मस्तिष्क मन्थनमा समुदाय एक ढिक्का ,व्यापक समर्थन र सहयोग ,तयारी पूरा

इनेप्लिज २०७४ साउन १४ गते २:४६ मा प्रकाशित

भोलि जुलाई २९ तारिखमा न्युयोर्कमा हुने मष्तिस्क मन्थन (ब्रेन स्ट्रोमिंग )को तयारी पुरा भएको छ l गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाका अध्यक्ष बाहेकका उम्मेद्वार बीच गरिने उक्त कार्यक्रमलाई समुदायहरु एक ढिक्का भएका छन् l यसको साथै व्यापक समर्थन र सहयोग प्राप्त भएको छ l

कार्यक्रम परिकल्पनाकार तथा प्रस्तोता सच्ची मैनालीले स्वत स्फ़ुर्त रुपमा चौतर्फी समर्थन जुटेकोमा सवैलाई नमन गर्न चाहेको बताइन l हामी महिलाको अगुवामा हुन् गइ रहेको यो मष्तिस्क मन्थन यत्र तत्र सर्बत्र चर्चाको शिखरमा पुगेकोमा हर्ष व्यक्त गरिन l उनले अगाडी भनिन कार्यक्रम को ढाचा र प्रस्तुतीकरण बारेमा उम्मेदवार लगायत सवैलाई कौतुलता रहेको बताइन l कार्यक्रम ठिक समयमा सुरु गर्ने आफ्नो प्रतिबद्धता जाहेर गर्दै सवैलाई समयमा पुग्न आव्हान गरिन l

उम्मेद्वारहरु डीसी ,मेरिल्याण्ड ,टेक्सस ,न्युजर्सी ,न्यु योर्क ,भर्जिनिया ,बोस्टन,कनेक्टिकट क्यालिफोर्निया बाट समेत आउने भएको जानकारी गराइन l सवैलाई यो कार्यक्रमको ठुलो अपेक्षा रहेको समेत मैनालीले थप जानकारी दिएकी छिन् l

उनले सवै उम्मेदवारलाई अप्ठ्यारो ,चोटिला,गार्हो को साथै कस्तो प्रश्न सोधिएला भन्ने कौतुलता रहेको पाइएकोले वहाहरुले सोचे भन्दा अझ सरल हुने छ भन्दै मन्थन गर्ने मंच को तयारी गरि दिएको बताईन l धित मर्ने गरि आफ्ना कुराहरु राख्ने र उनीहरुले सुनाउन पाउन भन्ने उद्देस्यले राखिएको मैनालीले पुन :दोहोर्याईन l

स्मरण रहोस ,बिगतमा एनआरएन युएसए अध्यक्ष पदका उम्मेदवारवीच ४ पटक बहस कार्यक्रम भएकोले अन्य उम्मेदवारहरुवीच अहिले सम्म नगरिएले मस्तिष्क मन्थन (ब्रेनस्ट्रोमिङ्ग) को आयोजना गर्न लागिएको हो l

सवै उम्मेदवारहरुले आफ्ना प्रतिबद्धता ,कार्यसूची, योजना, मार्गचित्र, विचारहरु समेत सार्वजनिक रुपमा राख्न पाउने छन् l यसको साथै उनीहरुको क्षमता र योग्यताको समेत मुल्यांकन मतदाताले गर्ने भएकोले भएकोले यो मौका उम्मेदवारहरुले नगुमाउन भन्ने रहेको मैनालीले बताईन l

उम्मेदवारहरुले एनआरएन युएसएलाई मार्ग चित्र (रोड म्याप) बनाउन मदत गर्न सकुन भन्ने चाहना रहेकोले मस्तिष्क मन्थनको आयोजना गरिएको एस मैनालीले बताइन l

प्रतिक्रिया