न्युयोर्कको रिजउड नेपाली समाजको महापुराणको तयारी अन्तिम ,बाढी पिडितलाई २ लाख आर्थिक सहयोग

इनेप्लिज २०७४ भदौ २ गते १:१५ मा प्रकाशित

रिजउड नेपाली समाजले आयोजना गर्ने श्रीमदभागवत महापुराण को तयारी लगभग अन्तिम अवस्थामा पुगेको छ l आगामी अगस्त २३ बुधबार देखि अगस्त २९ मंगलबार सम्म श्रीमदभागवत महापुराण हुने छ l

दुर्गा मन्दिर तथा नेपाली सामुदायिक भवन निर्माणको सहयोगार्थ सप्ताहब्यापी दोस्रो श्रीमद्भ भागवत पुराणको आयोजना गरिदै छ l यसै बीचमा नेपालमा आएको बाढीको कारण धनजन को ठुलो क्षति भएकोले तत्काल छिटो राहत पुगोस भनि आर्थिक सहयोग समेत गरेको छ l

गत अगस्त १६ तारिख रिजउड नेपाली समाजका पदाधिकारीले मधेसी एसोसिएसन इन अमेरिकालाई करिव दुई लाख रुपैया (दुई हजार डलर एक डलर ) हस्तान्तरण गरेका छन् l मधेसी एसोसिएसन इन अमेरिकाले बाढी पिडित क्षेत्रमा राहत वितरण युद्ध स्तरमा गर्दै गरेको सामाजिक संजाल मार्फत जनाएको छ l

बाचन प्रवीण दीनबन्धुको प्रमुख वाचकत्वमा श्रीमदभागवत महापुराणको आयोजना हुने छ l संस्थाले नेपाल सरकारका प्रतिनिधि तथा न्यूयोर्कका नगर प्रमुख तथा विभिन्न धर्मगुरुद्वारा समुदघाटन गरिने समेत योजना बनाएको छ l

उक्त महा पुराणमा कलश सहित विभिन्न समाजका धर्मगुरुहरुका साथ नगरपरिक्रमा गर्ने कार्यक्रम रहेको छ भने भक्तजनहरुको लागी सुलभ यातायात को व्यबस्था को साथै भोजनको व्यबस्था मिलाइने भएको छ l विभिन्न उप—समिती गठन र कार्य विभाजन गर्ने र करिब १० (दस लाख) डलर संकलन गर्ने उद्देश्यले लिएको छ l

रिजउड नेपाली समाज गैर राजनीतिक तथा गैर नाफामुलक संस्था हो भने न्युयोर्कमा सन् २००३ मा दर्ता भएको हो l संस्थाले सन् २०१० मा श्रीमद्भागवत महापुराणको आयोजना गरी आफ्नै स्वामित्वमा रिजउडमा जग्गा खरिद गरेको छ l

तस्बिर :बिमल नेपाल

प्रतिक्रिया