“एनआरएनए फ्रान्सको ग्रीष्मकालीन भ्रमण सम्पन्न”

इनेप्लिज २०७४ साउन ११ गते १४:४७ मा प्रकाशित

एनआरएनए फ्रान्सको आयोजनामा ग्रीष्मकालीन भ्रमण सम्पन्न भएको छ । नेपाल भू–परिवेष्टिक देश भएकोले नेपाली समुदायलाई समुन्द्रको बारे केही ज्ञान अभिवृद्धि र मनोरन्जन गराउने उद्देश्यले संघको स्थापना देखिनै वार्षिक ग्रिष्मकालीन भ्रमणको आयोजना गरिंदै आएको हो ।

उक्त कार्यक्रम अन्र्तगत सामुन्द्रिक भ्रमण पेरिसबाट झण्डै २१० कि मी पश्चिम तर्फ पर्ने plage d’étretat नामक समुन्द्रिक प्लाजको भ्रमण गत २३ जुलाई २०१७ आईतबारको दिन धेरै उत्साह पूर्वकका साथ सम्पन्न भएको एनआरएनए फ्रान्सले जनाएको छ ।

भ्रमणको लागी आयोजक एनआरएनए फ्रान्सले लगभग १८० जनाको लागि तिनवटा आरामदायि ठूला वसको व्यवस्था गरेको थियो । आईतबार विहान ७:३० बजे देखि नै वस छुट्ने स्थान (Fort d’Aubervilliers) एरियामा नेपाली दाजुभाई दिदीबहिनीहरु र बच्चाबच्चीहरूको चहलपहलले यो एरिया नै नेपालीमय भएको थियो । हातमा नेपाली झण्डा, संघको व्यानर र मादल बोकेको दृश्य र वातावरण निकै मनमोहक थियो । निर्दिष्ट समयमा नेपालीहरूले भरिएको तिनवटा बस समुन्द्र तट तर्फ लाग्यो ।

Etretat भन्ने ठाउँ नर्मंदीको मात्र नभई फ्रान्सकै सबैभन्दा आकर्षित तट मा पर्दछ, दुइ ओटा ठुला चट्टानि भूभागहरु (Les falaises d’etretat) विश्व प्रसिद्द छन्, समुन्द्रको बिचमा पानीमाथि तैरिरहेको जस्तो देखिने चुच्चो चट्टान (l’aiguille) तेही बीचमा शान्त तथा प्रकृतिले हराभरा सामुन्द्रिक तट, चट्टान भित्र भित्र को गुफा, पछाडी देखिने हरियाली फाँट, दयातर्फा देखिने Etretat को बस्ति, बाँयातर्फ देखिने बिसाल सामुन्द्रिक तट तथा अगाडी देखिने समुन्द्र (English Channel) मनमोहक प्राकृतिक संगम जो कोहीलाईपनि लोभ्याईरहेको हुन्छ।

सहभागीहरू बीच चिना परिचित गर्ने, नेपाल र फ्रान्सको समसामयिक विषयहरूमा विचार आदान प्रदान गर्ने र लोक दोहोरी, टुक्का गीत, कविता वाचन जस्ता मनोरन्जानात्मक कार्यक्रमहरू पनि यात्राकै दौरानमा वस भित्रै सम्पन्न भयो । समुन्द्र तट नजीक्कै पुगेर लन्च खाए पछि समुन्द्रमा पौडि खेल्ने र लोभलाग्दो दृश्य को अभलोकन गर्ने र आफ्नो क्यामरामा सुन्दर सुन्दर फोटो र भिडियो लिदै सहभागीहरूले मनोरंजन गरे ।

समुन्द्र भ्रमण दल झण्डै १७ (५) बजे पेरिस फर्कनको लागी फेरी वसमा चढ्यो । केहि किमी बाटो पार गरे पछि आयोजककै पूर्वघोषणा अनुरूप नास्ता समेत खाने कार्यक्रम भयो । नास्ता खांदै संघका अध्यक्ष भक्त वाग्लेको सभापतित्व र माहासचिव नरेन्द्र शाहीको उद्दघोषणमा धन्यवादको सानों कार्यक्रम आयोजना भयो ।

उक्त कार्यक्रममा यसै कार्यक्रमका संयोजक कृष्ण पराजुलीले छोटोमा सबैलाई धन्यवाद दिनुभएको थियो भने अध्यक्ष भक्त वाग्लेले सम्पूर्ण सहभागीहरू र कार्यक्रम सफल पार्न विभिन्न सहयोग गर्ने सहयोगी हातहरूको नामहरू उल्लेख गर्र्दै धन्यवाद दिनुभयो । उक्त भ्रमणमा सहभागी हुनेहरूमा संघका प्रमुख संरक्षक हरिहर अर्याल, भूपू कोषाध्यक्ष कृष्ण अधिकारि, फ्रान्सका लागी आईसिसि सदस्य मिनबहादुर जिसि, एनसिसिका वरिष्ट उपाध्यक्ष सुर्वण हमाल, उपाध्यक्ष एकबहादुर मल्ल, महा–सचिव नरेन्द्र शाही, महिला प्रतिनिधि सदस्य गिता थापा, सदस्य अनिता शाक्य, सदस्य चेतभक्त ढुंगाना, सदस्य पार्वती मल्ल, सदस्य आनन्द खनाल लगायत रहेका थिए। त्यसैगरी उक्त भ्रमणमा तमु समाज फ्रान्सका अध्यक्ष अनिता गुरूंग, नेपाली एकता समाजका भुपु अध्यक्ष प्रमोद पाण्डे लगाएतका माहानुभावहरूको उपस्थिती थियो । कार्यक्रम पश्चात पुनः वस चढी ९:३० बजे वेलुकी वस विहान छुटेकै ठाउमा आईपुगेर सबै आ–आफ्नो घर जानेकाम गरिएको थियो । यसरी एनआरएनए फ्रान्सको १ दिने सामुन्द्रिक भ्रमण कार्यक्रम एतिहासिक रुपमा सम्पन्न भएको बताइएको छ ।

प्रतिक्रिया