चितवनमा लायन्सको पदस्थापन

इनेप्लिज २०७४ साउन १२ गते ४:२१ मा प्रकाशित

रत्ननगर, १२ श्रावण ।
पूर्वी चितवनको रत्ननगरका ३ वटा क्लवको संयुक्त रुपमा पदस्थापन गरिएको छ । लायन्स क्लव अफ रत्ननगर मिड नेपाल, लायन्स क्लव अफ रत्ननगर पीस र लियो क्लव अफ रत्ननगर मिड नेपालले संयुक्त रुपमा स्थापना दिवश र पदस्थापन गरेका हुन् । सो कार्यक्रममा लायन्स क्लव इन्टरनेशनल ३२५ बी २ का डिक्स्ट्रीक्ट गभर्नर मधुसुदन शर्माले नवनिर्वाचित लायन्सका सदस्यहरुलाई पदस्थापन गराएका थिए । सो कार्यक्रममा लायन्स क्लव अफ रत्ननगर पीसका वर्ष २०१७÷१८ का नवनिर्वाचित अध्यक्ष सविन रेग्मीलाई वर्ष २०१६÷१७ का अध्यक्ष कृष्णलाल श्रेष्ठले पद हस्तान्तरण गरेका थिए भने त्यसैगरी लायन्स क्लव अफ रत्ननगर मिड नेपालका वर्ष २०१७÷१८ का नवनिर्वाचित अध्यक्ष जगदिश शर्मा आचार्यलाई वर्ष २०१६÷१७ का अध्यक्ष सुरेशचन्द्र आचार्यले पद हस्तान्तरण गरेका थिए । त्यस्तैगरी लियो क्लव अफ रत्ननगर मिड नेपालका वर्ष २०१७÷१८ का नवनिर्वाचित अध्यक्ष बाबुराम परियारलाई वर्ष २०१६÷१७ का अध्यक्ष उमेश पुरीले पद हस्तान्तरण गरेका थिए । कार्यक्रममा नवनिर्वाचित अध्यक्षहरुले आफ्नो १ वर्षे कार्यकालको कार्ययोजना प्रस्तुत गरेका थिए । सो कार्यक्रममा रत्ननगर पीसको तर्फबाट लायन्स अफ दि इयरको रुपमा अनिल पाठक र रत्ननगर मिड नेपालका किशोर चालिसे लायन्स अफ दि इयरबाट सम्मानित भएका थिए । सो कार्यक्रममा प्रमुख अतिथि रहेका रत्ननगर नगरपालिकाका नगर प्रमुख नारायण वनले लायन्स क्लवले सामाजिक रुपमा पु¥याएको योगदानको चर्चा गर्दै रत्ननगरको विकासको लागि सम्पूर्ण लायन्स क्लवसंग सहकार्य गरेर अगाडि बढ्न आफु तयार रहेको बताए । कार्यक्रमका विशिष्ट अतिथि लायन्स क्लव इन्टरनेशनल ३२५ बी २ का डिक्स्ट्रीक्ट गभर्नर मधुसुदन शर्माले सामाजिक सेवा गर्ने विशुद्ध संस्थाको रुपमा स्थापित लायन्स क्लवको माध्यमबाट विश्वभर समाज परिवर्तनका लागि लायन्स सदस्यहरु लागेको बताउँदै यस वर्ष आफ्नो डिक्स्ट्रीक्टका सम्पूर्ण सदस्यहरुबाट १ दिनमा १ रुपैयाको दरले संकलन गरी सामाजिक काम गर्ने बताए । त्यस्तै प्रत्येक सदस्यको बीमा गर्ने उद्देश्यले समेत नयाँ योजना ल्याएको समेत उनले बताए । कार्यक्रममा रत्ननगर नगरपालिकाका उपप्रमुख बिमला दवाडी, रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मी लगायतले कार्यक्रममा मन्तव्य व्यक्त गरेका थिए । शिक्षाप्रेमी शर्मा सम्मानित


लायन्स क्लवको संयुक्त पदस्थापन तथा स्थापना दिवशको अवसरमा रत्ननगर १३ अमिलियामा रहेको असहाय वृद्ध कल्याण समाजकी अध्यक्ष निरकला शर्मालाई सम्मान गरिएको छ । दार्जिलिङ्गमा जन्मिइ रत्ननगरमा स्थायी रुपमा बसोबास गर्ने शर्माले लामो समय नेपाल उच्च मा.वि. मा अध्यापन गराई जीवनको सम्पूर्ण समय समाजसेवामा समर्पित गरेको भन्दै शर्मालाई प्रमुख अतिथि नारायण वन तथा अतिथिहरुले दोसल्ला, सम्मान पत्र तथा नगदले सम्मान गरेका थिए । असहाय वृद्ध कल्याण समाज स्थापना गरी समाजसेवा गर्दै आउनुभएकी शर्मालाई यस क्षेत्रका सबैले निरकला सिस्टर भनेर सम्बोधन गर्ने समेत गरेका छन् ।

प्रतिक्रिया