डिना वाङ्देल ,मेरो स्मृति पटलमा

इनेप्लिज २०७४ साउन ११ गते २३:३८ मा प्रकाशित

अमेरिकामा रहेता पनि दक्षिण एसियाको कला तथा संस्कृतिलाई बिश्व सामू चिनाउने चर्चित इतिहासविद डिना वाङ्देल हामी बीच अब रहिनन् l उनले हामीलाई सदा को लागि यो दुनिया छोडेर गएता पनि उनले गरेका असल काम को मुल्यांकन बिश्वले गर्ने छ l उनि मरेर गए पनि उनि अमर रहन्छिन l

उनले कति काम गरेकी छिन् र को हुन् भन्ने यकिन मलाई थिएन l मेरो सौभाग्य थियो कि उनि संग मेरो सन् २०१२ को मे महिना देखि सम्पर्क हुन् पुग्यो l र ४ पटक जति स्वर्गीय डिना वाङ्देल संग मेरो प्रत्यक्ष भेट हुने अवसर मिल्यो l त्यो पनि आफु अमेरिकामा सामजिक संस्था संग आबद्ध भएकोले उनि संग केहि कुराहरु राख्ने मौका पाए l

यसै गरि दुई चार पटक आफुले एक संस्थाको जिम्मेबार पदमा काम गर्ने अवसर पाएकोले बिधुतिय डाक (इमेल )गरे l आफु पनि डीसी महानगर क्षेत्रमा बसोबास गर्ने भएकोले भर्जिनिया कम्मनवेल्थ विश्व बिद्यालय रिचमण्ड (भर्जिनिया को राजधानी )अध्यापन गर्ने भएकोले भेट्ने साईत जुर्यो l

सन् २०१२ टेक्सस ड्यालसमा सम्पन्न एएनए सम्मेलनमा उनीलाई एएनए हिरो २०१२ बाट सम्मानित गर्ने भए पछि उनलाई सम्पर्क गर्ने जिम्मा मेरो पोल्टोमा परेको थियो l दुई चार पटक पत्राचार आदान प्रदान भयो l र एकै चोटी भेटघाट गर्ने तय भयो l सन् २०१२ को एएनए सम्मेलनमा जुलाई ४ को सप्ताहमा उनीलाई सम्मान गरियो l २०१२ टेक्सस ड्यालस मा सम्पन्न एएनए सम्मेलनका संयोजक व्यवसायी पासांग लामा थिए भने तत्कालिन अन्तिरम अध्यक्ष छेवांग शेर्पालामा थिए l अध्यक्ष लामा को हात बाट उनलाई सम्मान गरिएको थियो l एएनए संस्था गरिमामय भएकोले आफुले उक्त सम्मान स्वीकार गरेको बताउनु भएको थियो l डीसी क्षेत्रका साहित्यकार बसन्त श्रेष्ठले पनि वहाको योगदान बारेमा चर्चा गरे पछि सम्मनित हुनु भएको थियो l

उनलाई नेपालको कला र साहित्यका को साथै उनले लेखेका पुस्तक मार्फत बुद्धलाई विश्वमा चिनाउने काम गरेको योगदान प्रति सम्मान गरिएको थियो l सम्मान गर्नु अगाडी स्व डीनाले म संग गुनासो पोखिन l मलाई माथि को आदेश अनुसार आज्ञा पालन गर्दै उनले उद्घाटन कार्यक्रम मै केहि आफ्नो प्रस्तुति देखाउने रहेता पनि उद्घाटन कार्यक्रममा रद्ध गर्नु अवस्था देखिएकोले मैले त्यो कुरा भने l

स्व डिना वाङ्देलले भर्जिनिया बाट आधिकारिक रुप मै बिदा स्वीकृत गराएर टेक्सस पुगी र तयारी भएको अवस्थामा सबै कुराहरु नहुँदा म संग निकै रिसाउनु भयो l आफु त्यसो भए सम्मानमा पनि किन आउनु पर्यो भन्दै मलाई दुखेसो पोख्दै आक्रोस पनि हुनु भयो l तत्कालिन समयमा आफु पनि एएनए संस्थामा स्वयम् सेवक रुपमा पदाधिकारी भएकोले मैले स्व डिना वाङ्गदेल लाई उत्प्रेरणा गरि छाडे l

डिना जी को श्रीमान पनि संगै हुनु हुन्थ्यो l मैले हात जोडेर हाम्रो व्यवस्थापन बाट गल्ति भएको स्वीकार गरे l कारण उदघाटन कार्यक्रममा भए भरका लाई भाषण छाट्नु पर्ने भएकोले उनि जस्ता होनहार चम्किलो ताराको हामीले कुरा सुन्न पाएनौ l अहिले मलाई थकथक लागेको छ l

