“विद्यमान चुनौतीका वावजुद पनि नेपालमा लगानीका प्रयासहरु हुदै नभएको भने होइन ।”

इनेप्लिज २०७४ साउन ९ गते १४:३१ मा प्रकाशित

एनआरएनए आमेरिकाका स्टेप कमिटीका संयोजक एवं महासचिवका उम्मेदवार सुर्य लम्सालले दोहोरो कर प्रणाली खारेज भइ व्यापार सम्झौता नभएसम्म अमेरिकाबाट नेपालमा लगानी बढाउन गाह्रो हुने बताएका छन् ।

एनआरएनए अमेरिकाको वर्तमान कार्यसमितिका सदस्य तथा विज्ञान प्रविधि र अर्थनीति सम्बन्धी समिति (स्टेप)का संयोजक समेत रहेका लम्सालले आफ्रनो समितिले दोहोरो कर प्रणाली हटाउनको लागी नेपाल सरकार अर्थ मन्त्रालय, नेपालस्थित अमेरिकी दुतावास र अमेरिकास्थित नेपाली दुतावास मार्फत पहल गरेको भएता पनि अवश्यक नतीजा निस्कन नसकेको जानकारि दिए । “मुनाफाको कर दुबैदेशमा तिर्नुपर्न प्रवधान खारेज नहुन्जेल लगानी बढ्ने अवस्था छैन ।” नेपालमा अमेरिकी एनआरएनको लगानी र विकास सम्बन्धमा द हफपोष्टका लागी पत्रकार किरण मरहठ्ठासंग कुरा गर्दै लम्सालले भने । न्यूयोर्क युनीभर्सीटीका प्राध्यापक समेत रहेका लम्सालले एनआरएन मार्फत नेपालमा लगानी भीत्राउन विभिन्न समुहले प्रयास गरिरहेको भएता पनि दोहोरो कर प्रणालीका कारण ठुला लगानीकर्ताहरु हच्किएको जानकारि दिए । हालको विद्यमान कानुन अनुसार नेपालमा लगानी गर्ने अमेरिकी लगानीकर्ताले लगानीबाट प्राप्त मुनाफाको कर नेपाल र अमेरिका दुबै देशमा तिर्नुपर्ने प्रावधान छ । लम्सालले भारतमा हालैका बर्षहरुमा बढ्दो अमेरिकी लगानीको उदाहरण दिदै भने “ दोहोरो कर प्रणाली हट्ने र व्यापार सम्झौता हुने हो भने नेपालमा पनि लगानीको खाचोँ हुदैन । े भारतमा नेपालमा जस्तो दोहोरो कर प्रणाली छैन । अमेरिका र भारतविच व्यापार सम्झौता पनि छ जसले गर्दा दुइदेशको व्यापारमा तिब्र बृदि भएको छ । “विद्यमान चुनौतीका वावजुद पनि नेपालमा लगानीका प्रयासहरु हुदै नभएको भने होइन ।” उनले भने । न्यूयोर्क उर्जा प्राधिकरणमा विगत ११ बर्षदेखि बरिष्ठ इन्जिनीयरका रुपमा कार्यरत लम्सालले नेपालको विकासको सबैभन्दा उपयुक्त श्रोत जलविधुत रहेको समेत बताए । लम्साल सहितको समुहले ५बर्षअघि १८० मेघावाटको आधिँखोला हाइड्रोपावर शुरु गर्न एक्जिम बैकंमार्फत लगानी स्विकृत गराइ नेपाल सरकारसंग निर्माण अनुमती मागेको थियो तर विभिन्न प्रशासनीक तथा राजनीतिक झमेलाका कारण त्यो परियोजना त्यतिकै तुहियो । हाइड्रोपावर निर्माण तथा सिभिल कन्सट्रक्सनमा गहिरो अनुभव बटुलेका लम्सालले नेपालको तिव्र भौतिक विकासको लागी सामुहिक लगानीको धारणमा जानुपर्ने पनि बताए । “पहिलो पुस्ताका एनआरएनहरुले एक्लै विशाल संरचना निर्माण गर्ने पुजीँ अभाव हुन सक्छ त्यसैले एनआरएनएले सामाुहिक लगानीको धारण अगाडि सारेको हो ।” आगामी कार्यकालका लागी महासचिवका उम्मेदवार बनेका लम्साल गैरआवासिय नेपाली मार्फत नेपालको आर्थीक सामाजीक विकासमा ठुलो योगदान दिन सकीने बताउछन् । एनआरएनएको बोर्डमा उनले आर्थीक समिति र जनगणना समितिका सदस्यको रुपमा महत्वपुर्ण भूमीका खेलेका थिए ।

न्यूयोर्कका विशाल अग्ला भवन र अमेरिकाका प्रख्यात फुटबल स्टेडियमहरुको स्ट्रक्चरल डिजाइन गरेका लम्साल कोरियामा सम्पन्न सन् २००२ को विश्वकप फुटबलको स्टेडियम डिजाइनमा अमेरिकी इन्जीनीयर्सको टोलीका सदस्य थिए,उनको टोलीले उत्कृष्ट डिजाइनरको अवार्ड समेत पाएको थियो । सन् १९९६ मा इन्जिीनीयरीगं अध्ययानको लागी अमेरिका आएका लम्साल अमेरिकन सोसाइटि अफ सिभिल तथा स्ट्रक्चरल इन्जिनीयरस्को बरिष्ठ सदस्य समेत हुन । विकासविज्ञको रुपमा ख्यातीप्राप्त लम्साल सहरी भौतिकपुर्वाधार प्रणालीको बारेमा न्यूयोर्क यूनीभर्सीटिमा पिएचडी गरिरहेका छन् । उनी नेपालको भौतिक पुर्वाधार विकासको अवधारणामै त्रुटी देख्छन् । “प्राकृतीक सम्पदा र संवेदनशीलताको संरक्षण विकासको पहिलो सर्त हो तर हामीले तत्कालीक सहजतालाइ मात्र महत्व दियौँ ।” उनी भन्छन् । “हतारमा बजेट खर्चीन र कम्तिमा एकसय बर्ष पछिको अवस्थाको आंकलन नगरि निर्माण हुने भौतीक पुर्वाधारले दिगो विकास सम्भव छैन ।”

एकता र समृद्धिको नारा सहित एनआरएनए अमेरिकाको महासचिवको उम्मेदवार बनेका लम्सालले आफ्नो चार बुँदे एजेन्डा अधिसारेका छन् । जसमा सदस्यता वितरणलाइ पारदर्शी बनाइ नयाँपुस्तालाइ एनआरएनएमा ल्याउन विशेष योजना बनाउने, एनआरएन परिचय पत्र प्रभावकारिढंगले लागु गर्ने, राज्य च्याप्टरहरुको कार्यसम्पादनलाइ स्वतन्त्र र उपयोगी बनाउने नीति निर्माण गर्ने र अन्य नेपाली संघसंस्थाहरुसंगको सहकार्यको लागी पहल गर्ने तथा अमेरिकाको मुलधारमा नेपालीलाइ समाहित गर्न पहल गर्ने रहेका छन् । “परिणममुखि सचिवालय र शक्तिशाली एनआरएनए निर्माणमा खटिने छु ।” लम्सालले भने ।

 

प्रतिक्रिया