हैन , तर कुरा तीजको हो, तीजको दर भनेर खानुचाहिँ कति युक्तिसँगत कुरा हो त ?

दर त एक दिन पो खानेहो, त्यो पनि साकाहारी खाना आफ्नै घरमा बनाएर, किन कि भोलिपल्ट ब्रतबस्नुपर्छ, त्यसैले जेपायो त्यै खानुहुन्न । यता त साकाहारीको अर्थ पनि भुलेजस्तो लाग्छ । यो नभुलौँ कि हामी सनातन हिन्दु धर्मावलम्वीहरु हौ, हाम्रो आचार होटलको तामसि खानासँग मिल्दैन, पश्चिमा मूलुकको सिको गरेर अचेल पाटी, पिकनिक, रेस्टुरा जतासुकै जे पनि खाएर मातेर हिडेको देखिन्छ । खानु आफ्नो स्वतन्त्रता हो यसमा कसैको बन्देज या टिक्काटिप्पणिको आवस्यकता छैन, तर दरको नाममा जथाभावि खाएर हिड्नुचाहिँ काहाँसम्म को उचित कार्य हो र ? यो त खानेमान्छे आफैले बुझ्नुपर्ने कुराहो !

तीज आएको जानकारी सडकको रौनकले पनि बताउँछ । एकमैना अगाडिदेखि सडक रातै र पहेँलै भएको देखिन्छ । झकिझकाउँ गरगहना र महँगा सारीमा सजिएका महिलाको जमात यता र उता लागेको देखिन्छ । पाटीप्यालेस होस् या रेस्टुरा मा होस्, आआफ्ना घरघरमा किन नहोस्, दरको नाममा फेसनसो नै गरेझै लाग्छ, लुगा र गहनाको होडबाजी चल्छ, अचेल त झन फेसबुकमा फोटो देखाउनुपर्ने बाध्यताले कोहिभन्दा कम हुन भएन, अनि आज लगाएको लुगा भोलीफेरि अर्को पाटीमा कसरी लगाउने ? फेसबुके साथीले के भन्लान ! पाटी गएपिच्छे नयॉंलुगा त चाहियो ! तीजको नाम गरेर यसपालि पनि चारपाँचवटा नयॉं सारी त किन्नैपर्यो तीज सुरुभयो भनेपछि शहरबजार सपिगँसेन्टर सबै मख्ख परेका हुन्छन्, ब्यापार बढ्ने आशाले शहरका पसलहरु झकिझकाउ बनेको देखिन्छ । पसलमा सुनका गरगहना पनि तीज आएपछि टम्म पारेर राखेका हुन्छन् आखिर बर्षदिनसम्मको खर्च यसपाला तीजमा उठाउनु पर्छ ।

अझ चुरापोते आदि श्रृगारिक सामानको त नामै न लिए हुन्छ, शौभाग्य आदान प्रदानको नाममा शहरभरिको पसल प्राय रित्तिन्छ नै । तीज लागेपछि सबैलाई नयाँ चुरापोते देखि लिएर लुगा र गहनासम्म चाहिने कस्तो अचम्म ! अघीपछि किने पनि त हुन्छ तीजको नाममा सर्वत्र खर्च गर्नैपर्ने ! यस्तो आडम्बरि पनाले गर्दा सबैतिर कस्तो अषर परेकोछ यसबारे के को चिन्ता र ?

हुनेखानेले तीजको नाममा सर्वत्र खर्च गरेको देख्दा नहुने र नपुग्ने ले पनि खर्च गर्नैपर्छ भन्ने बुझेर सिकोगर्दा घरब्यबहारमा असन्तुलन हुन्छ, सीमित आम्दानिमा घरखर्च चलाउनपर्ने महिलाले हुनेखानेको सिको गर्दा घरको स्थिति कस्तो होला ? हुँनेखाने भनाउदाले यस्तो कुरा सोच्दिनुपर्छ, पैसा खर्चगर्ने अरु जुनसुकै दिन पनि हुन्छ तर तीजकै नाममा किन खर्च देखाउनपर्यो ?

यता तीजको नाममा बिभिन्न गीतेक्यासेट निकालेर नाचागानको होडनै चलेको देखिन्छ । जुनसुकै गीत गाउँन् क्यासेट निकालुन्, त्यो उनको अधिकारको कुरा हो, तर गीतेक्यासेट बेच्नेलाई पनि तीजकै नाम लिनुपर्ने ? तीजमा के कस्ता गीत गाईन्छन् पत्तो छैन, जेपायो त्यै गीतलाई तीजको नाम दिएको छ ! मैलिकताको सत्यानाश !! चारैतिर तीजकोनाममा छाएको विकृतिले नजानिदो किसिमले भयावह रुप लिदैछ, हाम्रा दीदीबहीनीहरु बिस्तारै आडम्बरतिर आकर्षित भएको देखिन्छ । आफ्नो कान नछामी कौवाको पछिलागेजस्तो, चाडबाड र ऋतिरिवाजले धनि हाम्रो आफ्नो मौलिकता र चिनारिलाई बिर्सेर अर्काको सिको गर्नु कति राम्रो होला ? यो हामी आफैले सोच्नैपर्छ । यो नभुलौँ तीज भनेको एकदिन हुन्छ र दर पनि तीजको अघिल्लोदिन एकदिन खाइन्छ ! बाँकि सबै फजुल हो ।

तीजभनेको हाम्रा आफ्नै आराध्यदेव र देवीको ब्रतउपासना र पूजाआजा गर्ने हो, ब्रमाण्डको अर्कै ग्रह नक्षत्रबाट आएको नयॉं किसिमको भगवान हैन । अघीपछि अरु ब्रतपूजामा जस्तो गरि आरारधना गरिन्छ उस्तै गरी गर्ने हो, ‘तीज’ भनेर बिषेश बनाउनुपर्ने कुनै आबस्यकता छैन ।

तीज र दरको नाममा जथाभावि गर्नुभन्दा सच्चा मनले शुध्द आचरणमा रहि आफ्ना आराध्यलाई एकथुंगा फूल र एक अँजुलि जल चढाए पुग्छ । दर भन्दै एकमैना अगाडिदेखि जथाभावि खानु र तीजको नामामा आडम्बर देखाउन भगवानले भनेकाछन् र ?

 

प्रतिक्रिया