शनिबार, कार्तिक ८ २०७७
काठमाडौं २१:०७
वासिङटन डिसी 11:22

अमेरिकामा जन्मेका दोश्रा पुस्ताका छोरीहरुले नेपाली पण्डित संग तीज तथा मेहन्दी सम्बन्धि यसरि ज्ञान बटुले

इनेप्लिज २०७४ साउन २१ गते १०:२६ मा प्रकाशित

अमेरिकाको डिसी महानगर क्षेत्र वरपर रहने नेपाली मूलका चेलीहरुले आगामी आउदै गरेको तीजको महत्व तथा मेहन्दी बारेमा ज्ञान हासिल गरेका छन् l भर्जिनिया को सेन्टरभिलमा एक निजि घरमा भेलामा अमेरिकामा जन्मेका तथा नेपालमा जन्मेर अमेरिकामा हुर्केका किशोरी तथा महिला सहित रहेको उपस्थितिमा हिन्दु धर्म संस्कृतिका रिति रिवाज तथा चाड पर्व सम्बन्धि ज्ञान बटुलेका छन् l

अधिकांस उपस्थित दोश्रो पुस्ताका चेलीहरु नेपाली भाषा बोल्ने ,अमेरिका कै रहन सहनमा बढेका र अत्यधिक अंग्रेजी माध्यम मा नै दिन चर्या बिताउने भएता पनि आफ्ना अभिभावक नेपाल बाट बसाई सराई अमेरिका गरेकोले उनिहरु पनि परम्परालाई धान्न अग्रसर र तत्परता देखाएका छन् l

आफ्नो संस्कृति तथा चाड पर्व बारेमा ज्ञान लिन सकुन भन्ने हेतुले एकत्रित गराइएको जानकारी भर्जिनिया कि समाज सेवी प्रभा भट्टराई देउजाले बताइन l उनीहरुलाई नेपालको बारेमा अझ ज्ञान प्राप्त होस् ,धार्मिक कुराहरु तथा अमेरिका रहेता पनि हामीले मनाई रहेको कुनै पनि चाड पर्व को कथा आदि ईत्यादी बारेमा केहि शिक्षा लिन सकुन भन्ने हेतुले यस्तो कार्यक्रम गराउन आफु लागेको बताइन l

उनीहरुका अभिभावकहरुले पनि आफ्ना सन्तान छोरीहरुले यस्ता कुरामा मन लागोस भन्ने हेतुले पठाएको बुझिएको छ l डिसी क्षेत्र मै बसोबास गर्ने पण्डित गुरु डा रघु नाथ अर्यालले बिशेष दोश्रो पुस्ताका चेलीहरुलाई चाड पर्व तथा अन्य पर्वमा शिक्षा दिएका छन् भने छोरीहरुले जिज्ञाशा गुरु संग राखेका थिए l

बिश्व को कुनै कुनामा रहेता पनि हाम्रो मन र पन नेपाली नै हुन्छ भन्दै अभिभावकहरुले यस्तो अवसर पाउनु ठुलो कुरा हो भन्दै गर्व गरेका छन् l आफ्नो भाषा ,संस्कृति ,परम्परा ,कला ,चाडपर्व तथा यस्ता प्रकारका हाम्रा सन्तानले सिक्न जरुरि भएको र यस्मा आफुले काम गर्ने प्रभा भट्टराई देउजाले बताईन l

 

 

प्रतिक्रिया