क्रिएटिव नेपाल युथ अर्गनाईजेसनको अपिल

इनेप्लिज २०७४ साउन ३२ गते २३:११ मा प्रकाशित

मातृभूमिमा हालै आएको भारी बर्षा पछि आएको बाढी,पहिरो र डुबन लगायत प्राकृतिक विपत्तिमा परि ठुलो मात्रामा जनधनको क्षति प्रति हामी दुख प्रकट गर्दछौ |यस बिसम परस्थितिमा एकजुट भएर राहत जुटाउने अभियानमा लागन सबैमा आग्रह पनि गर्दछौ |

यहि अगष्ट १९ तारिकमा हुने “तीजको रमाइलो २०७४ “कार्यक्रम लाई हामी तराईमा भएको प्राकृतिक विपत्ति पछिको राहत संकलन जुटाउने अभियानको रुपमा समर्पित गर्न चाहन्छौ |उक्त कार्यक्रम बाट उठेको सम्पूर्ण रकम,( टिकट,राफल, प्रायोजक )बाट हुन जाने खर्च कटाएर सतप्रतिशत बाकी रहेको रकम बाढी,पहिरो पिडितको हातमा सिधै पुगने गरि ( स्थानीय सस्था वा नेपाल सरकार मार्फत )दिने घोषणा गर्दछौ |

आउनुहोस !

यस महान कार्यमा हामी सबै हातेमालो गरौ ,कार्यक्रममा उपस्थिति पनि जनाउ,अनि सहयोगको आशामा बसेका पिडितको हातमा मलम पनि लगाउन सहयोग गरौ !

प्रतिक्रिया