महिला संघको स्थापना दिवसका अवसरमा दीप प्रज्वलन

इनेप्लिज २०७४ साउन २४ गते १४:५९ मा प्रकाशित

काठमाडौँ, २४ साउन । नेपाल महिला संघले आफ्नो स्थापना दिवसका अवसरमा दीप प्रज्वलन गरेको छ ।

संघले आफ्नो ७०औँ स्थापना दिवसका अवसर पारेर आज साँझ धापासीस्थित केन्द्रीय कार्यालयमा दीप प्रज्वलन गरेको हो ।

कार्यक्रममा नेपाली काँग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डीनाले राणा शासनको जगजगीको समयमा स्थापना भएको महिला संघको नेपाली राजनीतिमा महत्वपूर्ण योगदान रहेको बताउनुभयो । उहाँले संविधानले महिलालाई दिएको अधिकारको प्राप्तिका लागि लड्नुपर्ने बेला आएको उल्लेख गर्नुभयो ।

नेपाल महिला संघ काठमाडौँ सल्लाहकार एवं समाजसेवी सिर्जना सिंहले संविधानले प्रचुर मात्रामा महिला हक अधिकारलाई स्थापित गरे पनि व्यवहारमा लागू हुन नसकेकामा दुःख व्यक्त गर्नुभयो । उहाँले महिलाको अधिकार ३३ प्रतिशतबाट बढाएर ५० प्रतिशत पु¥याउनुपर्ने बताउनुभयो ।

नेपाल महिला संघकी महासचिव घना खतिवडाले संविधानमा महिलालाई ३३ प्रतिशत अधिकार दिए पनि मन्त्रिपरिषद्मा जम्मा दुई जना मात्र पठाउनु दुर्भाग्य भएको बताउनुभयो ।

सामाजिक, आर्थिक र राजनीतिक क्षेत्रमा पछाडि परेका महिलाको हकहित संरक्षण र सम्बद्र्धन गर्दै राष्ट्रियता, लोकतन्त्र र समाजवादको रक्षाका लागि २००४ साउन २४ अर्थात् आजकै दिनमा स्व मंगलादेवी सिंहको अध्यक्षतामा नेपाल महिला संघको स्थापना भएको थियो ।

प्रतिक्रिया