जिवातुका स्रष्टा कृषि वैज्ञानिक खड्गभक्त पौड्याल

इनेप्लिज २०७४ भदौ ४ गते २३:१६ मा प्रकाशित

सिसडोलमा थुपारिएको फोहोर मैलाले त्यस आसपासका बस्तीहरूमा फोहोर मैलाको दुर्गन्धले अनेक थरि रोगहरूको संक्रमण बढ्यो । खाना खायो कि उल्टी हुने, दुर्गन्धले सुत्न नसकिने यस्ता अनेकौं समस्याहरूले जनता आन्दोलित भए । स्थानिय विकास मन्त्रालय र महानगरपालिकाहरू किंकर्तव्यविमुक भए । यस्तो अवस्थामा एक कृषि वैज्ञानिकले दुर्गन्ध उत्तपन्न गर्ने जिवाणु नियन्त्रण गर्ने विधि अगाडि सारे । जसबाट दुर्गन्ध नियन्त्रित भयो ।

सिसडोलको समस्या समाधान गर्ने वैज्ञानिक भन्छन् “सरकार र जनसमुदायले चाहने हो भने वाग्मती, विष्णुमती लगायतका नदीहरूको दुर्गन्ध सहजै नियन्त्रण गर्न सकिन्छ ।” यी कृषि वैज्ञानिक हुन् इ.सं. १९५२ सेप्टेम्बर १५ मा वीरगंजको माइस्थान पछाडि जन्मेका खड्गभक्त पौडेल । न्यायका लागि चन्द्रशम्शेरको आदेश लत्याएर २ चोटी सर्वस्व हरण भएका यिनका पिता वेदभकत उपाध्याय वडा काजी लक्ष्मीभक्त पौडेलका सन्तती हुन् ।

पछि गढीमाई गा.वि.स. जीतपुरको नगोलमा हुर्केका खड्गभक्तको जीवनमा दुइटा घटनाले धेरै ठूलो उथल पुथल आयो । पहिलो उनले एस.एल.सी.को परीक्षाको तयारी पूर्व माइक्रो वायोलोजिष्ट स्व. भरतराज शर्मा (मैतीदेवी) सँग ट्युशन पढ्दा पढ्दै जिवाणुबारे विशेष ज्ञान प्राप्त गर्ने अवशर पाए । खासगरी अंग्रेजी गद्य पुस्तकमा भएको ‘हाम्रा दृष्य अदृष्य शत्रु तथा मित्रहरू’ भन्ने लेख विशेष व्याख्याका साथ अध्ययन गर्ने अवसर मिल्यो । त्यस्तै उनको जीवनमा अर्काे युगान्तकारी घटना घट्यो जीतपुरको नगोलमा १० विगाहा जमीनमा आई.आर.एट धान लगाएर निकै राम्रो पैशा कमाउने सोच बनाएकोमा भदौमा बालीमा सुकेनास लागेर बर्बाद हुने भो । परवानीपुरको कृषि फारामका विशेषज्ञ कहाँ त्यसको निदान खोज्दा उल्दै उनीहरूको ४ विगाहामा धान स्वाहा हुन लागेको देखाए । उनी विरक्त भएर घर नै नगएर खेतको बीचमा झ्याम्म परेको रुखमुनि त्यसै पल्टिन पुगे । त्यस ठाउको १० दिन जतिको बसाईमा वरपरका दनुवार, धोँगर, थारु आदि गाउलेहरूले उनलाई खाना पिनामात्र नगराएर गोबर गहुत खरानी लगायत अनेक स्थानिय उपचार पद्धति सिकाए । त्यसमा खेतमा सुगुर दौडाउने जस्ता कामपनि भए जसले १० धूर बाहेक सबै धानवाली बच्यो । काठमाडौंमा आई.एस्सी. पढ्दै गर्दा पानी नपचेर पेट दुखेर घर फर्केका खड्गभक्तलाई धानखेतीमा प्राप्त अनुभवले जीवनको मोड नै बदलिदियो । वाली बचाएर परवानीपुर पुगेका खड्गभक्तलाई आफ्नो अनुभव सुनाउन जाँदा त्यहाँका विशेषज्ञहरूले वेवास्ता गरेपछि एकदिन तिमिहरूलाई सिकाउने गरी आउछु भनेर फर्के ।

