डिसी क्षेत्रमा नेपाली समुदायको विवाह मेला(एक्स्पो) प्रदर्शन हुने

इनेप्लिज २०७४ साउन ३२ गते २१:३९ मा प्रकाशित

डिसी क्षेत्रमा “वेडिंग मेला “नामक कार्यक्रम हुने भएको छ l आगामी सेप्टेम्बर १० तारिखका दिन भर्जिनियाको स्प्रिंग फिल्ड को वाटरफोर्डमा विवाह मेला प्रदर्शन हुने भएको आयोजकले बताएका छन् l

आयोजक तयारीमा जुटेका छन् भने सामाजिक संजाल मार्फत प्रचार प्रसार व्यापक गर्न थालिएको छ l सम्भवत अमेरिका मा नै नेपाली समुदाय कै पहिलो वेडिंग मेला को आयोजना हुन् लागेकोले सहभागिता पनि राम्रो हुने अनुमान गरिएको छ l

उक्त विवाह मेल प्रदर्शन मा प्रवेश शुल्क निशुल्क हुने छ l उक्त प्रदर्शनमा व्यवसायिक चित्रकार द्वारा निशुल्क तस्बिर खिच्न पाइने ,चित्रकारले कार्यक्रम स्थल मै चित्रकला बनाउन पाउने ,खानपिन तथा चिसो पेय पदार्थ को साथै प्रत्यक्ष सांगीतिक कार्यक्रम समेत को मज्जा लिन पाइने भएको छ l

उक्त प्रदर्शनमा बिवाह हुने जोडी ,विवाह सम्भावना रहेका उम्मेदवार ,परिवार तथा अभिभावक समेतले स्थान को भ्रमण तथा अवलोकन गर्न सक्ने तथा अन्य बिबाह सम्बन्धि सवै जानकारी लिन सक्ने छन् l

बिबाह कार्यक्रमको लागि विवाह मण्डपको सजावट ,श्रब्य दृश्य(भिडियो )तस्बिर ,बेहुला बेहुली शृंगार तथा सजावट ,डिजे ,सांगीतिक ,पोसाक बनाउने ,लिमोजिन सवारी साधन ,खाना तथा स्थान को लागि समेत सहभागी हुनेले जान्ने मौका यस विवाह मेला प्रदर्शनमा जान्न पाइने छ l

प्रतिक्रिया