शुक्रबार, कार्तिक ७ २०७७
काठमाडौं ०५:११
वासिङटन डिसी 19:26

एभरेष्ट आईडलको पहिलो अडिसन राउण्ड आशफोर्डमा सम्पन्न ।

इनेप्लिज २०७४ साउन ९ गते ८:३४ मा प्रकाशित

गत २३ जुलाई २०१७ को दिन बेलायतको केन्ट आशफोर्डमा “एभरेष्ट ईन्टरटैनमेन्ट एण्ड मेडिया हब लिमिटेड यूके” (ई–मेडिया हब) द्धारा आयोजित पहिलो “एभरेष्ट आईडल यू के” को पहिलो अडिसन राउण्ड सम्पन्न भएको छ ।

गएको केहि महिना अगाडी मात्रै ई–मेडिया हबले आयोजना गरेको भब्य सफल साङ्गेतिक कार्यक्रम “एभरेष्ट म्युजिकल ब्लाष्ट” पछिको यस एभरेष्ट आईडल २०१७ लाई बेलायतको आशफोर्ड केन्टबाट अडिसन राउण्ड सुरु गरिएको हो । यस कार्यक्रमका लागी हेड अफ प्रोजेक्ट किसन राई रहेका छन, वहा यस कम्पनीको चिफ ईन्टरट्रेटमेन्ट डाईरेक्टर पनि हुन । अत्याधिक सहभागीहरुको सहभागिता रहेको यस पहिलो अडिसन राउण्डमा उत्साहित सहभागिहरुले उत्कृस्ट प्रस्तुति दिदै निर्णायक मण्डलहरुको मन जितेर २७ जना दोस्रो राउण्डको लागी प्रबेशपत्र पाउन सफल भए ।

“एभरेष्ट मेडिया हब लिमिटेड यूके”को यस ऐतिहासिक कार्यक्रमको निर्णायक मण्डलमा क्रमशः सर्मिला बर्देवा, सितु खरेल, बि सी राई र सेलिब्रेटी गेष्टमा रेवत राई रहनु भएको थियो । निर्धारित समयमै कार्यक्रम सुरु भएतापनि सोचे भन्दा धेरै सहभागिहरुको चापले गर्दा दुई घण्टा समय थप्नु परेको थियो । यस अडिसन पश्चात बेलायतको अन्य ठाँउहरुमा अडिसन लिएपछि सेमि फाईनल सेप्टेम्बर ९ तारीखको दिन आशफोर्डमा गरिने र “एभरेष्ट आईडल यू के” को फाईनल आउदो अक्टुबर २८ तारिखको दिन अल्डरसटको ईम्पायर हलमा गरिने आयोजक टिमले जानकारी दिएका छन ।

दिउसोको ३ बजे सुरु भएर साँझको १० बजेसम्म चलेको यस कार्यक्रमलाई नबराज राई र मिस यूके नेपाल २०१४ कि नेहा देवानले सँयुक्त रुपमा सञ्चालन गरेका थिए ।

प्रतिक्रिया