पीईएएन (फर्मास्युटिकल प्रबन्धक संगठन ) बाढी पिडितको सहयोगार्थ प्रभावित क्षेत्रमा युद्ध स्तरमा काम गर्ने

इनेप्लिज २०७४ साउन ३१ गते २१:५६ मा प्रकाशित

काठमाडौँ ,फर्मास्युटिकल मार्केटिंग इक्जीक्युटिव एसोसिएसन अफ नेपाल ले एक छापा बिज्ञप्ति जारी गर्दै भिषण बर्षाको कारण ठुलो धनजनको क्षति भएकोमा गहिरो दुख व्यक्त गर्दै मृतक तथा उनका परिवारहरु प्रति समबेदना प्रकट गरेको छ l

पूर्व तथा पश्चिम क्षेत्रमा रहेका सवै ईकाई हरु संग समन्वय गर्दै द्रुत गतिमा सहयोग गर्ने अभियानमा लागेको छ l काठमाडौँ को केन्द्रिय कार्यालयमा लत्ताकपडा ,औषधि ,खाने कुरा ,जीवन जल ,क्लोरिन टेब्लेट लगायत आवश्यक सामाग्री हरु आफ्ना सदस्यहरु बाट संकलन गरेको छ l

उक्त राहत सामाग्रीहरु नेपालगंज ,सप्तरी ,सुनसरी तथा मोरंगमा पठाउने तयारी गरेको छ l नेपालगंज इकाईले पीडितहरु लाई स्थानीय प्रशासन सग मिलेर सहयोग गरि रहेको छ। एक सय भन्दा बढी परिवारलाई लत्ताकपडा तथा अन्य जिन्सी ले सहयोग गरि सकेको जानकारी प्राप्त भएको छ l

पीईएएन नेपालगंज ईकाई आफै पनि राहत सामग्री जुटाउदै अन्य संघसंगठन संग सहकार्य गरि युद्धस्तरमा मा सहयोग गरि रहेका छन् l राज्य आफै राहत कार्यमा ढिलासुस्तीको अवस्थामा नेपालको विभिन्न संघसंगठनहरु राहत जुटाउनु र सहयोग कार्यमा व्यस्त ।

देश भरी बिद्यार्थीहरु विभिन्न संस्थाहरु सक्रिय रुपमा लागेका छन् l एनसीडिए ले करिव ३० लाख को औषधि बितरण गरेका छन l फर्मास्युटिकल मार्केटिंग इक्जीक्युटिव एसोसिएसन अफ नेपाल ले सवैलाई यस मानवीय कार्यमा जुट्न समेत आग्रह गरेको छ l सहयोग आउने क्रम जारी छ l केन्द्रिय अध्यक्ष सुरजित दत्तका अनुसार सहयोग गर्ने सम्पूर्णहरुले दैवी प्रकोप बाट भएको क्षति तथा पिडा फेरी कसिलई न परोस भन्ने चिन्ता ब्यक्त गरेका थिए l

प्रतिक्रिया