यसैले उनले जगदम्बा कृषि कलेज पुल्चोकमा कृषि विषय अध्ययन गर्न थाले तर विद्रोही वेदभक्तका छोरा त्यसै किन बस्थे । एक वर्ष पढेपछि जे.टी. जे.टी.ए.लाई दोस्रो वर्ष पढ्न नपाउने व्यवस्था बिरुद्ध आन्दोलन चलाएर सबैले आई.एस्सी. गर्न दिन सरकारलाई बाध्य पारे । त्यो कृषि कलेज चितवन रामपुरको पंचायत प्रशिक्षण केन्द्रमा स¥यो तर दुर्भाग्य रानी जगदम्बाद्वारा स्थापित कलेजबाट उनको नाम च्वाट्टै काटियो ।

रामपुरपछि उनी छात्रवृत्ति पाएर उत्तराखण्डको पन्तनगरमा जी.पी. पन्त कृषि विश्वविद्यालयबाट वी.एस्सी (कृषि स्नातक) अध्ययन गर्न सफल भए । २०३७ सालमा नेपाल फर्केर उनले कृषि अधिकृत भएर जुम्ला जाने अनुमति मागे तर विभागबाट सुर्खेत पठाइयो ।

उत्तराखण्डमा अध्ययनको दौरान कालापहाड जाने पश्चिम नेपालका अति मेहनति तर ज्यादै दरिद्र अवस्थाका उच्चपहाडी भेगका बासिन्दाहरू देखेर तिनीहरूलाई सम्पन्न र आत्मनिर्भर बनाउन उच्च मूल्य र थोरै तौल ९ज्ष्नज ख्बगिभ ीयध ख्यगिmभ० को नगदेवाली उत्पादन गर्न लगाउने अठोट गरेका थिए । उनको थप योजना थियो एक गाउँ एक हेली प्याड । आफ्नो महत्वकांक्षी परिकल्पना पुरा गर्न उनले पन्तनगर लगायतका कृषि विश्वविद्यालय र अन्य अनुसन्धान केन्द्रहरूमा राम्रो सम्पर्क गर्ने प्रयत्नका फलस्वरुप यू.पी.को देवरियाका प्रा.डा. रमाशंकर सिंह लगायतका कैयौं वैज्ञानिकहरूबाट सहयोग पाए । त्यहाँका अथितिगृहहरू उनले निशुल्क पाउथे भने रेलको भाडामा पनि सहुलियत प्राप्त भयो । त्यसैले समय पाउदा साथ उनी हिन्दुस्तान जान्थे र हिमाचल, काश्मीर, उत्तराखण्डका कुना कुना पुग्थे । किन्नौर जिल्लाको सांग्ला उपत्यकाबाट काला जीरा, काश्मीरबाट केशर र हिमाली सूप आदिको नेपालमा विकास गर्न उत्प्रेरित भए । त्यसैले नेपाल मै हिमाली जीरा, हिमाली सूय फाइदाजनक सूक्ष्म जीवाणु खोज्दै सुर्खेतबाट शुक्रबार हिडेर जाजरकोट पश्चिमका लेकहरू हुँदै कालीकोट सीमा छोएर दैलेखबाट वीरेन्द्रनगर फर्किन्थे । आजपनि उनलाई हिमानीको लेकका गोठालाहरू र भावरसैनीको होटलका साहुहरूले सम्झिराख्छन् । उनले लगभग ९ सय वटा काला जीरा लगायतका वीउहरू उमारेका वीउ केन्द्रहरू कति त यथावत नै छन् । १२ सय देखि १४ सय मिटरमा फल्ने कालो जिरा र २४ सय देखि ३ हजार मिटरसम्म फल्ने काला जिरा मध्ये पछिल्लोलाई उनले शुरुमा लेकाली र पछि हिमाली जिरा भनी नयाँ नाम राखे । कसैले नभेट्ने उनका यायावर गतिविधि बिरुद्ध तत्काल सुर्खेत जिल्ला प्रशासन सतर्क भयो र उनीमाथि खतरानाक नक्सालवादीको आरोप लाग्यो । विभागले उनलाई बर्खास्त गर्ने तयारीमा एक वर्षे परीक्षणकाल नपुगेकोले राजधानी फिर्ता बोलाउन लगायो । उनको हिमाली जिरा जस्तो नगदेवालीलाई नशालुजन्य वाली ९ज्बकजष्कज ीष्पभ ऋचयउक० भन्ने काम भयो ।

