आज आफ्नै कुरा :सुवास ढकाल

इनेप्लिज २०७४ साउन २१ गते ९:३७ मा प्रकाशित

मलाई लेख्न मन लाग्छ, तर म लेखक होइन | म लामो, बढाई चढाई गरेर लेख्न सक्दिन | कसैको आलोचना गरेको एवं नकारात्मक कुरा मलाई लेख्नै आउदैन | मेरो लेखाइमा कन्टेन्ट हुन्छ, इसू हुन्छ अनि ईभेन्ट हुन्छ | कसैको बारेमा भए नभएको तारिफ गरेर पनि मलाई लेख्न आउदैन | तर कसैले कसैका लागि सहयोग गर्छन, समाजका लागि केहि गर्छन भने उसका बारेमा भने मलाई हृदय खोलेर लेख्न मन लाग्छ |

आजको समयमा आफु अनि आफ्नो परिवार बाहेक अरु कसैको लागि केहि गर्ने मान्छे मेरा लागि त महान हुन् | कसैले कसैको पढाईको खर्च उठाउछन, कसैले कसैलाई जागिर लाइदिन्छन, कसैले कसैलाई आपत विपतमा विभिन्न सहयोग गर्छन | यी सबै महान हुन् | एकजनालाई पढाएर उद्धार गर्नु भनेको उसको पुस्तौंलाइ उद्धार गर्नु हो | आफु अनि आफ्नो परिवार बाहेक अरुका लागि पनि गर्ने मनकारी विरलै भेटिन्छन | तेसैले मेरा लागि त ति महान हुन | महानताको % फरक पर्ला |

कसैले सयौंलाइ सहयोग गर्लान, कसैले २-४ जनालाई गर्लान, कसैले एकजनालाई मात्र गर्लान, सबै महान हुन् | कसैले निस्वार्थ भावनाले गर्लान, कसैले नामको लागि गर्लान तर जस जसले जस्ता भावनाले गरे पनि सब महान हुन् | मेरो एकजना साथी हुनुहुन्छ वहाँ अमेरिकामा साधारण काम गर्नु हुन्छ, वहाँले नेपालमा ६ जना विपन्न विधार्थीहरुको पढाइ खर्छ उठाउनु भएको छ, वहाँ मलाई आसध्यै महान लाग्छ | मेरो एकजना दाइ हुनुहुन्छ, नेपालको ठुलै संस्थामा ठुलै पदमा कार्यरत हुनुहुन्छ, वहाँले संस्थाका सयौं कर्मचारीको भलाईका लागि काम गर्नु भएको छ, वहाँ मेरा लागि महान हुनुहुन्छ |

मेरो एकजना गुरु हुनुहुन्छ, वहाँले ट्युशन पढ़ाउनु हुन्थो, वहांले शुल्क लिएरै पढ़ाउनु हुन्थो तर विपन्न वर्ग का विधार्थीले तिरेको शुल्क पनि वहांले फिर्ता गर्नुहुन्थो, वहाँ मेरा लागि महान हुनुहुन्छ | कसैलाई गरिएको सानो भन्दा सानो सहयोगले पनि ठुलो भन्दा ठुलो प्रतिफल प्राप्त हुन्छ | मल्टिप्लायर ईफेक्ट हुन्छ | सहयोग लिनेलाइ पनि सहयोग गर्न मोटिभेट गर्ने हुन्छ | तेसैले ति सबै मेरा लागि महान छन् | कसैले आर्थिक रुपमा सहयोग गर्लान, कसैले भावनात्मक रुपमा गर्लान, कसैले अनुभवले गर्लान |

यी सबै महान हुन् | मेरो एकजना अर्को साथी हुनुहुन्छ, गजबको मोटीभेसनल स्किल छ वहांसंग, वहाँले जिन्दगिसंग हारेका, आत्महत्याको सोच बनाइसकेका कैयौंलाइ सहि बाटो देखाउनु भएको छ, वहाँ मेरा लागि महान हुनुहुन्छ | मेरा एकजना साथी हुनुहुन्छ वहाले विदेशमा कडा परिश्रम गरेको पैसाले नेपालमा स्कूलहरुमा सहयोग गर्नु भएको छ, सयौं विधार्थी लाभान्वित भएका छन् , मेरो लागि वहाँ महान हुनुहुन्छ | यस्ता महान महानुभाव कति हुनुहुन्छ कति | वहाँहरुका बारेमा मुक्तकण्ठले हृदयदेखिनै तारिफ गर्न म कैले छाडदिन | वहाँहरुका बारेमा राम्रो लेख्न पनि म कैले छाडदिन | किनभने वहाँहरु साचै नै महान हुनुहुन्छ ||||||

 

प्रतिक्रिया