सोमबार, असोज ११ २०७८
काठमाडौं ०४:३१
वासिङटन डिसी 18:46

सबै मित्रहरूमा जानकारिको लागी

इनेप्लिज २०७४ साउन १९ गते १४:२० मा प्रकाशित

म हजुरहरूकै चिरपरिचित गजेन्द्र अर्याल । एनआरएन अमेरिकाको आसन्न निर्वाचनको लागि बरिष्ठ उपाध्यक्ष पदमा आफ्नो मनोनयन दर्ता गराएको कुरा त हजुरहरू सबै अवगत नै हुनुहुन्छ । निर्बाचन कमिटिले उमेदवारहरूको पहिलो पटक नामवलि बाहिर ल्याउँदा मेरो केही आवश्यक कागजात अपुग हुँदा मेरो नाम छुट्टन् गएको थियो । मैले निर्वाचन कमिटिलाई आवश्यक कागजात पठाए पछि दोस्रो पटको नामवलि प्रकाशित हुँदा बरिष्ठ उपाध्यक्षको नामवलिमा मेरो उमेदवारी कायम रहेको जानकारी सम्पुर्ण नेपाली समुदाय,मेरा सम्पुर्ण साथिभाई,इष्ट मित्र तथा शुभचिन्तकहरूमा जानकारी गराउन चाहन्छु । साथै निर्बाचन कमिटिलाई पनि यहि स्टाटस मार्फत धन्याबाद दिन चाहन्छु । मेरो उमेदवारिको बिषयमा पर्न गएको अनिश्चितता र भ्रमको लागी हजुरहरू समक्ष क्षमा माग्दछु । अव यही सुचनालाई आधिकारिक सुचना मानि मेरो बरिष्ठ उपाध्यक्ष पदको उमेदवारी कायम रहेको जानकारी दिलाउन चाहन्छु ।

-गजेन्द्र अर्याल
मेरिल्याण्ड ,अमेरिका
एनआरएन एनसिसि अमेरिका
बरिष्ठ उपाध्यक्ष पदको उमेदवार

प्रतिक्रिया