चौबिस घण्टा बित्न नपाउदै एनआरएनका उम्मेदवारहरूमा मस्तिस्क मन्थनले पारेको प्रभाव र सकारात्मक परिवर्तन

इनेप्लिज २०७४ साउन २१ गते ३:३९ मा प्रकाशित

 

 

अब चुनाव जित्नको लागि हैन मन जित्न को लागि उम्मेदवारी दिनुस
सपना बेच्न छोड्नुस
एनआरएन अमेरिका सुकुम्बाशी अवस्था मा छ.…….

आफ्नो छत बनाउने नसकेको अवस्थामा छ ,कहिले बनाउनु हुन्छ सामूहिक भवन,कसरि राख्नु हुन्छ ५० राज्यमा मदत डेस्क ? हैन यो हामीले पत्याउछौ भनेर तपाईहरु झुकिन्नु भएको हो कि ? दिवा सपना देख्नु भएको ? कमसेकम यथार्थता को धरातलमा रहेर त कुरा गर्नुस l मस्तिस्क मन्थनमा मन्थन गरिएका शब्दहरु l

मस्तिस्क मन्थन पछि चौतर्फी प्रसंशा र हौशला पाएको छु ,हर्षले मन थाम्न नसकी आँखा भरि आँसु आयो ,टिलपिल भयो ,आफुले गरेको काम ले परिबर्तन ल्याउछ भने त्यो भन्दा मेरो लागि खुशीको कुरा केहि हुन् सक्दैन : सच्ची मैनाली , मस्तिस्क मन्थन परिकल्पनाकार तथा प्रस्तोता

मस्तिस्क मन्थनले छुट्टै पहिचान स्थापित गर्दै अद्वितीय कार्यक्रम बनेको भन्दै अन्य राज्यमा रहेका अन्य संघ/संस्थामा समेत यो लानु पर्ने सुझाव र माँग समेत आएकोले यस बिषयमा आफु गम्भीर रहेको मैनालीले बताइन l

विश्व कै सम्राट राज्य न्युयोर्कमा गत जुलाई २९ तारिखमा सम्पन्न मस्तिस्क मन्थनले चौबिस घण्टा बित्न नपाउदै एनआरएनका उम्मेदवारहरुलाई प्रभाव पार्नु को साथै उनीहरुमा केहि हद सम्म सकारात्मक परिवर्तन ल्याउन सफल भएको छ साथै कार्यक्रम अपार सफलताको साथ सम्पन्न भएको छ l

नौलो कार्यक्रम ,पृथक प्रस्तुति ,मस्तिष्क मन्थनको अवधारणा ,कार्यक्रम नौलो शैलीमा संचालन गरिएकोले उपस्थित आमन्त्रित अतिथि ,गैर आवासीय नेपाली संघका पदाधिकारी ,सदस्य ,समुदाय सदस्य ,बुद्धिजीवी ,घर मै बसेर प्रत्यक्ष प्रसारण हेर्ने दर्शक ,संचारकर्मी ,उम्मेदवारहरुले सहित मुक्त कण्ठ ले प्रसंसा गर्न कुनै कन्जुस्याए नगरेको प्रष्ट देखिएको छ l

अन्य राज्यमा त्यतिकै प्रभाव तथा तरंग रहेता पनि न्युयोर्कमा हाल सम्म पनि यस बिषयमा चर्चा परिचर्चा गरिने क्रम रोकिएको छैन l उम्मेदवार ,उपस्थित सहभागी, बुद्धिजिबी तथा संचार कर्मीले समेत् कार्यक्रम ऐतिहासिक हुनु को साथै मतदाताहरुलाई समेत प्रभावित भएको सामाजिक संजालमा मस्तिस्क मन्थन बारेमा खुलेर प्रशंसा गर्ने क्रम यथावत रहेको छ l

उम्मेदवारहरुले सामाजिक संजाल मार्फत मस्तिस्क मन्थनले उनीहरुलाई पारेको प्रभाव र उनीहरुले गरेको महसुस बारेमा उनीहरुले लेख्न गरिव मानसिकता राखेका छैनन् l

सहभागी ,उम्मेदवार र घर बाटै कार्यक्रम हेर्ने ले यस्तो प्रतिक्रिया दिए :

