भर्जिनियामा आन्वाको निशुल्क स्वास्थ्य परीक्षण अगस्त १२ तारिख हुने ,लाभ उठाउन नेपाली समुदायलाई अनुरोध

इनेप्लिज २०७४ साउन २३ गते २३:०९ मा प्रकाशित

अमेरिका नेपाल महिला संघ (आन्वा )को आयोजनामा आगामी अगस्त १२ तारिख भर्जिनियाको रेस्टन शहरमा निशुल्क स्वास्थ्य शिबिर हुने भएको छ l अगस्त १२ तारिख शनिबार बिहान १० बजे देखि २ बजे सम्म चल्ने उक्त स्वास्थ्य शिविरमा यस भेकमा रहनु हुने सबै नेपाली समुदायलाई लाभ उठाउन आगह गरेको छ l

बिहान सन् २००५ मा स्थापना भएको आन्वाले मेरिल्याण्ड राज्यमा सन् २००७ देखि नै स्वास्थ्य शिविर संचालन गर्दै आई रहेको आन्वाले गत जुलाई १५ तारिखको दिन देखि खुला स्वास्थ्य शिविर संचालन गरेको थियो l

मेरिल्याण्डमा पहिला देखि नै संचालनमा रहेको र आन्वा को दिर्घकालिन योजना रहेकोले मेरिल्याण्ड तथा भर्जिनिया का सवै नेपाली समुदायले फाइदा उठाउनु भन्ने अभिप्रायले भर्जिनिया र मेरी ल्याण्ड मा निशुल्क स्वास्थ्य शिविर ल्याएको हो l
,
उक्त निशुल्क स्वास्थ्य शिबिरमा स्वास्थ्य परिक्षण ,स्वास्थ्य सम्बन्धि परामर्श लिन सकिने साथै रगत परिक्षणमा मधुमेय ,रक्तचाप,इकोग्राम(मुटु धड्कन जाच )आदि ईत्यादी निशुल्क गरिने छ l अमेरिकामा बिमा नगरेका अभिभावक ,छोटो समयको लागि अमेरिका आएका बुवाआमा ,हजुरबुवा हजुरआमा आदिले समेतलाई लाभ उठाउन सक्ने छन् l

स्मरण रहोस ,मेरिल्याण्डमा हरेक महिनाको अन्तिम आइतवार १२ बजे देखि ४ बजे सम्म तथा भर्जिनियामा हरेक महिनाको दोश्रो शनिबार बिहान १० बजे देखि २ बजे सम्म स्वास्थ्य परिक्षण संचालनमा रहने छन् l उक्त स्वास्थ्य परीक्षण अमेरिकामा रहेका नेपाली मूलका चिकित्सकहरु द्वारा स्वास्थ्य परिक्षण गरिने छ l

आगामी अगस्त १२ तारिख भर्जिनिया को रेस्टन शहरमा निम्न ठेगानामा हुने छ l 12359 Sunrise Valley Dr, Suite 320,Reston, VA 20191 l यसै गरि मेरिल्याण्डमा निम्न ठेगानामा हुने छ l 15300 New Hampshire Ave,Silver Spring, MD 20905 l

जचाउन र लेखाउन आरएन (स्वास्थ्य परिचारिका )मंजु सग्रौला लाई Tel # 202 341 8696 या सुनिता श्रेष्ठ (आरएन -स्वास्थ्य परिचारिका) l #: 240 350 7414 या स्वयम सेवक मिना प्रधान संग सम्पर्क # 443 465 9365 संग बिस्तृत जानकारी लिन सकिने छ l

यो आधारभूत स्वास्थ्य शिविर भएकोले आकस्मिक सेवाको लागि ९११ मा सम्पर्क गर्न सक्नु हुनेछ l

बिस्तृत जानकारी चाहिएमा यहाँ थिच्नु होला !

http://www.anwa-dc.org/

प्रतिक्रिया