अमेरिका नेपाल महिला संघ (आन्वा ) को नि:शुल्क स्वास्थ्य परीक्षण सम्पन्न

इनेप्लिज २०७४ साउन २९ गते १९:२१ मा प्रकाशित

अमेरिका नेपाल महिला संघ (आन्वा )को आयोजनामा गत अगस्त १२ तारिख का निशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ l बिशेष गरि डिसी क्षेत्र वरपरका शहरहरुमा बसोबास गर्ने नेपाली समुदायले उक्त एक दिवसीय स्वास्थ्य परिक्षणको फाइदा लिएका छन् l

उक्त स्वास्थ्य शिविर शनिबार बिहान ९ बजे देखि १२ बजे सम्म चलेको थियो l निशुल्क स्वास्थ्य शिबिरमा स्वास्थ्य परिक्षण ,रगत परिक्षण इकोग्राम(मुटु धड्कन जाच )आदि ईत्यादी निशुल्क जाच गरियो l बिगत १० बर्ष देखि संचालनमा आएको आन्वा स्वास्थ्य सेवा कार्यक्रम मेरिल्याण्ड र भर्जिनियामा संचालनमा रहेका छन् l

भर्जिनियामा अगत जुलाई १५ तारिखमा शुभारम्भ गरिएको हो l गत अगस्त १२ तारिखमा बिशेष गरि बिमा नगरेका बुवाआमा ,हजुरबुवा हजुरआमा तथा पर्यटक को रुपमा अमेरिका आएका सवैले निशुल्क स्वास्थ्य परीक्षण गर्नुको साथै परामर्श समेत प्रदान गरिएको थियो l उक्त कार्यक्रममा २४ जनाले स्वास्थ्य परिक्षण गराएका थिए l

उक्त कार्यक्रममा संस्थाका पदाधिकारीमा पूर्व अध्यक्ष बिष्णु कुमारी थापा तथा सुनिता सिवाकोटी को साथै स्वास्थ्य परिचारिका मंजु सग्रौला तथा सुनिता श्रेष्ठ लगायतहरुले सेवा पुर्याएका थिए l यसै गरि अन्य स्वयम् सेवकहरुले पनि सेवा गरेका थिए l आन्वा स्वास्थ्य उपचारमा ८ जना चिकित्सकहरुमा गुणराज सुबेदी ,जुडी फ्रेडरिकसन ,महेश्वर बैध ,अनिल सुवाल ,नारायण धडेल ,शैलेन्द्र शर्मा ,राजेश सुबेदी तथा बिरेन्द्र अमात्य रहेका छन् l

आन्वाको स्वास्थ्य परिक्षण गर्न पूर्व समय र नाम लेखाउनु पर्ने संस्थाले जनाएको छ l उक्त नाम लेखाउन स्वास्थ्य परिचारिका मंजु सग्रौला संग सम्पर्क गर्न आग्रह रहेको छ l

 

प्रतिक्रिया