बनेपा पुलबजार बर्षातमा जलमग्न।

इनेप्लिज २०७४ साउन ११ गते ८:५२ मा प्रकाशित

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकामा बर्सेनि परेको अबिरल वर्षाका कारण बनेपा जलमग्न हुदै आएको छ । अबिरल वर्षाका कारण बनेपास्थित बसपार्क, पुलबजार, नयाबस्ती, थापागाउ आदि जलमग्न हुदाँ सवारीसाधन तथा स्थानीयबासीले हेरेक बर्ष कठिनाइ सहदै आएका छन।

बर्षायाममा पुन्यमति खोलामा पानीको बहाब बढ्दै जाने भएको कारण र खोला साँगुरो भएका कारण पानीको बहाब बस्तीमा छिर्ने मुख्य समस्याले बर्सेनि खोला आसपासका घरहरु डुबानमा पर्दै आएका छन, गत बर्ष केहि व्यक्तिले ज्यान समेत गुमाएका थिए।

बिशेष गरि पानीको बहाब सडकमै आउदा सडक समेत अवरुद्ध हुने हुँदा काठमाडौँबाट बनेपा आउने र धुलिखेलबाट काठमाडौँ जाने सवारी साधन समेत जाममा पर्ने गरेको छ।

पूलबजारमा हरेक बर्ष बर्षामा गत बर्षको जस्तो द्रिश्य हेर्न लाएक हुन्छ, अरनिको राजमार्ग आवत-जावत गर्ने हरुको लागि यो कुनै नयाँ द्रिश्य वा आस्चर्यको बिषय नहुन सक्छ, अहिले बनेपा नगरपालिकाले स्थानीय सरकार अर्थात जनप्रतिनिधि पाएको छ, आपनो नगरपालिकामा हरेक बर्ष हुने यस्ता प्राकृतिक प्रकोपको रोकथाममा अहिले देखि नै बृहत छलफल गर्न तथा समस्याको अल्पकालीन र दीर्घकालीन रुपमा समाधान खोज्न जनप्रतिनिधिले के कस्ता पहल गरेका छन, तेस्को लेखाजोखा स्थानीयबासिले गर्ने नै छन।

हामीले हेर्न बाकी छ बनेपा नगरपालिकाका जन प्रतिनिधिहरुको अबको यो समस्याको दीर्घकालीन योजना र रणनीति, जनताले चुनेर पठाएका प्रतिनिधिले जनताको समस्यामा के कति चासो राख्छन भनेर, भोलिका दिनमा जनप्रतिनिधि पनि सरकारी कर्मचारी जस्तै भत्ता पचाउने र सरकारी तलब र बजेटमै रम्ने हुन् कि जनताका समस्यालाइ दीर्घकालीन रुपमा समाधानमा लाग्ने हुन।

प्रतिक्रिया