सन्दर्भ : आक्रमणको वार्षिकोत्सव इतिहासको कालो दिन

इनेप्लिज २०७४ साउन २२ गते १५:३१ मा प्रकाशित

आज ७२ वर्ष पुरा भई ७३ वर्षमा लागेको छ । दोस्रो विश्वयुद्धको सयममा अमेरिकाले जापानको सहर हिरोसीमा आणविक बम खसालेको । मानव माथि घातक आक्रमण गरिएको थियो । दोस्रो विश्वयुद्ध सामाप्तको अन्तिम साता थियो । सन १९४५ अप्रिल १२ सँगै अमेरिकी राष्ट्रपतीको पद ग्रहण सम्हाल्न पुगेका ह्यारी ट्युम्यानले विश्व परिवर्तन गर्ने एउटा क्रुर निर्णय गरे । राष्ट्रपतिको शपथ लिएको केही वेरमैै युद्धमन्त्री हेन्री स्टिम्सले एउटा रहस्यमय खवर सुनाए । आफुहरुले अपत्यारिलो विध्वंसात्मक शाक्ति वान विस्फोटकको विकास भईरहेको परियोजनाको खवर थियो । त्यसको केही दिनपछि स्टिम्सनले परियोजनावारे विस्तृत विवरण सवै जानकारी गराए । संसार विश्वयुद्धले आक्रान्त थियो । सोही समयको नोभेम्बरमा जापानमाथि आक्रमण गर्ने योजना बाहिर आयो । तर इतिहासकारका अनुसार जापानी भूमिमा आक्रमणको जोखिम उठाउन चाहदैन थियो अमेरिका । किन भने अमेरिका भन्ने गर्दथ्यो विना शर्त जापान तथा अन्य देशह आफुसँग आत्मसमर्पण गर्न आउने पर्ने घमण्ड गरिरहेको थियो । त्यही घमण्डका कारण जापानीहरु अमेरिकाको शरणमा गएनन् बरु जब्बर भएर अमेरिकी सैनिकसँग लडेरै छोड्ने अठोट गरेका थिए । जापानीहरुले अमेरिकासँग असाधारण विध्वंसात्मक हतियार छ भन्ने सवै कुरा थाहा नपाएकै कारण उनीहरु अमेरिकासँगको लडाइँ लड्न अघि बढिरहेका थिए । उता अमेरिकाले आफ्नो देशमा सञ्चालनमा आएको आणविक बमको उत्पादन गर्ने परियोजनाको असल प्रयोग जापानलाई निसाना बनाएर आक्रमण गर्ने मानसिकता बनाइसकेको थियो । राष्ट्रपती बनेकै चार महिनामा ह्यारी टेयुम्यानले जापानमा बम खसाल्न आत्म निर्णयलाई ब्यवहारमा लागु गरे । यो डरलाग्दो निर्णय उनले आफ्नी बहिनी म्यारीलाई लेखेका छन ।

अमेरिकाका साढे दुई लाख केटाू जापानसँगको युद्धका लागि तैनाथ गर्न भनेका थिए । सन् १९४५ जुलाई १६ मा जर्मनीको पटस्डयाममा युद्धलाई ब्यवस्थित बनाउने र वेलायतसँगको वार्तालाई छिटै टुंगाउने निर्णय पनि त्यहि समयमा भएको थियो । विश्व युद्धमा होमिएका देशहरुले अमेरिकासँग आत्मसर्पण गरिसकेका थिए भने जापानले वेलायतसँग अमेरिकाले गरेको आत्मसर्पणको गठबन्धनसँग लडिरहेको थियो । सवै देशले आत्मसर्पण गरिसके तर जापानले एक्लै भए पनि अमेरिकासँग लड्ने योजना बनाईरहेको थियो । जापानले आफुसँग आत्मसर्पण नगरेको आधारमा अमेरिकाले शक्तिशाली आणविक बम प्रयोग जापानमा ग¥यो । सन् १९४५ अगस्त ६ को विहान सवा ८ वजे इनोला गे नामक अमेरिकी बम वर्षक विमानले जापानी सहर हिरोसीमामा रबम खसाल्यो । संसारमा कहिल्यै नभएको मानवको विनाश भयो । बम विस्फोटको कारणले त्यस क्षेत्रका ८० हजार नागरिले ज्यान गुमाए भने ३६ हजार घाईते भए । त्यसपछि पनि जापानले अमेरिकासँग घुडाँ टेकेन । निडर भएर युद्धको रणमैदानमा होम्मि रहेका थिए । अमेरिकालाई लाग्यो हजारौंको संख्यामा जापानीहरु मर्दा पनि जापान झुकेन । जापानमाथि अव अर्को आक्रमण गर्नका लागि अमेरिका तयार भयो । अगस्त ९ को दिनमा जापानको अर्को सहर नागासाकीमा दोस्रो आणविक वम खसाल्यो । त्यो आक्रममा ४० हजार भन्दा बढी जापानीले ज्यान घुमाउन पुगे । दुईवटै सहरमा खसालिएका आणविक बमले सहरमा आगोको मुस्लो उठ्न थाल्यो । त्यसको आवाजले आकाशमा च्याउँ आकार लिएर छायो । बमका विकिरणको मारमा साढे दुई किलोमिटर क्षेत्रका भवनहरु परेका थिए । जमिनको तापक्रम नै ४ हजार डिग्री सेन्टिगे्रट पुगेको थियो । मानिस, जीवजन्तु, वनस्पति त जल्ने नै भए धातु पनि पल्गिएको थियो । बम खसाल्नु अघि हिरोसीमामा ९० बढी हजार घरहर रहेका थिए भने पछि ३८ हजार घरहरुमात्र बाँकी रहेका थिए । मर्ने त मारिगए तर बाँचेकालाई समेत अहिले पनि अहिले पनि संकटमा पारिरहेको छ । त्यस स्थानका मानिसहरुको जन्महुँदा शारिरिक रुपमा अपाङ्ग भएर जन्मने गरे । आणविक विकिरणले गर्दा बाँचेका सवै गम्भीर विरामी भएका थिए । त्यही कारण सो स्थानका मानिसहरुले वर्षै्पिच्छे ज्यान गुमाइरहेका थिए ।

