बाल्टिमोर गाईजात्रा कार्यक्रम भव्यताको साथ सम्पन्न

इनेप्लिज २०७४ साउन ११ गते ०:५२ मा प्रकाशित

 

अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा सम्पन्न भएको गाईजात्रा उत्सव भव्यताको साथ सम्पन्न भएको छ l गाईजात्रा फेस्टिवल २०१७ नाम दिइएको उक्त कार्यक्रम गत जुलाई २३ तारिखका दिन आयोजना गरिएको थियो l

डिसी महानगर क्षेत्र वरपर का नेपाली समुदायको उपस्थिति संगै अमेरिकाका लागि नेपाली राजदुत अर्जुन कुमार कार्की (बिद्या वारिधि ) ,महा बाणिज्य दुत प्रेम राजा महत लगायत    तथा अन्य समाजसेवी तथा बिभिन्न पेशाका व्यक्तिहरुको उपस्थितिमा गाइजात्रा कार्यक्रम सम्पन्न भएको छ l

उक्त कार्यक्रममा कलाकारहरुमा प्रहसनका चर्चित कलाकार तथा गायक रतन सुबेदी ,आधुनिक गायक प्रमोद खरेल तथा प्रसिद्ध हास्यव्यंग्य कलाकार सन्दिप छेत्रीको बिशेष प्रस्तुति रहेको थियो l

यसै गरि आधुनिक गीत तथा लोक गीत कि नृत्यांगना यशोदा खालिङ्ग राई तथा कृति ज्ञवाली तथा साथीहरुको बिशेष प्रस्तुति रहेको थियो l यसै गरि अतिथि कलाकारहरुमा कवि हेमन्त श्रेष्ठको गाइजात्रे व्यंग्य कविता ,कलाकार खेम शर्माको माइकल ज्याक्सनको नृत्य तथा अमेरिका बाट आफ्नो कार्यक्रम नुन चिनी पानी कार्यक्रमका प्रस्तोता अर्जुन दाहालले गरेको व्यग्यात्मक प्रस्तुति रोचक तथा मनोरंजनपूर्ण रहेको थियो l गाईजात्रा कार्यक्रममा प्रस्तुत गरिएको प्रधान मन्त्रि शेर बहादुर देउबा बनेका कलाकार सन्दिप छेत्री संग गरिएको अन्तर्वार्ता निकै रोचक रहेको थियो l उक्त अन्तर्वार्ता कलाकार सरोज केसीले लिएका थिए l

लाइन्स क्लब अफ बाल्टिमोर नेप्लिजको निशुल्क स्वास्थ्य शिबिरको सहयोगार्थ गाई जात्रा उत्सव २०१७ को आयोजना गरिएको थियो l आयोजक को तर्फबाट विजय श्रेष्ठले गाइजात्रा गर्नुको उदेस्य बारेमा प्रकाश पर्दै अतिथिहरुलाई स्वागत गरेका थिए l कार्यक्रम पहिलो पटक गरिएको भएता पनि समुदायको ठुलो सहयोग प्राप्त भएको जानकारी आयोजक विजय श्रेष्ठले सवैलाई धन्यवाद दिएका छन् l

प्रवेश शुल्क $ २५ डलर राखिएको छ भने कार्यक्रम सेन्ट पिएस एक्स चर्च बाल्टिमोरमा भएको थियो l कार्यक्रम संचालन संचारकर्मी सरोज केसीले गरेका थिए l

प्रतिक्रिया