सचिब पदका उम्मेदवार बस्नेत भन्छन् – काम गर्न दिनुस गरेर देखाउने छु

इनेप्लिज २०७४ साउन १२ गते ०:१५ मा प्रकाशित

गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरीकाको आसन्न निर्वाचनका लागी प्रकास बस्नेत ले सचिब पदका लागी उमेद्वारी दिएका छन्। केहि दिन अघी उम्मेद्वारी घोषणा गर्दै शनिबार मनोनयन दर्ता गर्नुभएको हो ।

प्रकाश भन्छन्- एनआरएन अमेरिका मा सबल,सृजनशिल, कर्मठ र देश बिदेश बुझेका बिद्वान युबा हरु को खाचो रहेको छ, त्यो खाचो परिपुर्ती गर्नको लागि आफ्नो उमेद्वारी दिएको बताउने प्रकाश, अबको एनआरएनमा पार्दर्शिता, अनुसशान र इमान्दारिता चाहिएको बताउछन्।नेपाल मा बिद्यार्थी काल देखी नै राजनीति मा होमिएका बस्नेत अमेरिका मा समेत त्यो भुत ले नछोडेको बताउछन तर एन आर एन त एक सामाजिक सस्था हो, त्यसैले पनि समाज मा आफ्नो केहि योगदान दिने मन भएको बताउछन ।

आफु बिजयी भएमा यो सबै कुराहरु कार्यन्वन गर्ने बताउछन।बरु त्यस को लागी आफु ले के के गर्न पर्छ, त्यस्को लागी र सम्पुर्ण अमेरिका बासी नेपाली हरु को लागी सहयोग गर्न तयार रहेको बउतानु भयो। मेरो जित भए मा म समाज सेवा मा दिन रात खट्ने छु । एन आर एन लाई बलियो सस्था बनाउन गहन भूमिका खेल्ने छु।

नेपालमा हुँदा देखी नै सामाजिक कार्यमा लागी रहेका प्रकाश , एन आर एन मा आएर समाज सेवा गर्ने चाहना पहिले देखी नै भएको बनाउनु भयो । एन आर एन लगायत सामाजिक कार्यक्रमहरुमा सक्रिय प्रकाश ले आगामी कार्यकालका लागी सचिब पद मा मनोनयन दर्ता गरे पछी आफु लाई बिजयी बनाउन सबै एनआरएन अमेरीकाका सदस्यहरुमा अपिल समेत गर्नुभएको छ । सबै को साथ र ब्यापक समर्थन ले गर्द आफु ले जित्ने कुरा मा प्रकाश ढुक्क छन्।

प्रतिक्रिया