शुक्रबार, असोज ८ २०७८
काठमाडौं ०२:१०
वासिङटन डिसी 16:25

एनआरएन अमेरिकाको उम्मेदवारी विवादको गठित छानवीन समितिको प्रतिवेदन नआएसम्म चुनावी कार्यक्रम रोक्न एनआरएन अमेरिकाको निर्वाचन समिति लाई निर्देशन

इनेप्लिज २०७४ साउन १८ गते २०:२७ मा प्रकाशित

एनआरएन अमेरिकाको उम्मेदवारी विवाद समाधानका लागि गठित छानवीन समितिको प्रतिवेदन नआएसम्म गैर आवासीय नेपाली संघ (एनआरएन) अन्तर्राष्ट्रिय समितिले सबै प्रकारका चुनावी कार्यक्रम रोक्न एनआरएन अमेरिकाको निर्वाचन समिति लाई निर्देशन दिएको छ । विवाद छानवीन गर्नका लागि हेमराज शर्माको संयोजकत्वमा जर्मनीका दिलबहादुर गुरुङ र बेलायतका विश्व आदर्श पण्डित रहेको समिति गठन भएको छ । बेलायतका शर्मा एनअारएनको विधान समितिका संयोजक समेत हुन् ।

एनआरएन आइसिसीको आइतबार जर्मनीमा भएको बैठकले एनआरएन अमेरिकाका अध्यक्ष पदका प्रत्याशी गौरीराज जोशीको उम्मेदवारी योग्यता का बारेमा ढिलोमा अगष्ट ५ सम्म प्रतिवेदन पेश गर्ने गरि यो समिति गठन गरेको हो ।

महासचिव बद्री केसीद्वारा हस्ताक्षर गरेर पठाइएको निर्देशन अनुसार एनआरएन अमेरिकाको चुनावी कार्यक्रम अगष्ट ५ तारिकसम्मका सबै कार्यक्रमहरु स्थगित हुनेछन् । अगष्ट ३ तारिकमा उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गर्ने र ११ र १२ तारिक मतदान हुने कार्यतालिका तय गरिएको थियो ।

एनआरएन अमेरिकाका अध्यक्षका प्रत्याशी गौरीराज जोशीको नाम निर्वाचन समितिले उम्मेदवार सूचिमा नपारेपछि जोशी को टिम मा रहेका सबै उम्मेदवारहरुले निर्बाचन समितिलाई एक निबेदन पठाउने तयारी गरि रहेका छन् , आजै बेलुका सम्म पठाउन लगिएको सो निबेदनमा छानबिन समितिको निर्णय नआउन्जेल सम्म कम्तिमा एक साताको लागि निर्बाचन पछाडी सार्न र उम्मेदवारको सुची प्रकासित नगर्न आग्रह गरिएको कुरा बोर्ड ओफ डाइरेक्टर का उम्मेदवार संजय थापा ले बताए ।

प्रतिक्रिया