हार्दिक अपिल , हार्दिक अपिल ,हार्दिक अपिल, हार्दिक अपिल, हार्दिक अपिल ,हार्दिक अपिल

इनेप्लिज २०७४ साउन १७ गते १२:५२ मा प्रकाशित

“हरेक घर धारो , हरेक गाउँ सिन्चाइ “नारामा देश तथा बिदेश स्थित संघ संस्थाहरुले खासै चासो राखेको पाइएन । पानी अभियानलाई कुनै सामान्य एउटा प्रोजेक्टको रुपमा हेर्ने प्रयास गरियो । पानी अभियान कुनै एउटा गाउँमा सफल पार्ने अनि निदाएर बस्ने निति होइन । तत्कालको लागि अभियानको नारा पुरा गर्न अडान लिएर शुरुवात गरिएको गाउँ सुनपुर हो तथापी त्यही गाउँ मात्र केन्द्रित हुने निती होइन । यो अभियान जागरण अभियान पनि हो । हरेक सरकारी अफिसमा, कम्पनिमा कर्मचारीहरुले पानी सर्वसुलभ पाउनुपर्छ भनेर पनि आवाज उठाउनुपर्छ कार्यन्वयन गर्नुपर्छ ,गराउनुपर्छ भन्ने सोचको अवधारणा हो पानी अभियान ।

पानी अभियानको नारा “हरेक घर धारो , हरेक गाउँ सिंचाइ ” हरेक व्यक्तिहरुले घर आगनमै पानी पाउनुपर्छ भन्ने नारा कार्यान्वयन गर्न पहलकदमी बाटो सम्बन्धित निकायहरुले चासो नलिदा सम्म र कार्यान्वयन गर्ने विश्वस्त आधार नदिदा सम्म सचेत गराउन युरोपको कुनै एक भूमिमा बसेर रित्तो पानीको बोत्तल समाएर शुरुवाती चरणमा अगस्त २६ गतेदेखि अन्शन बस्ने घोषणा गरियो ।पानी अभियानमा ऐक्यवद्दता जनाउन चाहने कसैले पनि रित्तो बोत्तल लिएर अन्शनस्थलमा आइदिनुहुन अनुरोध । अनशन स्थलमा तपाईंहरु पनि रित्तो बोत्तल समाएर अन्शन बस्न सक्नुहुनेछ । अब अभियान सशक्त रुपमा अगाडि बढाउनु पर्ने अवस्था आएको जानकारी गराउदछु । हामी पानी अभियानको नारा “हरेक घर धारो , हरेक गाउँ सिंचाइ ” यु एन सम्म पुर्याएर दुनियाँमा पानी पाउने बातावरण गरौ । यो कार्यमा हातेमालो गरिदिनुहुन बिभिन्न संघसंस्थाहरु पत्रकार हरु बुद्दिजिबिहरु देश बिदेशमा हरेकलाई अनुरोध गर्दछु । हतियार किन्ने पैसाहरु पानीमा लगाउन प्रेरित गरौ ।

समाजमा नारा स्थापित गर्न भाषण गरेर ,दुइ चार जनालाई भन्दैमा स्थापित हुने होइन । अत संघर्षको दौडानमा तत्कालको लागि रित्तो पानीको बोत्तल लिएर अनशन बस्ने घोषणा गरेको छु । अन्शन बस्ने ठाउँ तयारी हुँदै । आखिर सामाजिक परिवर्तनमा सामाजिक अभियन्ताहरुले कडा संघर्ष नगर्दै कसैले सुन्दो रहेनछ । नरुदै आखिर बच्चाले आमाबाट दूध नपाउदोरहेछ । “हरेक घर धारो होस् , हरेक गाउँ सिंचाइ होस् ।”#जयपानी अभियान

मित्र लाल पार्दे
पानी अभियानकर्ता

प्रतिक्रिया