मंगलबार, कार्तिक ११ २०७७
काठमाडौं ००:०५
वासिङटन डिसी 14:20

जुलाई २३ आईतबार समुन्द्रको किनारबाट डिसीनेपाल र ईनेप्लीजले प्रत्यक्ष प्रशारण गर्ने

इनेप्लिज २०७४ साउन ८ गते २:०२ मा प्रकाशित

ईनेप्लीज सम्बाददाता

२२ जुलाई, वाशिंगटन डिसी – यही जुलाई २३ तारिख आईतबार दिउँसो अमेरिकाको सामुद्रिक तट मा
अवस्थित भर्जिनियाको बडो मनोरम ठाउँ लेज्लीभानिया स्टेट पार्कबाट भानु जयन्ती कार्यक्रमको डिसीनेपाल र
ईनेप्लीजले प्रत्यक्ष प्रशारण गर्ने भएको छ।

संसारका ७४ राष्ट्रमा शाखाहरु भएको अन्तरास्ट्रिय नेपाली साहित्य समाजको आयोजनामा संस्थाको बार्षिक साधारण शभा, नदीको किनारमा कबिता बाचन, भलिबल प्रतियोगिता,चिकन बार बि क्यु सहितको बनभोज, गित संगीत, नाचगान जस्ता रमाईला कार्यक्रमहरुको  प्रत्यक्ष प्रशारण गरिने भएको छ।

ईनेप्लीज र डिसीनेपाललाई लाईक गरेका संसारभरका २९,९१,५७८.०० जना ( करिब तिस लाख ? ) नेपालीहरु समक्ष लाईभ प्रत्यक्ष प्रशारण गरिने यस कार्यक्रमको अमेरिकाका लागी महामहिम नेपाली राजदुत डा. अर्जुन कुमार कार्कीले ऊद् घाटन गर्नु हुने कुरा  अध्यक्ष पदम बिश्वोकर्माले बताए।

प्रमुख अतिथी राजदुत डा. अर्जुन कुमार कार्की अती व्यस्तताको कारणले सिर्फ एक घन्टाको लागी मात्रै आऊँने र ऊद् घाटन गरेर हिंडीहाल्ने कुरा अध्यक्ष बिश्वोकर्माले बताए। भानु जयन्ती कार्यक्रमको लागी फ्रोंन्टायर एअरलाईन्सको यात्रा गर्दै कोलोराडोबाटअध्यक्ष पदम बिश्वोकर्मा भर्जिनिया आईसकेका छन्। महासचिब गोबर्धन पुजा पनी हवाई यात्रा गर्दै आईतबार बिहानै बोस्टन देखी भर्जिनिया आईपुग्ने र कोषाध्यक्ष शान्तिराम ढकाल पनी क्यालिफोर्निया देखी ७ घण्टाको हवाई यात्रा गर्दै भर्जिनिया आईपुग्दै छन्।

प्रवेश शुल्क नलाग्ने यस निशुल्क कार्यक्रम हुने ठेगाना यस प्रकार छ :
2001 Daniel K Ludwig Drive, Woodbridge, VA 22191
LEESYLVANIA STATE PARK

प्रतिक्रिया