खड्गभक्तलाई आफू बिरुद्ध कार्वाही हुने कुरा बारे खासै मतलब थिएन । त्यसैले उनी आफूले गरेका अनुसन्धान बारे जनमानसमा पु¥याउन चिन्तित थिए । त्यसै सम्बन्धमा उनी प्लान्ट प्याथोलोजीका विद्वान तथा तत्कालीन कृषि सचिव वेदबहादुर खड्कालाई आलुमा लाग्ने डढुवा रोग नियन्त्रण गरेको र त्यस बारे लेखेको लेख छपाउनु अघि जानकारी दिन आएको भने । त्यो लेख तत्काल पढ्दै श्री खड्काले जिन्दगीमा हामीले गर्न नसक्या काम गर्ने ‘जिनियस’ भनी श्यावासी दिदै आफ्नो कोठामा लगेर के माग्छौ माग भने । उनले मार्फा देखि दार्चुला सम्म कुनै दुर्गम ठाउँमा सरुवा मागेपछि विदेशमा तालिम अध्ययन सेमिनार केही माग्ला भनेको यो बुद्धिमान त पागल रैछ भने । उनले त्यसका अतिरिक्त विभागीय प्रमुख पृथु नरसिंह राणाले व्यवस्था विरोधी भनी बर्खास्त गर्न ल्याएको फाइला धुजा धुजा पारेर च्यातेर सबैलाई हैरान पारे । यस्तै सचिव खड्काले ‘बढि मूल्य कम तौल’ योजनाका लागि आवश्यक बजेटको व्यवस्था गर्न लगाएर श्री पौडेललाई जुम्ला पठाए । उनले काश्मीरबाट निजी खर्चमा ल्याएको केशरको गानो लगाएर जुम्लाको गैह्र गाउँ भन्ने ठाउँमा फुलाउन सफल भए । यस अगावै घुघुत्तीमा एक जहाज बीउ लगाउँदा नफुलेको केशर गैह्र गाउँमा फुलेपछि जुम्ला उपत्यका मै तहल्का मच्चियो । जुम्लाका महापंच तथा पूर्व कृषि सहायक मन्त्री अदनसिंह कठायत त्यहाँ पुगेर नाँच्दै खड्गभक्तलाई अँगालो हाले, म्वाई खाए अनि सबैलाई नचाए र पछि कर्णालीका प्रायः सबै नेताहरू प्रशासकहरू तथा सबै गन्यमान्य व्यक्तिहरू केशर फुलेको बारीमा पुगेर मेला लाग्यो ।

आलुको डढुवा रोग नियन्त्रण गर्न, जुम्लामा केशर फुलाउन र सयौं केन्द्र बनाएर हिमाली जिरा फलाउन सफल यी कृषि वैज्ञानिकले जुम्लामा उत्पादन भैरहेको स्याउ धमाधम कुहिदै गएको देखेपछि रातदिन खटेर न्यूनतम लागतमा स्थानिय स्रोत र साधनबाट एक प्राकृतिक शीत भण्डार निर्माण गर्न सफल भए । यस योजनालाई सार्क मार्फत उनले अफ्गानिस्तान, हिन्दुस्तान र भूटानमा समेत विस्तार गर्न सफल भए । जुम्लाको शीत भण्डारमा राखिएको स्याउ काठमाडौं देखि कतार सम्म बेच्न सफल भएको र नौ महिनासम्म ताजा रहेको त्यसका संचालक शंखु खत्रीले बताएका छन् ।

