बुधबार, कार्तिक १२ २०७७
काठमाडौं १०:३६
वासिङटन डिसी 00:51

भर्जिनियामा अक्टुबर १४ मा ‘कलीवुड नाईट’ हुने

इनेप्लिज २०७४ साउन ११ गते १८:१५ मा प्रकाशित

वाशिंगटन डिसी-अमेरिकाको भर्जिनियामा आउँदो अक्टुबर १४ तारिखका दिन नेपाली चलचित्रका बहुचर्चित कलाकारहरुको सहभागितामा कलीवुड नाईट नामक एक विशेष साँगितीक कार्यक्रम हुने भएको छ।

राजधानी वाशिंगटन डिसी नजिकै भर्जिनियाको एनाडेल स्थित नोभा कम्युनिटी कलेजको बिशाल थियटरमा आयोजना हुने उक्त कलीवुड नाईटमा नेपाली सिने क्षेत्रका चर्चित कलाकारहरु र स्थानीय बहु प्रतिभाशाली कलाकारहरुको बेजोड प्रस्तुती रहने जानकारी गराइएको छ । कार्यक्रमलाई थप आर्कशक बनाउन विशेष आकर्षणको रुपमा सुपर मम्सहरुले आफ्नो बेजोड प्रस्तुती प्रस्तुत गर्ने छन् । ।

दशैंलाई थप रमाईलो र मनोरञ्जनात्मक बनाउन बिगतमा नेपाली सिने जगतका ख्यातीप्राप्त नायक सरोज खनालको अगुवाईमा यस्तै प्रकारको सांस्कृतिक कार्यक्रम हुने गरेको थियो ।

सरोज खनाल नेपाल फर्किसकेकाले उनका प्रमुख सहयात्री नृत्य निर्देशक नबिन केसी र हाँस्य कलाकार पुस्कर पन्तको संयोजनमा संचालित केसीज् डान्स सेन्टर को पहिलो प्रस्तुतीको रुपमा यो कलीवुड नाईट हुन गईरहेको जानकारी आयोजकले गराएको छ ।

अक्टुबर १४ तारिख शनिबारको दिन डिसी भर्जिनिया म्यारिल्याण्डमा अन्य कुनै कार्यक्रम आयोजना नगरिदिन डिसी भर्जिनिया म्यारिल्याण्ड आसपासका नेपाली संघ संस्थाहरुलाई आयोजक केसीज् डान्स सेन्टर ले अनुरोध गरेको छ।

एउटै मिति र समयमा कार्यक्रमहरु जुध्नाले नेपाली दाजुभाइ तथा दिदीबिहीनीहरु कुन कार्यक्रममा जाने भन्ने विषयमा दुबिधामा पर्ने भएकोले उक्त अक्टुबर १४ तारिखका दिन अरु कार्यक्रम आयोजना नगरिदन आयोजकले अनुरोध गरेको हो । साथै म्यारिल्याण्ड लगायत अमेरिकामा बसोबास गर्नुहुने सबै नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई कार्यक्रममा उपस्थिती जनाएर मनोरञ्जन प्राप्त गर्न आयोजकले अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया