“युवाको अभियान रक्तदानमा योगदान” राष्ट्रव्यापी कविता प्रतियोगिता

इनेप्लिज २०७४ भदौ ३ गते ११:१३ मा प्रकाशित

विज्ञानले हरेक क्षेत्रमा नयाँ नयाँ आविस्कार गर्न सफल भएको छ । यसैको फलस्वरूप हाम्रा पुर्खाले देवता मान्दै आइरहेको चन्द्रमामा पनि मानिस पुग्न सफल भएको छ । यसैको विकासले प्रायः सबै चिजको विकल्प तयार गरेको छ भने विज्ञानले गरेको आविस्कारले नै क्यान्सर, किड्नी ,ट्रान्स प्लान्ट ठूला जटिल रोगहरुको उपचार पनि सम्भव भएको छ । तर आजको दिनमा पनि मानव जीवन बाँच्न तथा बचाउनको लागि नभइ नहुने मानव रगतको विकल्प तयार गर्न भने सकेको छैन ।

त्यसकारण कुनै पनि विरामीहरूको उपचारको क्रममा रक्तसंचारको आवश्यक हुन गएमा अर्काे स्वस्थ मानिसलाई रक्तदान गराउनु बाहेक अरू कुनै पनि उपाय छैन अथवा स्वयंसेवी रक्तदाताहरूले दिएको रगत नैं आवश्यक पर्दछ । यसै सन्दर्भमा देशमा विभिन्न कारणले विरामीको उपचारको क्रममा आवश्यक पर्ने रगतसहजरुपमा उपलब्ध हुन नसकिरहेको अहिलेको सन्दर्भमा आजका युवाहरुलाई स्वयंसेवीरक्तदान बारे चेतना जगाई रक्तदान कार्यमा सरिक गराउन सकेमा रक्तदान कार्यमा अभिवृद्धि भई उपचारको लागि आवश्यक रगत सहजरुपमा उपलब्ध हुनेछ ।

त्यसकारण युवावर्गहरुलाई कविताको माध्यमबाट रक्तसंचार तथा रक्तदानबारे जानकारी प्रदान गर्ने तथा चेतना फैलाउने उद्देश्यले ब्लड डोनर्स अफ अमेरिका (बिडिए), इन्टरनेशनल नेप्लिज ब्लड डोनर्स (आइएनबिडि) ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान)को संयुक्त आयोजनामा “युवाको अभियान रक्तदानमा योगदान” शिर्षकमा नेपालभरिका कक्षा १० देखि १२ सम्मका विद्यार्थीहरु बीच राष्ट्रव्यापी कविता प्रतियोगिता हुन गइरहेको हुँदा इच्छुक विद्यार्थीहरुलाई उक्त प्रतियोगिता आयोजना गरिएको हो ।

सो प्रतियोगिता आयोजना गर्न‘को मूल उद्देश्य नैं युवाहरुलाई स्वयंसेवी रक्तदानबारे चेतनाको वृद्धि गरी भविष्यमा स्वयंसेवी रक्तदाताहरुको अभिवृद्धि गर्ने हो ।

सो प्रतियोगितामा सहभागी हुन चाहने विद्यार्थीहरुले नेपाली वा अंग्रेजी भाषामा २०० शब्दमा नबढ्ने गरी कविता लेख्नुभई यहि मिति २०७४ असोज १० गते (२६ सेप्टेम्बर २०१७) मंगलबार भित्रमा इमेल मार्फत ब्लड डोनर्स एशोसिएशन नेपालको इमेल ठेगाना [email protected] वा हुलाक मार्फत ब्लड डोनर्स एशोसिएशन नेपालको पोष्टबक्स नं. १३४ (काठमाडौं) वा असन, कमलाक्षी स्थित सुपर फार्मेसी(फोन नं. ०१–४२५३०००) मा सिधै बुझाउन सक्नु हुनेछ ।

सो प्रतियोगतामा सहभागी कविताहरु मध्येबाट निर्णायक मण्डलले १५ वटा कवितालाई उत्कृष्ट कविताको रुपमा चयन गरिनेछ । सो प्रतियोगिताको नतिजा घोषणा तथा पुरस्कार वितरण मिति २०७४ असोज २८ गते (१४ अक्टोबर २०१७) शनिबारका दिन काठमाडौंमा एक कार्यक्रममा हुनेछ । उक्त १५ वटा उत्कृष्ट कविता मध्येबाट ५ वटा कवितालाई प्रथम, दोश्रो, तेश्रो, चौथो तथा पाँचौं पुरस्कार प्रदान गरिनेछ र बाँकि १० वटा कवितालाई सान्त्वना पुरस्कार प्रदान गरिनेछ । पुरस्कारको रकम यसप्रकार छ ।

प्रथम पुरस्कार – रु. २५,०००÷– नगद तथा प्रमाणपत्र दोश्रो पुरस्कार – रु. २०,०००÷– नगद तथा प्रमाणपत्र
तेश्रो पुरस्कार – रु. १५,०००÷– नगद तथा प्रमाणपत्र
चौथो पुरस्कार – रु. १०,०००÷– नगद तथा प्रमाणपत्र पाँचौं पुरस्कार – रु. ७,५००÷– नगद तथा प्रमाणपत्र

यस कार्यक्रमको जानकारी तथा नियमहरु ब्लोदान को वेबसाइट www.bloodmembers.org बाट प्राप्त गर्न सकिनछ ।

यस सम्बन्धी सूचना मिति २०७४ श्रावण १० गते (२५ जुलाई २०१७)को गोरखापत्र राष्ट्रिय दैनिकमा प्रकाशित गरिएको छ ।
यस बारेमा आफ्ना तथा नजिकका विद्यार्थीहरु तथा विद्यालयमा जानकारी गराउनु भई बढि से बढि सहभागिताको लागि सहयोग गर्न‘हुन पनि अनुरोध गर्दछौं ।

सम्पर्क:

भुषणलाल श्रेष्ठ, केन्दीय सदस्य तथा संयोजक, बिडिए–……………….. मचाकाजी महर्जन, केन्द्रीय कोषाध्यक्ष तथा संयोजक, ब्लोदान–९८४१४००६२३
विष्णुराज श्रेष्ठ, केन्द्रीय सदस्य तथा संयोजक सदस्य, ब्लोदान–९८५१०८२३०७
उज्वल के.सी., केन्द्रीय सदस्य तथा संयोजक सदस्य, ब्लोदान–९८४१२८५१००
निरञ्जन पौडेल, महासचिव तथा संयोजक, आइएनबिडि–९८४१२७५२४७

प्रतिक्रिया