न्युयोर्कमा तीज भब्य रुपमा मनाईने

इनेप्लिज २०७४ भदौ २ गते २३:४८ मा प्रकाशित

न्युयोर्कका नारीहरु ले सदा झैँ यसबर्ष पनि तीज भब्य रुपले मनाउने भएका छन् | यहि शिलसिला मा तीज को दर खाने, भोली पल्ट निराहार ब्रत बस्ने अनि शिव को पूजा गरी सांझमा ब्रत तोड्ने चलन छ | यसपालीको तीज को पूजा अगस्त २४ बिहिबार परेको भएता पनि दर खाने चाहिं सुरु भै सकेको छ | मुलुक मा जस्तै माइती गई बाल साथी संगी संग रमाईलो गर्न न पाए पनि, साथी संगी संग दर खाने, नाच गान गरी रमाईलो गर्ने भने हुने गरेको छ | दाजु भाई दिदि बहिनि जस्तो गरी बसेका नेपालीहरु एक आपस को निम्तो मा भेला भै दर खाने चलन छ | विभिन्न सामाजिक संस्थाहरु ले भेट घाटको व्यवस्था गरी दर खाने, नाच गान गरी रमाईलो गर्ने वातावरण बनाउने पनि गर्छन |

नेपाल सनातन सेवा ले बर्षौ देखि हर बर्ष गरी आएको तीज को शिव पूजा यसपाली पनि सदा झैं गर्ने गरी व्यवस्था मिलाएको छ | यसपालीको तीज को पूजा अगस्त २४ बिहिबार परेको ले काम मा जानु पर्ने श्रद्धालुहरुको सुबिधालाई ध्यान पुर्याई पूजा लाई आवस्यक पर्ने पूजा सामग्री समेत को व्यवस्था गरिएको आयोजक समिति ले जानकारी गराएको छ | आफ्नो मन्दिर को अभावमा दिब्य धाम मन्दिर (34-63 56th Street, Woodside, NY 11377) को प्राङ्गणमा सांझ ६:०० बजे पूजा सुरु हुने र सदा झैं बिष्णुदाईले सो पूजा संचालन गर्ने जानकारी प्राप्त भएको छ | विस्तृत जानकारीका लागि बिष्णुदाईलाई 646 431 7842 मा सम्पर्क राख्न सकिने छ।

प्रतिक्रिया