मंगलबार, कार्तिक ११ २०७७
काठमाडौं २०:३६
वासिङटन डिसी 10:51

ममताले नाकाबन्दी लगाएपछि दर्जिलिङका नागरिकहरूलाई नेपालको नुत तेल

इनेप्लिज २०७४ साउन ८ गते ८:०४ मा प्रकाशित

इलाम, ८ साउन । बजार ठप्प छ । तैपनि बिहानदेखि बेलुकैसम्म भारतीय ग्राहकको भीड घट्दैन । खाद्य पसलेलाई नुन तेलदेखि दाल चामलसम्म बेच्न भ्याइ नभ्याइ छ ।

पिठ्युँमा, घोडामा र निजी सवारी साधनमा चामल, चिउरा, चाउचाउ र तेलका पोका देखिन्छन् । मूल सडकभन्दा वरपरका कच्ची सडकमा यो भीड अझ बढी देखिन्छ । नागरिक दैनिकले समाचार छापेको छ । भारतको पश्चिम बंगालमा चलिरहेको आन्दोलनको सोझो असर पशुपतिनगर बजार परेको छ ।

अन्य सबैजसो पसल बन्द छन् । तर, खाद्यान्न पसलमा भने जति बेलै भरिभराउ ग्राहक हुन्छन् ।बिहान बेलुका चाहिने खाद्यान्न लिन भारतीय नागरिक दिनहुँ पशुपतिगर आइरहेका छन् । आमहडतालका कारण गाडी नचल्ने भएकाले भाारतीय ग्राहक घण्टौ धाएर पशुपतिनगरबाट खाद्यान्न ओसारीरहेका छन् ।

प्रतिक्रिया