प्रवासी नेपाली मंच स्विट्जरल्याण्डको दोश्रो अधिबेशन सम्पन्न

इनेप्लिज २०७४ साउन १० गते १३:५७ मा प्रकाशित

प्रवासी नेपाली मंच स्विटजरल्याण्ड्को दोश्रो अधिबेशन हिजो स्विट्जरल्याण्डको कुट्नितिक सहर जेनेभामा सम्पन्न भएको छ । नेकपा एमालेका सचिव तथा प्रचार बिभाग प्रमुख योगेश भट्टराइको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिबेशनमा स्विटजरल्याण्ड स्थित विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

अधिबेशनको उद्घाटन प्रमुख अतिथि योगेश भट्टराइले गर्नु भएको थियो भने अतिथिहरुमा प्रवासी नेपाली मंच बेलायतका उपाध्यक्ष कुमार केसी,भू पु अध्यक्ष रामसरण सिमखडा , क्षेत्रीय संयोजक प्रतिमा केसी लगाएत स्विस स्थित विभिन्न संघ संस्थाका प्रतिनिधिहरुलाई आशन ग्रहण गराइएको थियो ।

20264952 157147444854626 2902572911046437082 nprabashi-nepali-manch-swiss-11

कार्यक्रम सफलताको कामना गर्दै उपस्थित अतिथिहरुले स्विसमा भएका सम्पूर्ण संघ संस्थाहरु स्थानीय मुद्दामा एकजुट हुनु जरुरि भएको बताउदै सहकार्यमा जोड दिएका थिए । प्रमुख अथिति भट्टराईले प्रवासी नेपालीहरुलाई नेपालमा लगानी गर्न आब्वान गर्दै दोहोरो नागरिकताको माग नगर्न आग्रह गर्नु भयो । त्यस्तै उहाले दुताबासलाइ स्थानिय संघ सस्थासँग सहकार्य गरेर अगाडी बढ्न आग्रह गर्दै आफ्ना नागरिक लाइ सहयोग र सहकार्य नगर्ने दुताबास र कर्मचारी लाइ स्वदेश फर्कन चुनौती दिनु भयको थियो ।

20428489 10210276306008644 1076965314 n

प्रवासी मंच स्विटजरल्याण्डको गठन संगै दुइ चिरामा बिभाजन भइ तदर्थ समिती गठन गरेको भुमी गुरुङ पक्षधर पनि अधिवेशनमा सहभागी भएको छ भने सबैलाई समेटेर नयां समिती गठन गरिएको छ । यस अर्थमा यो अधिबेशनलाइ एकताको अधिबेशन पनि भन्न सकिन्छ । अधिबेशनले पुन संजय मुडभरीको अध्यक्षतामा केहि सदस्य पछि थप्ने गरि तत्कालको लागि ११ सदस्यीय समिति सर्बसम्मतिमा गठन गरेको छ ।

अध्यक्ष: संजय मुडभरी,
बरिष्ठ उपाध्यक्ष: श्रबण केसी, उपाध्यक्ष क्रमस दिर्घसिरिस मगर र बलराम बिक,
महासचिब : बिक्रम केसी,
सचिब : जिबन भट्टराई,
कोषाध्यक्ष : अशोक पाण्डे
सदस्यहरुमा क्रमस, प्रविन थापा,सन्तोष राइ,बिदुर संग्रौला, र

युरोप प्रतिनिधि : सुबास पोखरेल

प्रतिक्रिया