मनासस तीज हर्सोउल्लास साथ सम्पन्न ,संकलित रकम बाढी पिडितको लागि धुर्मुस सुन्तलीलाई दिने

इनेप्लिज २०७४ भदौ ४ गते १२:०४ मा प्रकाशित

बिगत बर्ष झैँ यस बर्ष पनि महिला दिदि बहिनीहरुको महत्वपूर्ण चाड मनासस ‘हरितालिका तीज’ हर्सोउल्लास साथ सम्पन्न भएको छ l सधै भरि अपेक्षा गरिएको भन्दा ज्यादा सहभागी हुने भएकोले ठुलो क्षमता भएको कार्यक्रम स्थलमा कार्यकम गरिएको थियो l

अमेरिका मै जन्मेका ,नेपाली बोल्न सिक्दै गरेका र नेपाली पाठशाला पढ्दै गरेका दोश्रो पुस्ताका नेपाली बालिकाहरुले तीजका गीतहरुमा नृत्य प्रस्तुत गरेका थिए l यसको साथै डिसी महानगर क्षेत्रका छेउ छाउका शहर बाट आएका समुह ,व्यक्तिगत तथा सामुहिक रुपमा तीजका गीतमा नृत्य तथा गीत प्रस्तुति गरेका थिए l र अधिकांश चेलीबेटीहरु तीजका गीतहरुमा मनोरंजन गर्दै नृत्यमा मस्त देखिन्थे l

कार्यक्रम अमेरिका नेपाल सहयोगी समाजको आफ्नै परियोजना अमेरिका नेपाल शिक्षा सदन को बिशेष सहयोगतथा डिसी वरपरका संघ संस्था तथा नेपाली समुदायको बिशेष संलग्नतामा भब्य तीज कार्यक्रमको आयोजना गरेको हो l

कार्यक्रममा कुनै भाषण र मन्तब्य नराखी संस्थाकि अध्यक्ष कमला खरेलले सवैलाई स्वागत गर्दै नया सदस्य बन्नेहरुलाई संस्थामा स्वागत गरिन l र अध्यक्ष खरेलले देशमा बाढी पिडितको लागि जे जति रकम संकलन हुन्छ त्यो पैसा धुर्मुस सुन्तली मार्फत पठाउने बताईन l

डिसी महानगर क्षेत्रमा सक्रिय रहेको अमेरिका नेपाल सहयोगी समाज स्थापना काल देखि नेपाल छोडी परदेशमा रहेका दिदि बहिनिहरुलाई माईति कै जस्तै वातावरण बनाउन एक थलोमा जम्मा गराई तीज मनाउदै आएको छ l

कार्यक्रममा बालबालिकाहरुको लागी बाहिर खेल्ने स्थानको व्यवस्था गरिएको थियो भने कार्यक्रममा बच्चा, बृद्ध, पुरुष तथा आमन्त्रित पाहुनाहरुको बाक्लो उपस्थिति रहेको थियो l दर्जनौ महिलाहरुले बिगत बर्ष झैँ एकै प्रकारका पोशाक लगाएका थिए भने तीजलाई अझ रौनक बनाउन पुरुषहरु पनि नेपाली पोशक दौरा सुरुवालमा आएका थिए ।

 

प्रतिक्रिया