आइतबार, कार्तिक १६ २०७७
काठमाडौं ०६:३३
वासिङटन डिसी 20:48

एनआरएन युएसए बिशेष साधारण सभा बोलाउन हस्ताक्षर अभियान सुरु

इनेप्लिज २०७४ साउन १९ गते २:५६ मा प्रकाशित

गैर आवासीय नेपाली संघ अमेरिकाको निर्वाचनको बिषय देखिएको अन्यौल वातावरणलाई निकास दिने हेतुले बिशेष साधारण सभाको बोलाउन को माग राख्दै हस्ताक्षर अभियान सुरु गरेको ताजा समाचार प्राप्त भएको छ l

जोशीको उम्मेदवारी को बिषयलाई लिएर चरम विवादमा अल्झिएको अवस्थामा पछिल्लो चरणमा यो अवस्था सिर्जना भएको हो l आगामी ११ र १२ तारिखमा हुने निर्वाचन को पुरा तयारीमा रहेको एनआरएन अमेरिकाको संघारमा आएर जोशीका तमाम समर्थक तथा शुभ चिन्तकहरुले बिशेष साधारण सभाको माग राख्दै लागि हस्ताक्षर अभियान सुरु गर्न थालेका छन l

कम्तिमा ३ सय जनाले हस्ताक्षर गरे पछि वर्तमान कार्यकारी समितिले बिशेष साधारण सभा बोलाउनु पर्ने श्रोतले जनाएको छ l एनआरएन एनसीसी २०१७ को बिधान को धारा ९० अनुसार उक्त बिशेष साधारण सभा बोलाउन माग गरिएको छ l

अध्यक्ष डा केशव पौडेललाई सम्बोधन गरे विभिन्न व्यक्तिहरुलाई बोधार्थ गरिएको छ उक्त पत्रमा उल्लेख छ l निवेदक सिकागो का सुरज घिमिरे ले बिशेष साधारण सभा गर्न माग गर्दै सवैलाई समर्थन गर्न आग्रह गरेका छन l

बिस्तृत जानकारीको लागि यहाँ थिच्नु होला :

Petition to call for the Special General Meeting of NRN USA as per NRN Bylaws 2017

 

 

 

 

प्रतिक्रिया