बुधबार, कार्तिक १२ २०७७
काठमाडौं २०:२०
वासिङटन डिसी 10:35

गायिका अन्जु पन्त ईनास को कार्यक्रममा अमेरिका आउदै

इनेप्लिज २०७४ साउन १४ गते ३:३१ मा प्रकाशित

नेपाली गायन क्षेत्रमा उच्च स्थान ओगटेकी प्रख्यात गायिका अन्जु पन्त ईनास को कार्यक्रममा अमेरिकाको डिसी आउने भएकी छिन् l नेपाली गायन क्षेत्रमा उनले विभिन्न चर्चित गीतहरू गाएकी छिन् जस मध्ये न बिर्सें तिमीलाई…, म तिमी बिना मरीहाल्छु, भुन भुन बोल्यो भमरा आदि रहेका छन् ।

नेपाली चलचित्रका लागि थुप्रै गीत गाईसकेकी छिन् भने सयौं सांगीतिक एल्बममा आफ्नो आवाजको जादु छरिसकेकी छिन् । उनको सर्वप्रिय गीत ‘न बिर्से तिमीलाई’ सर्वाधिक चर्चित गीत हो । अन्तरराष्ट्रिय नेपाली कलाकार समाज (इनास) अमेरिकाको आयोजनामा पहिलो प्रस्तुतिमा कलाकार अन्जु पन्त लाई बोलाउने भएको हो l

अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनिया को मनासस शहरमा मा आगामी अगस्त १३ तारिख हुने भएको ईनास का पदाधिकारीले बताएका छन् l अन्तरराष्ट्रिय नेपाली कलाकार समाज भर्जिनिया शाखाका कृष्ण श्रेष्ठले ईनेप्लिज संग कुरा गर्दै छोटो समय भएकोले यस क्षेत्रका सबै नेपाली समुदायलाई परिवार सहित आई दिन आग्रह गरेका छन् l

यसै गरि ईनास अमेरिकाका अध्यक्ष आनन्दु लामाले कलाकार अन्जु पन्त लामो समय पछि अमेरिका आउने भएकोले हौसला दिन समुदायलाई बिशेष अनुरोध गरेका छन् l

गायिका अन्जु पन्त ले दिएको संदेश सुन्न यहाँ थिच्नु होला l

 

 

प्रतिक्रिया