जुम्लाबाट कास्कीको लुम्ले कृषि केन्द्र सरुवा भएपछि खड्गभक्तले एकल महिला, बुढाबुढी र केटाकेटीहरूलाई पूर्ण आत्म निर्भर बनाउन थोरै जमीनमा साना साना प्लाष्टिक हाउसमा गोलभेडा फलाए । आज कास्की तनहुँ, गोर्खा, लमजुङ, स्याङ्जा, पाल्पा, पर्वत, म्याग्दी, वाग्लुङ्गबाट प्लाष्टिक हाउसमा गोलभेडा, च्याउ उत्पादन गर्ने काममा अहिले देशभरी दशलाख घर परिवार भन्दा बढी किसानहरूले प्रतिव्यक्ति महिनामा रु. ५० हजार भन्दा बढि कमाइ रहेका छन् । यिनले काउलीको वीउ उत्पादन गर्न सिकाएका रौतहटका सुवाशचन्द्र जैसवालले वार्षिक लगभग १५ लाखको वीउ पर्सादेखि मोरङसम्म बेचेको दावी गरेका छन् । दश कक्षासम्म पढेका र दुइ विगाहा भन्दा कम जमीन भएका जयसवालको यस्तो उन्नति देखेर खड्गभक्त गर्वले फुल्ने गरेका छन् । देशमा दार्चुला देखि झापासम्म लाखौं किसानहरू यिनका अनसन्धानहरूबाट लाभान्वित भएका छन् । यिनको आलुको डढुवा रोग नियन्त्रण गर्ने योजना नेपालमा वेवास्ता गरिएकोले नै हिन्दुस्तानको कृषि रसायन भन्ने कम्पनीले व्रिmल्याक्सिल बनाएर अर्वाै फाइदा लिन भ्याएको नेपाली कृषि विशेषज्ञहरू देखेसो गरिरहेछन् । डा. जनकदेव शाक्यले भिœयाएको ट्रयू पोटाटो सीड (टी.पी.एस.) तराईमा फैलाउन सकेनन् । खड्गभक्तले माटोमा हुने किरा, जिवाणु र घाँसका वीउ १५ दिन कालो प्लाष्टिकले छोपेर सफाया गरेपछि टी.पी.एस. जहाँ पनि फल्ने भयो । यसरी तत्काल डढुवा नियन्त्रण र कालो प्लाष्टिकले जमीन स्वस्थ पार्ने प्रयोगका कारणले सात टनमा झरेको आलु साढे बाह्र टनमा उक्ल्यो ।

