सोमबार, कार्तिक १० २०७७
काठमाडौं १२:००
वासिङटन डिसी 02:15

ओबोरबाट नेपालको आर्थिक विकासमा महत्वपूर्ण योगदान हुन्छ : नेता खनाल

इनेप्लिज २०७४ साउन १० गते १५:१७ मा प्रकाशित

काठमाडौँ, १० साउन । पूर्वप्रधानमन्त्री झलनाथ खनालले चीनको एक पेटी एक मार्ग ९ओबोर० अवधारणाबाट नेपालको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभएको छ ।

नेपाल–चीन मैत्री समाजले आज आयोजना गरेको चीनको ‘एक पेटी एक मार्ग ९ओबोर० बाट नेपालको आर्थिक विकासमा योगदान’ विषयका कार्यक्रममा उहाँले उक्त अवधारणाले नेपालको बहुआयामिक क्षेत्रमा योगदान पुग्ने बताउनुभयो ।

नेकपा ९एमाले०का वरिष्ठ नेतासमेत रहनुभएका खनालले भन्नुभयो, “विश्वका ६० भन्दा बढी मुलुक, विश्वका ६४ प्रतिशत जनसङ्ख्या र विश्वको ४० प्रतिशत अर्थतन्त्र यस अवधारणामा लगानी हँदैछ, यो अत्यन्तै महत्वपूर्ण छ ।”

यो अवधारणाले नेपाल–चीनबीचको सम्बन्ध सुदृढ बनाउनुका साथै नेपालको रेल, सडकलगायत समग्र विकासमा सहयोग पुग्ने राम्रो अवसर भएको उहाँले बताउनुभयो । नेता खनालले सो अवधारणाबाट दुई देशको आर्थिक, सामाजिक र सांस्कृतिक विस्तारमा वृद्धि भई मुलुकको समृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

नेकपा ९एमाले०का नेता तथा परराष्ट्रविद् डा राजन भट्टराईले ओबोरबाट नेपालले आन्तरिक सञ्जाल विस्तार, पर्यटन विकास, कृषि उद्योगको विकास, सूचना प्रविधि, जलविद्युत् विकासमा मद्दत पुग्ने बताउनुभयो ।

परराष्ट्र मन्त्रालयका उपसचिव दधि भण्डारीले ओबोरसम्बन्धी अवधारणामा नेपालतर्फबाट औपचारिक रुपमा हस्ताक्षर नै भइसकेको उल्लेख गर्दै यसले नेपालको समग्र विकास ठूलो भूमिका पुग्ने उल्लेख गर्नुभयो ।

नेपालस्थित चिनियाँ दूतावासका राजनीतिक शाखाका प्रमुख वाङ जियलोङले चीनको एक पेटी एक रोड अवधारणाले नेपालको समृद्धि र विकासमा योगदान पु¥याउनुका साथै दुई देशबीचका सम्बन्धसमेत प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो ।

त्रिभुवन विश्वविद्यालयका प्रा रमेश सिलवालले आर्थिक सञ्जाल विस्तार भई ओबोरबाट देशको शैक्षिक क्षेत्रको पनि राम्रो विकास गर्न सकिने बताउनुभयो ।

चीनका लागि नेपाली पूर्वराजदूत महेश मास्केले नेपालको पर्यटन, सडक, रेलमार्ग विकासका लागि ओबोर नेपालका लागि महत्वपूर्ण भएको र यसले दुई देशका सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो ।

समाजका अध्यक्ष एवम् पूर्वमन्त्री आनन्दप्रसाद पोखरेलले ओबोरको अवधारणाले नेपालको भौतिक तथा सांस्कृतिक विकास हुने र यो अवधारणाले नेपालको समग्र आर्थिक विकास र समृद्धिमा सहयोग पुग्ने विश्वासले कार्यक्रमको आयोजना गरेको जानकारी दिनुभयो ।

प्रतिक्रिया