दुईपटक खसालेको आणविक बमबाट जापानाले भौतिक तथा मानवलाई ठुलो क्षति पुगेको भन्दै सन १९४५ अगस्त १५ मा अमेरिकासँगको हार स्वीकार ग¥यो । त्यसपछि दोस्रो विश्वयुद्धको अन्त्य भयो । न्युओर्लिनस स्थित राष्ट्रिय दोस्रो विश्वयुद्ध संग्रहलयका अनुसार उक्त समयमा संसारभरिका १ करोड ५० लाख सैनिक र ४ करोड ५० लाख सर्वसाधारण मारिएको तथ्य उल्लेख छ । इतिहासमा एउटा निश्चित मिति पारेर उही घटना र उही कथा दोहो¥याउनु केही कुरा किन छ, भने ट्याम्यानको उक्त निर्णयले सात शताब्दीसम्म विश्व आणविक हतियारको चिन्तामा छ । कतिपयके तर्क पनि गरेका छन भने बम नखसालिएको भए पनि जापानले अरु कुनै तरिकाले आत्मसमर्पण गर्ने थियो । ब्यर्थैमा ट्युम्यानले धेरैको ज्यान दिए भनेर अहिलेसम्म पनि अमेरीकाले ब्यापक आलोचना खेपिरहेका छन । विश्वका धेरै भागमा जापानमा अमेरिकाले गरेको आक्रमलाई एक क्रुर अत्याचारका रुपमा लिइन्छ । विश्व युद्धमा जापानी सेनाले ज्यादती गरेको आरोप दक्षिण कोरिया, चीन, फिलिपिस्न लगायत छिमेकी राष्ट्रले लगाउँदै आएक थिए । जापानमा अहिले ७० औँ वर्षगाठ मनाइरहँदा प्रधानमन्त्री सिन्जो अबेले सरकारी तर्फबाट पश्चाताप र क्षमायाचना गरिसकेकाले नयाँ पुस्ताले सधै माफी माग्दै दिनुपर्ने बाध्यता नरहेको स्पष्ट गरेका छन । ती घटना जापानी जनताको कारणले नभई साम्राज्यवादी शासकका कारणले भएको हो । यता युद्धका दौरान आफ्ना तर्फबाट भएका सवै कुकृत्य नस्वीकारेका दक्षिण कोरिया र चीनले भने जापानको आलोचना अहिले पनि गरिरहेका छन । तत्कालिन दक्षिण कोरियाका राष्ट्रपती पार्क गुन हेले जापानी सम्राटको अभिब्यक्तिमा थप धेरै कुरा भन्न बाँकी रहेको बताउँछन । सो समयमा जापानी सेनाले कोरियाका महिलालाई यौन दासी बनाई राखेको र यातना दिएको आरोप लगाउदै आएको छ । सन् १९९५ मा तत्कालिन जापानी प्रधानमन्त्री तोमिची मुरायामाले आफ्नो देशको औपनिवेशिक शासन र आक्रमकताका लागि ऐतिहासिक माफी मागिसकेका छन । सन् १९४५ मा कोरियाली प्रायःद्वीप जापानी कब्जाबाट मुक्त भएको थियो सोही कारण कोरियाली जनता १५ अगस्तलाई आफ्नो स्वतन्त्रता दिवश मनाउछन । चीनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुआ चुनयीङले पीडित देशसँग जापानले अहिले पनि गम्भीरतापूर्वक माफी माग्नुपर्ने भन्दै आएका छन । जापानी सैन्यवादको युद्ध आक्रमकताले भएको ज्यादतीबाट चीनका जनता र अन्य देशले भोगको बर्बरता बयान गरिसाध्यै छैन, केही वर्ष अघि हुआद्धारा प्रकाशित एक विज्ञप्तिमा भनिएको छ । यही विषयलाई लिएर विभिन्न देशरुहले आफ्नो शक्ति प्रदर्शन गदैं आएका छन । इतिहासको एक कालो दिन हो । जस घटनालाई कसैले कहिल्यै विर्सन सक्दैन । हरेक वर्ष यो दिन आईरहने छ ।

लेखक नेपाल पत्रकार महासंघ शाखा दैलेखका कोषाध्यक्ष हुन ।
सम्पर्क नम्बर :

+ 9779748082068

+ 9779812553618
इमेल :[email protected]

 

प्रतिक्रिया