खड्गभक्तले अरु जे गरे पनि उनको जीवनको मुख्य बायो लोजिष्ट भरतराज शर्मा संग सिकेको फाइदा दिने जिवाणु पत्ता लगाउनु र संकलन गर्नु हो । चन्द्रशम्सेरको पालामा नेपालको कृषि क्षेत्रलाई सघाउन आएका दुई जापानी विशेक्षज्ञहरू गाउँतिर घुम्दा नेपाली किसानहरूसंग सैयौं कुरा सिके छन् । दिनु पर्ने ठाउँ नै छैन भन्दै जाँड, दही आदिका जिवाणुहरू कृषिमा प्रयोग गरेको देखेर उनीहरू छक्कै परेछन् । टाइकोडर्माले काउलीको गाठे रोग निको पार्छ तर कृषि मन्त्रालयले रु. ९० लाखको प्याकेज ल्याउँदा गाठेको स्थानीय प्रजातिले टेरेन । आयातित जीवाणुले काम नगर्ने र बाहिरबाट ल्याए विकृति (Mutation) हुने थाहा भएकोले पहिले देखिनै देशभित्रै लाभदायक जिवाणु छुट्याएर संकलन गर्न भरतराज शर्माको सल्लाहले खड्गभक्त लागि परेका थिए । आफ्नो अध्ययन पुरा गरेर सुर्खेत कृषि केन्द्रमा अधिकृत भइसकेपछि २०३७ सालबाट खड्कभक्त ज्यादै सक्रिय बने । संसारभर एउटा बाहेक जिवाणु संकलन गर्न कोही सफल हुन नसकि रहेको बेला सन १९८० मा जापानी वैज्ञानिक डा. तेरुवा हिगाले तीन ओटा जिवाणु एकै ठाउँमा ल्याउन सफल भएपछि त्यसको कमजोरीहरूको समेत अध्ययन गरी खड्गभक्तले २०४२ साल अगावै अनगिन्ती जिवाणु संकलन गरेर तिनीहरूको संरक्षण र प्रयोग गर्न सफल भए तर उनका शिक्षक भरतराजले एउटै बोतलमा हाल्न सल्लाह दिनुभयो । एउटा रोग एउटा जिवाणु हुँदा किसानहरूलाई अलग अलग बोतल किन्नु पर्ने हुन जान्थ्यो । त्यसैले उनले एउटा बोतलमा सबै जिवाणु राख्ने विधि मिलाए । त्यसको मूल्य निर्धारण गर्दा प्रति बोतल रु. एक गैडा तिर्न पनि किसानहरूलाई गाह्रो पर्ने गुरुको ठहर भयो । त्यसपछि किसानलाई स्वयम वृद्धि गर्न प्रविधि निकाल भनेपछि झोलमोल–१ र झोलमोल–२ को तरिका निस्क्यो । त्यसैले १ लिटर जिवाणुबाट ३ सय लिटर झोलमोल बन्ने र सस्तो समेत हुने भएपछि गुरु सन्तुष्ट हुनुभयो र म तिम्रो शिक्षक भएकोमा गर्व गर्छु भन्नु भयो ।

अहिले सिसडोलको दुर्गन्ध नियन्त्रण गर्ने, राजधानीका गन्हाउने नदीहरूलाई सुगन्धित बनाउन सक्ने, बोट विरुवाहरूलाई रोग मुक्त गर्ने र पुनर्जीवन दिन सक्ने एकै बोतलमा बन्द जिवाणुहरूको समूहको नाम उनले जिवानु राखेका छन् जसलाई हामी अमृत भन्न सक्छौं । बोट विरुवा तालतलैया आदिका खराब र शत्रु जीवाणु मात्रै यसले नियन्त्रण नगरेर कतिपय जीव जन्तुहरूमा घातक हमला गर्ने अनेकथरी भाइरसहरूलाई पनि यसले नियन्त्रण गरेर ठीक गरेको समेत पाइएको छ । अहिले खड्गभक्तले सिकाए जस्तै किसानहरूले विरुवाको जरामा झोलमोल–१ प्रयोग गर्छन र माथि बोटमा झोलमोल–२ अनि मलको रुपमा जिवातु प्रयोग गरेको कम्पोष्ट मल हाल्ने गर्दछन् । यसबाट कृषि तत्वमै फरक परेको पाइएको छ र नेपाल बाहेक अफगानिस्तान, भूटान र हिन्दुस्तानमा फरक फरक वातावरणमा जिवातुको सफल प्रयोग भइ सकेको छ । खाशगरी २०३७ बाट ०६२ सम्म अनुसन्धानमै बितेको र जिवातु पूर्ण प्रयोजनमा आउन २५ वर्ष लाग्यो र यसको प्रयोगपछि किसानहरूले राशायनिक मल खरिद र विषादी प्रयोग गरेको भन्दा अधिक उपज र गुणस्तर हुन आएको र यसको उपादेयता धेरै उच्च रहेको दावी गरेका छन् । कसै कसैले मान्छेको दादुरादेखि बाख्राहरूको छेर्ने रोगपनि निको भएको जानकारी दिएका छन् । जापानी वैज्ञानिक हिगापछि १९९८ देखि एक अमेरिकी कम्पनीले थरिथरिका जिवाणु संकलनमा हिगाकै नक्कल ग¥यो । नेपालमा भने नेपलिज् फारमिङ इन्स्टिच्यूट (NFI)  मार्फत खड्गभत पौडेलले जिवाणुहरूको संकलन गरि जिवातु निर्माण गरी संरक्षण र प्रयोग गर्ने विश्व रेकर्ड कायम गर्ने सफलता प्राप्त गरेका छन् । यिनलाई नोवेल पुरस्कार दिंदा पनि कमै हुन्छ भनी नेपाली किसानहरू बताउँछन् ।

