मनाससमा अगस्त १९ तारिखमा हुने ‘तीज” मा सबैलाई चुलो निम्तो

इनेप्लिज २०७४ भदौ १ गते ०:२७ मा प्रकाशित

सम्पूर्ण दिदिबहिनि,दाजुभाई ,आमाबुवा ,हजुरआमा हजुरबुवा ,चेलीबेटी तथा महिलाहरुमा नमस्ते !

आगामी अगस्त १९ तारिख शनिबारका दिन अमेरिका नेपाल सहयोगि समाज(एएनएचएस )को आयोजनामा हुने हरितालिका ‘तीज’ मा सबैलाई हार्दिक आमन्त्रण गर्दछौ l

अगस्त १९ तारिख शनिबार दिउसो २ बजे देखि राती १० बजे सम्म संचालन गरिने छ l कार्यक्रम भर्जिनियाको हेमार्केटमा हुने छ भने डीसी महानगर क्षेत्रमा बसोबास गर्ने बुबाआमा,दिदीबहिनी एबम दाजुभाइहरुलाई यसै बाट चुलो निम्तो दिन चाहन्छौ l

विगत बर्षहरुमा तीज कार्यक्रम स्थल सानो भएकोले उक्त कुरालाई मध्यनजर गर्दै यसपटक १ हजार जना अटाउन सक्ने आन्तरिक सभाकक्ष तथा ५ हजार बाहिर अटाउने क्षमता भएको कक्षको ब्यबस्था गरिएको छ l र साथै चेलीबेटीलाई दर खुवाउने भएकोले नि:शुल्क प्रवेश एबम खानाको ब्यबस्था गरिएको छ l

बिस्तृत जानकारी :

स्थान- Camp William B. Snyder
6100 Antioch Rd
Haymarket, Virginia 20169

मिती- Saturday, August 19, 2016
समय- 2:00PM to 10:00 PM

सम्पर्क/कार्यक्रम संयोजक:

सुनिता सुबेदी गौतम 703-229-3520
बिनिता न्यौपाने 402-601-0018
तनुजा पोख्रेल 571-230-4645
तथा ANHS TEAM

बिगत बर्षहरुका भिडियोहरु हेर्न यहाँ थिच्नु होस् l

प्रतिक्रिया