कार्यक्रम परिकल्पनाकार तथा कार्यक्रम प्रस्तोता सच्ची मैनालीले मस्तिस्क मन्थन बारेमा कार्यक्रम पश्च्यात गरेको निरन्तर सवालमा सामुदायिक बहस ईतिहासमा मस्तिस्क मन्थन एउटा कोशे ढुंगा भएको ,२४ घण्टा नबित्तै उम्मेदवार हरुको सामाजिक संजाल को स्टाटस (स्थिति )हरु मा बोल्ने शैली मा समेत परिवर्तन देखि सकेको छ भनि बुद्धिजीवी अजय छोचुनले स्पष्ट कुरा राखे l यसै गरि प्रस्तुतीकरण को शैली उत्कृष्ट लागेको ,समाज परिवर्तनमा ठुलो सहयोग पुग्ने प्रकारको कार्यक्रम भएको भन्दै कार्यक्रम प्रस्तोतालाई यो कार्यक्रम २ वर्ष आघि किन नगरेको समेत प्रश्न राखे l

यस्तै अर्का उम्मेदवार संगीता मुखिया छोचुनले यदि यो कार्यक्रम पहिले भएको भए सायद एनआरएनमा परिबर्तनआउथ्यो कि भनिन भने सचिव पदका उम्मेदवार प्रकाश बस्नेतले नमुना कार्यक्रम भएको भने भने ससक्त महा सचिव पदका उम्मेदार सूर्य लम्सालले ऐतिहासिक कार्यक्रम भएको बताए l

यसै गरि साहित्यकार कमला प्रसाईले १४ बर्ष को न्यु योर्क बसाईमा पहिलो पटक एस्तो कार्यक्रम देख्न पाए भनि मुक्त कण्ठले प्रसंसा गरिन l कार्यक्रम अहिले सम्म कै पृथक ,सार्थक तथा जबर्जस्त कार्यक्रम रहेको कुरा नचबाई आफ्ना भनाई धेरैले राखे l

अध्यक्षका उम्मेदवारको उपस्थितिमा अन्य उम्मेदवारहरुलाई ठुलो मौका दिएको यो ईतिहास मै पहिलो पटक हो भन्दै हर्ष ब्यक्त गर्दै निरन्तर यस्ता कार्यक्रम गर्न समेत सुझाव र सल्लाह दिएका छन् l

कार्यक्रममा कसलाई अवसर दिएको थियो :

एनआरएन एनसिसिको आसन्न निर्वाचनमा केवल अध्यक्षहरुको मात्र चुनावी वहस पटक पटक भएको तथा अन्य उम्मेदवारका आवाजहरु, विचारहरु, मन्तव्यहरु, योजनाहरु, दृष्टिकोणहरु, दर्शनहरु व्यक्त गर्ने अवसर नपाएकोले मष्तिष्क मन्थन कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा अस्वीकरण (डिसक्लेमर ) को जानकारी सहित कुन प्रश्न, के को बिषयमा छलफल गर्ने, कुन नगर्ने भन्ने सर्वाधिकार कार्यक्रम प्रस्तोता मा राखिएको थियो भने मस्तिष्क मन्थन राम्रो संग चलोस भन्ने हेतू ले आधारभुत नियमहरु पालना गर्ने सर्त राखी कार्यक्रम को आयोजना गर्दा अहिले सम्म कै अनुशासनमा चलेको कार्यक्रम भएको सहभागीले बताएका छन् l

हामी चाहन्छौ तपॉईहरू हामी सबैको मन जित्नुहोस् ।

प्रस्तोता सच्ची मैनालीले चुनावमा कुटील राजनीति र बिबिध कारण जोड घटाऊ हुन सक्छ र चुनावमा हार र जित हुँदैन भन्दै सुरुवात गरिन l उनले अगाडी भनिन साचो बिजेता को पहिचान चुनावमा होइन असली मैदानमा हुन्छ । हामी चाहँदैनौ तपाईं चुनाव जित्नुहोस् । हामी चाहन्छौ तपॉईहरू हामी सबैको मन जित्नुहोस् ।

उनले थप अगाडी भनिन ,चुनावको नतिजा अस्थाई हुन्छ तर जसले आफ्ना काम र योगदान को माध्यम बाट हामी बीच अमिट छाप छोडन सक्छ त्यो वास्तव मा असली बिजेता हुन्छ । जुन बाटोमा तपाईंहरु हिंड्ने तयारी गर्दै हुनुहुन्छ त्यहा हामीलाई २ बर्से कार्यकाल को होइन स्थाई बिजेताको खाचो छ । हामी चाहन्छौं तपाईंहरु सबै हाम्रो मन मा राज गर्ने सच्चा र स्थाई बिजेता बन्नुहोस् भन्दा कर्तल ध्वनी बजाएका थिए l

