एनआरएनएद्वारा बाढीपिडीतका लागि राहतकोष स्थापना

इनेप्लिज २०७४ साउन २९ गते ११:११ मा प्रकाशित

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्ले बाढीपिडीतका लागि राहतकोष स्थापना गरेको छ l प्रवक्ता रञ्जु थापा वाग्ले छापा बिज्ञप्ति मार्फत उक्त कुरा जनाएकी छिन् l

उक्त छापा बिज्ञप्तिमा बाढीपिडीतका लागि गत शुक्रबार रातीदेखि परेको अबिरल बर्षाका कारण नेपालको तराई क्षेत्रका बिभिन्न जिल्लाहरु बाढीपहिरोका  कारण ३५ भन्दा धेरैको ज्यान गएको तथा हजारौं परिवार घरबारबिहीन भएको खवरले हामी गैरआवासीय नेपालीहरु अत्यन्तै मर्माहत भएका छौं भनि दुख व्यक्त गरेको छ l

छापा विज्ञप्तिको पूर्ण पाठ यस जस्ता को तस्तै : 

काठमाण्डौ । शुक्रबार रातीदेखि परेको अबिरल बर्षाका कारण नेपालको तराई क्षेत्रका बिभिन्न जिल्लाहरु बाढीपहिरोका कारण ३५ भन्दा धेरैको ज्यान गएको तथा हजारौं परिवार घरबारबिहीन भएको खवरले हामी गैरआवासीय नेपालीहरु अत्यन्तै मर्माहत भएका छौं । यो दुःखद घडीमा मृतक आत्माको चीरशान्तिको कामना गर्दै राहत शोकसन्पप्त परिवारजनमा हार्दिक समबेदना प्रकट गर्दछौं ।मातृभूमीलाई परेको यस दुःखको घडीमा हामी संसारभर रहेका हामी गैरआवासीय नेपालीहरु निकै चिन्तित भएका छौं । बाढीको जोखिममा रहेका हजारौं परिवारलाई तत्कालै उद्दार र आपतकालिन राहतको आबश्यकता रहेको हुादा गैरआवासीय नेपाली संघको आइतबार बसेको आकस्मिक बैठकले आपतकालिन सहयोगस्वरुप ‘बाढीपिडीत राहत कोष’ स्थापना गर्ने निर्णय गरेको छ ।

कोषमा अध्यक्ष शेष घले र जमुना गुरुङको एमआईटी फाउण्डेसनले १ करोड रुपैयाँ सहयोग दिने घोषणा गरेको छ । यस्तै बैठकमा संघका संरक्षक जीवा लामिछाने तथा उपाध्यक्षहरु भवन भट्ट र कुमार पन्त, महासचिव बद्री केसी र सचिव अर्जुन श्रेष्ठले एक/एक लाख रुपैयाँ तथा प्रवक्ता रन्जु थापाले ५० हजार रुपैयाँ र कोषाध्यक्ष हिक्मत थापाले ५१ हजार रुपैयाा सहयोगको घोषणा गरिसक्नुभएको छ । एक साताभित्र दुई करोड रुपैयाा जम्मा गरी राहत बितरण थाल्ने संघको तयारी छ ।

तसर्थ, बिश्वभरी छरिएर रहनुभएका नेपालीहरुलाई आफ्नो गच्छेले भ्याएसम्म रकम सहयोग गरी यो बिपतको घडीमा मातृभूमी र पिडीत दाजुभाई दिदीबहिनीहरुलाई सहयोगको हात अगाडी बढाउन गैरआवासीय नेपाली संघ अपिल गर्दछ ।

गैरआवासीय नेपाली संघका सवै देशमा रहेका राष्ट्रिय समन्वय समितिहरुलाई रकम संकलन कार्यमा तिब्रताका साथ लाग्न र संकलित रकम एक साताभित्र गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को खातामा पठाइसक्न गैरआवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषद् हार्दिक अनुरोध गर्दछ ।

क्षतिको अबस्था र सहयोगको आबश्यक पर्ने क्षेत्रबारे संघले नेपाल सरकार, गृहमन्त्रालयसाग समन्वय गरिरहेको हुादा मन्त्रालयबाट प्राप्त जानकारीका आधारमा तत्कालै राहत बितरणमा खटिने जानकारी गराउादछौं । यसका लागि संघका अध्यक्ष शेष घले तत्कालै नेपाल जानुहुनेछ ।

रञ्जु थापा वाग्ले
प्रवक्ता
गैरआवासीय नेपाली संघ
अन्तराष्ट्रिय समन्वय परिषद्

 

प्रतिक्रिया