हामी भाषण र शुभकामना मा ज्यादै समय व्यतित गर्ने हुनाले त्यो मौका बाट बन्चित भयौ l ३ दिन सम्मेलनको क्रममा भेट भै रह्यो र कुराकानी हुँदा आफुले गरेका योगदान र अन्य कुरामा पनि भन्नु भयो l सम्मान लिन गएको डीना लाई भर्जिनिया कम्मनवेल्थ विश्व बिद्यालयले नै ब्यहोरेकोले मलाई खर्चपानी संस्थाले केहि दिनु पर्दैन भन्नु भयो l वहा संग मैले पनि त्यो समयमा नेपाली भाषा बिशुद्ध रुपमा छक्क पनि पर्नु हुदै प्रसंसा पनि गर्नु भएको थियो l वहाको श्रीमान पनि दंग पर्नु भएको थियो l

पुन एक पटक डीसी क्षेत्र को कुनै कार्यक्रममा भौतिक रुपमा भेट हुँदा कतार को चर्चा गर्नु भएको थियो l भर्जिनिया कम्मनवेल्थ युनिभर्सिटी कतारकी कला ईतिहासकी निर्देशक पनि भएकोले केहि कुराहरु सुनाउनु भयो l कतारमा विश्व बिद्यालयमा यति ठुलो भएको र त्यसमा पनि महिला चेली देखे पछि कतार मा रहेका नेपाली दाजुभाई आएर हौशला दिएको भन्नु भएको मलाई अहिले जस्तो लाग्दछ l कतारबासी नागरिकले पनि नेपालीहरु यति ठुलो पदमा पुग्न सक्दछन भन्ने कुरा नसोचेको पनि डिनाले बताउनु भएको थियो l नेपाली समुदायहरु दंग पर्दै हाम्रो तपाई सान हुनु हुन्छ र तपाई हाम्रो गौरव भनि मलाई नेपाली दाजुभाईले भन्नु हुँदा कति आत्मियता लागेको कथा सुनाउनु भएको थियो l

संयोगबस डिना वाङ्देल र म सामाजिक संजाल (मुहार पुस्तिका )मा साथी पनि छौ l चिनेको हुनाले हामी यसरि सम्पर्क पनि हुन् सकेका थियौ l हाम्रो परिचय भएको ५ बर्ष २ महिना मात्र कायम रहन सक्यो l अप्रत्याशित निधनले हामी रोएका छौ l मे महिना २०१२ देखि जुलाई २५ ,२०१७ तारिखमा दुखद समाचारले सवैलाई आश्चर्य बनाई दिएको छ l

डिना वाङ्देल सरल र सामान्य भएकोले वहाका एक शुभ चिन्तकका अनुसार वहाको ईक्षा अनुसार नै व्यक्तिगत दाह संस्कार गर्नु भन्ने भएकोले सम्भवत आफ्ना नजिकका परिवारलाई मात्र संलग्न गराउने पनि हुन् सक्ने छ l एरो नेपाल ट्राबलका संचालक राकेश तुलाधरले केहि हप्ता आफुले डीना बाङ्ग्देल संग अस्पतालमा गएर भेट गरेको स्मरण गर्दै अल्पायुमा निधन भएकोमा कल्पना पनि गर्न सकिदैन भने l

नेवा : अर्गनाइजेसन अफ अमेरिका (एनओए ) का पूर्व अध्यक्ष राम लाल श्रेष्ठले डिना वाङ्देल को स्मरण गर्दै अपुरणीय क्षति भएको बताए l भर्जिनियाको राजधानी रिचमण्डमा बस्ने भएकोले डिसी क्षेत्रमा स्थापित कला र संस्कृति को जगेर्ना गर्ने उद्देश्य बोकेका सँस्था का कार्यक्रम अन्तर्गत नेवा : अर्गनाइजेसन अफ अमेरिका (एनओए ) को १० औ बार्षिक उत्सवमा मेरिल्याण्डमा उनले गरेको योगदानलाई सम्मान गरिएको पूर्व अध्यक्ष राम लाल श्रेष्ठले स्मरण गराए l

स्व डिना लाई एनओए का पूर्व अध्यक्ष राजेश श्रेष्ठको सभापतित्वमा अमेरिकाका लागि नेपाली राजदुत शंकर प्रसाद शर्मा(बिद्या वारिधि )ले सम्मान गर्नु भएको थियो l

 

प्रतिक्रिया