कार्यक्रमको सुरुवातमा उम्मेदवारहरुलाई बिजयको शुभकामना दिदै रातो अबिर लगाउदै देश ले रगत मागे मलाई बलि चढाऊ ,रुदिनन मेरी आमा ,उ नेपाली कि छोरी गीत बजाउदा उम्मेद्वारहरु आश्चर्य चकित भएका थिए l

सामुहिक आशनग्रहण गराई सुरु गरिएको मस्तिष्क मन्थन बिना खादा, बिना भाषण सुरु गरिएको थियो l कार्यक्रम संचालक मैनालीले संसारको सवैभन्दा ठूलो र शक्तिशालि हुनु पर्ने एनआरएन हामी सबैले चाहे जस्तो हुन नसकेको कुरा सवैले महशूस गरेको बताईन l

कार्यक्रम प्रस्तोता ले यसरि प्रश्नहरु सुरुवात गरिन :

मस्तिष्क मन्थन हामी सबैको मस्तिस्क लाई जुधाएर हाम्रा अनुभव,योग्यता,सकारात्मक बिचारहरु मन्थन गर्दै हाम्रो एनआरएन लाई कसरी राम्रो, भरपर्दो र हामी सबैको साझा बनाउन सकिन्छ हामी सबै मिलेर मन्थन गरौं भन्दै उनले पहिलो प्रश्न गरिन l


प्रस्तोता मैनालीले बर्तमान अवस्थाको एनआरएन अमेरिका कस्तो छ भनेर सोधिन ,त्यस पछि थप्दै एनआरएन अमेरिका ख्याउटे छ ? खाई लाग्दो छ ? रिष्ट पुष्ट छ? हल्का बिरामी छ? सिथिल छ ? वा अस्पताल भर्ना गर्नु पर्ने स्थिति मा छ । वा कस्तो छ ? भन्दै उम्मेदवारलाई १ मिनेट भित्र लक्ष्मण रेखा ननाघी आफ्ना कुरा राख्न अनुरोध गरिन

उनले दोश्रो प्रश्न विश्व र नेपाली समुदायले एनआरएन अमेरिका लाई कसरि हेर्छन ? अर्थात् एनआरएन अमेरिका प्रति अरु देश र अमेरिका बस्ने नेपालीको दृष्टिकोण कस्तो छ भनि सोधेकी थिइन् l

अचानक गीत को प्रस्तुति किन गरियो :

त्यसपछि उनले सम्पूर्ण उम्मेदवारहरुलाई एनआरएन संस्था लाई यस्तो भन्दै हुनु हुन्छ भनि स्वयम् सेवक हरुलाई अगाडी बोलाएर “तिमि नभए जिन्दगानी काडा सरि छ ” गीत बजाउदा सबै चकित भएका थिए l

उनले थप कुरा राख्दै हाम्रा उम्मेदवारहरुले एनआरएन यु एस ए संस्थालाई यसो भनि रहेको बेला एनआरएन अमेरिकाले जवाफ मा के भन्छ त ? भन्दै फेरी अर्को गीत प्रस्तुत गरिन जो एनआरएन संस्थाले सम्पूर्ण उम्मेदवारहरुलाई भनि रहेको थियो l

“चट्टान झैँ पर्खि रहे बाह्र मासे झरीमा ,एक दिन त् बादल फाटी घाम लाग्ने आशामा ..” गीत बजाईएको थियो l उनले भनिन यो गीत को माध्यम बाट हामी यहाहरुलाई भावनात्मक रुपमा एनआरएन संस्था संग जोड्न खोज्दै छौ l स्मरण गराउन चाहेका छौ l अहिले हाम्रो एनआरएन युएसए संस्था मात्रै होईन हामी आम एनआरएन पनि एक दिन त बादल फाटी घाम लाग्छ कि भन्ने आशामा कुरीरहेका छौ र सोही आशामा यो मस्तिस्क मन्थन् गरीरहेका छौं भनिन l

तेस्रो प्रश्न सवै भन्दा चाख लाग्दो थियो l एनआरएनएनसीसी अमेरिका राजनैतिक दल बाट कति को प्रभावित भएको देख्नुहुन्छ ? प्रभावित छ या छैन ? एनआरएन राजनैतिक भात्री संगठन को पुच्छर समातेर हिडी रहेको भन्ने सुनिन्छ ? हो या हैन ?

