बिहीबार, कार्तिक १३ २०७७
काठमाडौं १९:४९
वासिङटन डिसी 10:04

मतदाता नामावली दर्ता साउन महिनाभरि

इनेप्लिज २०७४ साउन ११ गते ११:४० मा प्रकाशित

पोखरा, ११ साउन । क्षेत्रीय निर्वाचन कार्यालय पोखराले कास्कीका पाँचवटै स्थानीय तहको फोटोसहितको मतदाता नामावली दर्ता साउन महिनाभरि गर्ने भएको छ ।

साउन १५ गतेसम्म कार्यालयमा र १६ गतेदेखि चार गाउँपालिकाको सदरमुकामबाट नामावली दर्ता गरिने क्षेत्रीय निर्वाचन अधिकारी गंगालाल सुवेदीले जानकारी दिनुभयो । पोखरा–लेखनाथ महानगरपालिकाका ३३ वटै वडाको भने क्षेत्रीय निर्वाचनको कार्यालयबाटै नामावली दर्ता हुनेछ ।

प्रतिक्रिया