काभ्रेपलाञ्चोकमा पहेँलो पात भएर बूढो देखिने सुन्तलाको रुखमा जिवातुको प्रयोग गरेपछि त्यो पुन हराभरा र जवान भएको छ र त्यसै आधारमा अमेरिकामा हाल फ्लोरिङ सिट्रसको ग्रिनिङ भन्ने रोग सहजै ठीक पार्न सकिने अनुमान गर्न सकिन्छ । अति विशिष्ट गुणले भरपुर सार्क क्षेत्रका करोडौं किसानहरूले प्रयोग गरिरहेको जिवातुलाई कृषि मन्त्रालयले अस्थायी दर्ता मात्र गरेको छ । २०६५ सालदेखि अघि बढेको दर्ता प्रक्रियालाई मन्त्रालयले अनेक थरी अडंगा ल्याएको देखिएको छ । नेपाली किसानहरूले किन्न नमानेर कृषि सामग्री संस्थानको गोदाममा सडिरहेको स्पेनको लुव्रिको भन्ने टनिक तत्काल दर्ता गरिएको थियो भने जिवातुलाई कहिले नार्क कहिले कतै पठाएर २, ३ लाख त फी तिराएर परीक्षणका नाममा दर्ता गर्न आनाकानी गरेको आरोप एम.एफ.आई.का एक पदाधिकारीको छ ।

केशर फुलाउने खड्गभक्तलाई पन्छाएर त्यसका नाममा अर्वाैंको बजेट स्वाहा पारिएको छ र कैयौं सरोकार नभएका व्यक्तिहरू विदेश घुम्ने, मोजमजा गर्ने अवसर कृषि मंत्रालयले दिएको छ । जुम्लामा राजा वीरेन्द्रलाई घेरेर केशर खेतीको विकासका लागि करोडौंको बजेट दिलाउने खड्गभक्तलाई सधैं पन्छाउने काम गरियो । नेपालमा राणाकालदेखि राम्रो मान्छे होइन हाम्रो मान्छे भन्ने सामन्ती चलन कहिल्यै नहटेकोमा रिश उठ्ने र चित्त दुख्ने बाहेक नेपाली वैज्ञानिकहरूका सामु अन्य विकल्प देखिएको पाइदैन । खड्गभक्तले कान्जीरोवातिर महिनौं हिंडेर खोजेका यार्चागुम्बा सम्बन्धि अनुसन्धान अनुसार त्यसको खेती गर्न मौका दिएको भए, हिमाली जीराका सयौं उत्पादन केन्द्रहरू संरक्षण गर्न पाएको भए, उनको विचारमा खेती गर्न कोदालो नै चाहिदैन । उनी भन्दछन्, कर्णालीका लेकहरू अत्यन्तै उन्नत प्रकृतिका वरदान हुन्, जहाँ अनेकथरि अमृतहरू छन् र त्यसमा अझै धेरै काम गरेर देशका युवाहरू खाडीका मरुभूमिहरूमा र मलेशियाका गुण्डाहरूका शिकार हुनु पर्ने थिएन, यही सुन फलाउन धेरै विधिहरू छन् ।

यी महान् वैज्ञानिकलाई उचित सम्मान दिएर राष्ट्रले उनको सेवा लिन सकेको भए बायो डाइभर्सिटीमा संसारकै सबभन्दा धनी देश साँच्चै विश्वकै सवभन्दा उन्नत देश हुने कुरामा दुइमत हुन सकिन्न ।

 

प्रतिक्रिया