कोलोराडोको इरी क्षेत्रमा बस्ने नेपालीहरुको बनभोजको सम्पन्न

इनेप्लिज २०७४ साउन ९ गते १:३९ मा प्रकाशित

२२ जुलाई , कोलोराडोको इरी क्षेत्रमा बस्ने नेपालीहरुले आज शनिबारका दिन बनभोजको आयोजना गरी रमाइलो गरे l २५ परिवारहरुको सहभागीतामा करिब १०० जना जतिको उपस्थित रहेको उक्त बनभोज कार्यक्रम स्थानीयलि-हाई पार्कमा आयोजना गरिएको थियो l

परिचयत्मक कार्यक्रममा सबैले आ- आफ्नो परिचय दिनु को सथै यस्तो कार्यक्रमलाई निरन्तरता दिनु पर्नेमा जोड दिएका थिए l सकृय रुपमा कार्यक्रम् लाइ सफल बनाउनु हुने इरीबासी भुवन श्रेष्ठ,महेश भेटवाल, समीर आचार्य,महेश श्रेष्ठ र टीका पौडेल लाइ धन्यबाद दिएका थिए। समीर आचार्यले सहभागी सबैलाई स्वागत गर्नु भएको थियो।

मिलिजुलि खानाको ब्यबस्था गरिएको उक्त बनभोजमा बिभिन्न प्रकारका नेपाली खानेकुराहरुको परिकार थियो l बर्सेनि आयोजना गरिने उक्त बनभोजकार्यलाई आउँदा बर्षहरुमा निरन्तरता दिने कुरामा सबैले जोड दिएका थिए l

केटाकेटीहरुले बिभिन्न खेलहरु खेलेर रमाइलो गरी बिताए भने बुबाआमाहरुले पनि एक अर्कामा परिचयत्मक कार्यक्रम गर्नुका साथै सामुहिक फोटो खिचाउने कार्य गरेका थिए |डोरी तान्ने, म्युजिकल चेयर, कफाइट जस्ता खेलहरु खेलियएको उक्त कर्यक्रममा नाच गान पनि भएको थियो। बिहान १० बजेबाट शुरु भएको उक्त बनभोज कार्यक्रम ६ बजे बेलुका सम्म चलेको थियो l

 

प्रतिक्रिया