सचिब पदमा रोशन अधिकारीको उमेद्वारी

इनेप्लिज २०७४ साउन १० गते १५:३६ मा प्रकाशित

क्यालिफोर्निया, आगामी २०१७-२०१९ को लागि हुन गइरहेको गैर आवासीय नेपाली सघ राष्ट्रिय समन्वय परिषद अमेरिका (NRNA NCC USA) क्यालिफोर्निया स्टेट च्याप्टरको सचिब पदमा सान फ्रान्सिस्को निबासी रोशन अधिकारीले उम्मेद्वारी दिएका छन् । नेपाल हुदा होस् या अमेरिका आएपछि समाज सेबा गर्दा खुशी हुने अधिकारीले हामी सबैको एकतामा नै सबैको बलहुन्छ, सबै मिले जे पनि गर्न सकिन्छ, राम्रोलाई भन्दा हाम्रोलाई अगाडी बढाउने र जे काम पनि अन्योलमा पार्ने सिस्टम को विरुद्ध आफ्नो लडाई भएको र यो प्रथा हटाउनको लागि नै उमेदवारी दिएको कुरा अधिकारीले जानकारी गराउनु भयो।

आफ्नो जन्मभूमि छोडेर कर्मभुमि आएपछि सबैको प्रमुख सम्स्या भनेको नै सम्पर्क, सामान्य जीवन, काम र समाजलाई सिक्ने कुराहरु हुन्। बस्दै आएका ब्यक्तिहरु मात्र होइन नयाँ जेनेरेशनहरुलाई करियर गाइड, समाजको समग्र बिषय बस्तु उठाउनु, इमिग्रेशनका सल्लाह, सुचना केन्द्र जस्ता कुरा नै तत्कालका गर्नु पर्ने काम हुन र आफु तिनै सामान्य काम गर्नको लागि प्रयास गर्न उम्मेदवार भएको कुरा अधिकारी बताउनुहुन्छ।

सर्वप्रथम त क्यालिफोर्नियाबासी हामी नेपाली कति छौं त्यो कलेक्सन गर्नु जरुरि छ। त्यसपछि उनीहरुको लागि के कस्ता कार्यक्रम गर्न सकिन्छ तेस्को लागि केन्द्र लेबल देखि नै पहल गरी नेपालीहरुको सबै धर्म, सस्कृति, भाषा बचाउनको लागि बर्षमा एक पल्ट भब्य रुपमा कार्यक्रम आयोजना हुनेछ।
क्यालिफोर्निया बसाइको क्रममा प्रतक्ष्य अनि अप्रतक्ष्य रुपमा नेपाली समाजको लागि काम गरेका अधिकारीले आफ्नो क्षमताले सके सम्म अझै शषक्त रुपमा निस्वार्थ भावनाका साथ काम गर्ने अठोट लिई मतदाताहरुको माझमा आएको कुरा अबगत गराउनुभयो।

कुराकानीको क्रममा आफु बोलेर भन्दा काममा विश्वास गर्ने व्यक्ति भएकोले आफुले अहिले के के गर्छु भनेर एजेणडा लिस्ट गर्नु भन्दा सामान्य काम गरेर देखाउने प्रयास गर्नु नै सहि हुन्छ। मलाई आशा र भरोशा छ मलाई हजुरहरुले आफ्नो अमुल्य मत दिएर अत्याधिक मतले जिताउनु हुनेछ अधिकारीले अनुरोध गर्नभयो।

प्रतिक्रिया