बिहीबार, कार्तिक ६ २०७७
काठमाडौं ०५:५९
वासिङटन डिसी 20:14

पन्चांग निर्णायक समितिको सामान्य कमज़ोरी र त्यसले अमेरिका तथा क्यानडामा परेको प्रभाव ! अस्पष्टता तथा अन्योलता

इनेप्लिज २०७४ साउन १५ गते ६:०५ मा प्रकाशित

नेपालमा बनेका पात्राहरुको आधारमा अमेरिका तथा क्यानडामा बस्नु हुने नेपाली हिन्दु धर्मबलम्वीहरु नागपन्चमीकै दिन जनै पूर्णिमा तथा रक्षाबन्धन भनेर झुक्किनु भयो, धेरै जनाले मलाई फोन, म्यासेज पनि गर्नु भयो, मन्दिरमा गएर डोरा, जनै मन्तर गर्न, लगाउन खोज्दा पन्डितजीहरु समेत आश्चर्यमा पर्नु भयो र भन्नु भयो आज त जनै पूर्णिमा होईन ? 

यो भ्रम (अन्योलता) नेपालको लागि बनेका पात्राहरुले गर्दा सृजना भएको हो, स्पस्टसँग यो कुरा “नागपन्चमीकै दिन जनै पूर्णिमा तथा रक्षाबन्धन नेपाल लगायत पूर्वीय देशको ग्रहण लाग्ने ठाउँहरुमा मात्र लागू हुनेछ” भनी नोट मा लेखिदिएको भए विश्वमा रहेका नेपालीहरुलाई अन्योलता सिर्जना हुने थिएन होला ! ?

 

आउँदा दिनहरुमा यसरी हुने कमी कमज़ोरीप्रति सचेत रहन आग्रह गर्दै तथा सम्बन्धित पक्षले नेपाल बाहेक विदेश तिर रहने नेपालीहरुको लागि पनि सोँचेर निर्णयहरु गरुन्  भन्ने इच्छा व्यक्त गर्दै अमेरिका तथा क्यानडाकै लागि बनाईएका पात्रा तथा पन्चांग क्यालेन्डरहरु (मारुतीनन्दन नेपाली पन्चांग तथा अन्य भएमा ) को प्रयोग गर्नु होला भन्न चाहन्छु । 

नेपालमा यसपाली नागपन्चमी र जनै पूर्णिमा एकै दिन मनाउनुको कारण ? 

यसपालीको श्रावण शुक्ल पूर्णिमामा नेपाल तथा एशियाका केही भूभागहरुमा चन्द्रग्रहण भएकोले हो तर अमेरिका र क्यानडामा भने ग्रहण नलाग्ने भएकाले पूर्णिमाकै दिन अगस्त ७ तारिख नै जनैपूर्णिमा तथा रक्षाबन्धन गरिंदैछ । 

नोट :  अमेरिकाको राजधानी वाशिंगटन डिसीको नजिकै रहेको  भर्जिनियाको सेन्टरभिलमा भव्यरुपमा हुँदै आईरहेको  जनैपूर्णिमा तथा रक्षाबन्धन कार्यक्रम यही अगस्ट ७ तारिख हुने भएकोले सपरिवार पाल्नु होला । 

अमेरिका तथा क्यानाडामा अगस्त २१ तारिख कुशे औंसी अर्थात वुवाको मुख हेर्ने दिन सूर्य ग्रहण परेको छ : 

साथै यहाँको लागि अगस्त ७ तारिख पूर्णिमाकै दिन मनाउनका लागि अमेरिकाको पूर्वी भूभागमा रहनु हुने सबै जनालाई तलको ठेगानामा आउनु होला भनी निमन्त्रणासहित अनुरोध गर्दछौं ।

 आयोजक : 

डिसी नेपाली समाज टिम स-परिवार ! 

यी विषयहरुको बारेमा थप जानकारी चाहिएमा 703-870-6480 मा सम्पर्क राख्नु होला !

सबैजनालाई यस पर्वको शुभकामना ! धन्यवाद ।

Program Venue : 14102 woodrock way centerville VA

प्रतिक्रिया