बफिन्स ९८ को सायोनारा पार्टि नमस्ते गित गजलमा हुने

इनेप्लिज २०७४ साउन २७ गते १९:१५ मा प्रकाशित

बाल कृष्ण भट्ट, टोकियो । ११ अगस्ट
टोकियो । लोक रक गीतका लागि प्रख्यात पोखरेली ब्याड बफिन्स ९८ ले भोली साँझ जापानको टोकियोमा पहिलो पटक हामी नेपाली साँझ नामक संस्कृतिक कार्यक्रममा आफ्नो पहिलो कन्सर्ट गर्ने भएको छ ।

जापानका विभिन्न भागहरुमा छरीएर रहेका पोखरेली र अन्य नेपाली जनसमुदायहरुमा लुकेर रहेको प्रतिभालाई ब्यक्त गर्ने उद्देश्यले प्रविन गुरुङ्ग र तुला गुरुङ्गले संयुक्त रुपमा आयोजना गर्नुभएको यस कार्यक्रमको मुख्य उद्देश्य पोखरा यूनाईटेड गठन गर्ने रहेको छ । भोलि अगस्ट १२ गतेको दिन टोकियोको मुटू सिन्जुकूमा रहेको यूनिर्भसल सिटी हल खाबुकिचोमा बफिन ९८ एच.के. सहित नेपाल बाट जानुभएका चर्चित गायिका बबिता मानन्धर र सुरेश मानन्धर लगायत अन्य स्थानीय कलाकारहरु तथा संगितिक समुहहरुको उपस्थिती रहने जनाईएको छ । सायोनारा पार्टि नमस्ते गित गजलमा हुने ।

यसै बिच नेपाल जापान संस्कृतिक प्रतिष्ठान द्धरा संञ्चालित नमस्ते गित गजल एण्ड रेस्टुरेण्डमा बफिन्स ९८ एच.के. ब्याण्डका भोकलिस्ट गायक संजिव गुरुङको सायोनारा पार्टि यही अगस्ट १३ का दिन आईतबार साँझ ७ बजे बाट सुरुहुने जनाईएको छ ।

प्रतिक्रिया