नेपालको राजनीति देखि वाक्क दिक्क भएर आएका छौं हामी फेरी प्रवासमा पनि उही नेपाल कै जस्तो राजनीति देख्नु र भोग्नु परिरहेको छ । पुन हामी त्यहि भुमरीमा किन ? एनआरएन भित्र राजनीति छ कि छैन ? यसलाई ठिक बनाउने साचो हामी संग छ कि छैन ? र छ भने यसलाई निस्तेज पार्न हाम्रो के पहल हुन् सक्छ ? भन्ने प्रश्न गरे पछि उम्मेदवारले आ-आफ्नो जवाफ दिएता पनि निकै अप्ठेरो महसुस पनि गरेका थिए l

कार्यक्रम प्रस्तोताले भनिन सामाजिक संजालहरुमा देखिएका तपाईहरुका प्रतिबद्धता देख्दा यस्तो लाग्छ कि तपाईहरु अहिले पनि हामीलाई सपना बेच्दै हुनु हुन्छ । उम्मेदवारका सयौ प्रतिबद्धता तथा एजेन्डाहरु सयौ का संख्यामा छन् । ती पुरा गर्न २ बर्ष हैन सयौ बर्ष जस्तो लाग्ने देखिन्छ l त्यसैले यथार्थको धरातल मा रहेर तपाई को कार्य कालमा तपाइले गर्न सक्ने तपाईंको उच्च प्राथमिकतामा पर्ने केवल २ वटा मात्र प्रतिबद्धता हामी लाई भनिदिनुहोस ? केवल २ वटा मात्र अनि यो पनि भनिदिनुहोस् हामीले तपाईंलाई नै भोट दिने किन ? बेलीबिस्तार नलगाईकन , छोटो बाक्यमा स्पष्ट संग बताईदिनुहोला भनिन l

कार्यक्रम प्रस्तोता सच्ची मैनालीले गुट उपगुट लाई हटाउने प्रतिबद्धता पनि व्यक्त गर्नु भएको छ भन्दै -तपाईहरु गुट उपगुट मा उम्मेदवारी दिनु भएको छ अनि प्रतिबद्धता भने गुट उपगुट लाई हटाउने भन्नु हुन्छ। यसरि हाम्रो आँखामा छारो हाल्ने काम कहिले सम्म गर्नु हुन्छ ? भनि अर्को प्रश्न राखिन l

के तपाई हरु संग स्वतन्त्र उठेर जित्ने ह्याकुला (हिम्मत ) छैन भनि सवाल राख्दा स्वतन्त्र उठ्ने हिम्मत राख्ने समेत ले जवाफ दिएका थिए l

अन्त्यमा कार्यक्रम संचालक मैनालीले एनआरएन युएसए प्रबास को हाम्रो १ मात्र साझा संगठन /संस्था ,हाम्रो एनआरएन कस्तो हुनु पर्छ ? यसलाई हाम्रो ,राम्रो भरपर्दो र हामी सवैको सांझा एनआरएन बनाउन हामीले के गर्नु पर्छ ? भन्दै अब एनआरएनका अत्यधिक प्राथमिकतामा परेका केवल १० वटा प्रतिबद्धता के के हुन् सक्छन भनि सवाल गर्दा उम्मेदवारहरुले उच्च प्राथमिकतामा परेका सामुदायिक भवन ,एनआरएन परिचय पत्र लगायत १० वटा हाम्रा साझा प्रतिबद्धता हुन् भनि सदर गरेका थिए l

र उनले उम्मेदवारको आफुहरुले पहरेदारी गर्ने खबरदारी गर्ने बताईन l आफ्नो कार्यकालमा उम्मेदवारले बोलेको कुराहरु पुरा गर्नु भयो किन भएन भनेर अनुगमन गर्छौ भन्दै जानकारी गराइन् l उनले हामी तपाईहरुको पहरेदारी पनि गर्ने छौ भनिन l

महा बाणिज्य दुताबासका महाबाणिज्य दुत मधु मरासिनीले मस्तिस्क मन्थनको बारेमा शुभकामना दिदै आफ्नो बिचार राखेका थिए भने कार्यक्रमको अन्त्यमा कर्ण दासको ठुला ठुला महल हैन गीतको अन्तरा बाट सुरु गर्दै —– ईतिहास म आजै लेख्छु ,हाते मालो आजै बुन्छु अब आउने साल हेर ! मेरो चन्द्र सुर्य फर फ़राउछु हो ,लहराउछु !…हो फर्फाउछ ……………” गीत बजाईएको थियो l

जसको उदेश्य काम गरेर एकता देखाएर केहि गर्छु भन्ने संदेश उक्त गीत ले दिएको थियो l

प्रतिक्रिया