बुधबार, कार्तिक १२ २०७७
काठमाडौं ०५:५८
वासिङटन डिसी 20:13

कानुनी वैधानिकताको पाटोमा गौरी जोशीको उम्मेद्वारी

इनेप्लिज २०७४ साउन ७ गते २०:२५ मा प्रकाशित

 

बाल्टिमोर,अमेरिका,जुलाई २२ | एनआरएन अमेरिकाको आसन्न निर्वाचनका एक सशक्त मानिएका प्रत्यासी गौरी जोशीको नाम उम्मेदवार सूचीबाट हटाईएपछि चर्केको विवाद अझ विकराल बन्दै गएको छ | अमेरिकामा रहेका एनआरएनक

सदस्य,शुभेच्छुक मात्र होइन,यसका स्टेक होल्डर समेत यस विषयका बारे बहसमा उत्रिएका छन् | यसैबीच अध्यक्षका प्रत्यासी जोशीले आफ्नो उम्मेदवारी सार्वजनिक नभएपछि एनआरएन अमेरिकाको न्यायिक समिति समक्ष न्यायका लागि निवेदन दिएका छन् | न्यायिक समितिले सम्भवत: भोलीसम्म यस बारे निर्णय दिनसक्ने बुझिएको छ |

आखिर गौरी जोशी प्रति निर्वाचन आयोग किन यति धेरै पूर्वाग्रही बन्यो त ? यस बारे निर्वाचन प्रमूख बन्दिता शर्मा दाहालले हामीसंगको कुराकानीमा पटक पटक आफुहरु कसैप्रति पूर्वाग्रही नहुने जिकिर गरेकी थिइन् | तर जुलाई १७ मा एनआरएन आइसीसीका उत्तर अमेरिका क्षेत्रीय संयोजक सोनाम लामाले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर आयोगलाई हस्तक्षेप हुने गरी पत्राचार गर्नु र जोशीको उम्मेद्वारीलाई प्रारम्भिक सूचीबाटै हटाइनु के संयोग मात्र होला त ? एक कानुनी जानकारका एनआरएन सदस्यले भने,-‘यसलाई संयोग मात्र भन्न मिल्दैन | यो आफैंमा बदनियतपूर्ण र षडयन्त्रमूलक देखिन्छ | कसैको पनि नैसर्गिक अधिकारमा निर्वाचन आयोगका नामबाट यस्तो कार्य हुनु,गरिनु कानुनसम्मत हुँदै होइन,मनोनयन दाखिला गरेका सबैको नाम सार्वजनिक गरेर प्रमाण नपुगेको हकमा दावी,विरोध गर्ने र मनोनयन फिर्ता लिने समयसीमा अनुसार प्रमाण पेश गर्न अवसर दिनुपर्थ्यो |’

अब के हुन्छ ?

एनआरएन अमेरिकाको पहिलो र दोश्रो कार्यकालका लागि निर्वाचन प्रमूख भएर जिम्मेवारी पुरा गरिसकेका अधिवक्ता विनोद रोका प्राविधिक विषयलाई आधार बनाएर कुनै पनि उम्मेदवारको उम्मेद्वारी सूची सार्वजनिक नगरिनु उचित नहुने बताउनुहुन्छ | ‘हामीले प्राविधिक पक्षलाई होइन,कानुनी विषयलाई हेरेर निर्णय गर्नुपर्छ,मैले पनि खगेन्द्र जीसीजी र डाक्टर केशव पौडेलको कार्यकालका लागि चुनाव गराउने क्रममा धेरै त्यस्ता तीतामीठा अनुभव गरेको छु, तर हामीले तटस्थ भएर एनआरएन एनसीसी अमेरिका र अमेरिकी भूमिको कानुन अनुसार काम,कारवाही गर्नुपर्छ | हामीले चुनाव गराउदै गर्दा पनि यो विषय निकै जटिल बनेको थियो | आइसीसी सदस्यका लागि भने कुनै पनि एनसीसीमा एक कार्यकाल काम गरेको हुनुपर्ने भन्ने हो | हामीलाई यस विषयमा आइसीसीको न्यायिक समितिले समेत आइसीसी सदस्यका लागि आइसीसीकै विधान लागु हुने राय दिएको थियो | अमेरिकी भूमिमा विधिवत दर्ता भएको संस्था सोही देशको कानुन अनुसार चल्नुपर्छ र जुन विधान यहाँ दर्ता छ सोही अनुसार चुनाव हुनुपर्छ | हामीले एनआरएन अमेरिकाको न्यायिक समिति समक्ष यसका लागि अन्तिम राय माग्यौं | त्यो बेला पनि अहिलेकै न्यायिक समिति थियो | उहाँहरुले अमेरिकी भूमिमा विधिवत दर्ता भएको संस्था यही देशको विधि,विधान र कानुन अनुसार चल्ने,संचालित हुने भन्ने निर्णय दिएपछि यसको विवाद निरुपण भएको थियो | तसर्थ एनसीसीको हकमा न्यायिक समितिले दुई वर्ष पहिले नै विवाद निरुपण गरिसकेको छ | एनआरएन एनसीसीको मौजुदा विधानमा पनि दुई वर्ष अमेरिका बसेको र दुई वर्षदेखि साधारण सदस्य रहेको,ग्रीनकार्ड वा नागरिकता (कानुनी वैधानिकता प्राप्त गरेर बसेको सदस्य) भएको कुनै पनि सदस्य कुनै पनि पदका लागि प्रत्यासी बन्न पाउँछ | यो सबै तथ्य र नजीरलाई हेर्दा कसैको पनि उम्मेद्वारी प्राविधिक समस्याका कारण सार्वजनिक नगरिनु न्यायोचित देखिन्न | यद्यपि यसका अन्य विषयका बारे म त्यति जानकार छैन | सदस्यताकै र कार्यकालकै विषयमा कुरा गर्दा हिजो खगेन्द्रजी र डाक्टर पौडेलले पनि एक कार्यकाल कार्य समितिमा रहेर काम गरेको प्रमाण थिएन नि | तसर्थ अहिले यो विषय यति धेरै विवादित बनाउनुपर्ने औचित्य छैन भन्ने मलाई लाग्छ | मेरो कानुनी अनुभवले के भन्छ भने अमेरिकी भूमिमा अमेरिकी कानुन नै कार्यान्वयन हुन्छ | कसैको पनि उम्मेद्वारी एनसीसीको विधान अनुसार मात्र खारेज र कायम हुन सक्छ | यस बाहेक अन्य विधानका आधारमा खारेज र कायम गर्ने गर्ने कुरा बैधानिक हुँदै होइन,हुँदैन |

आजै आइसीसीले जोशीको उम्मेदवारी कायम रहने भन्दै निर्वाचन आयोगलाई पत्राचार गरेको पनि बुझिएको छ | तर यसमा आइसीसीको विधान र पत्र आवश्यक छैन,थिएन | यहाँ चुनाव लड्नेको योग्यता यहाँको विधानले निर्धारण गर्ने हो | एनआरएन अमेरिकाको मौजुदा विधान यसका लागि प्रष्ट छ | मौजुदा विधानको दफा १२८ मा आइसीसी सदस्यका लागि आइसीसीको विधान र गाइडलाइन लागू हुने उल्लेख छ | जुन दफामा एनसीसीका लागि एक कार्यकाल काम गरेको हुनुपर्ने भनेकै छैन भने १२७ मा निर्वाचन आयोगले यही विधान अनुसार एनसीसीको चुनाव गराउनेछ उल्लेख छ | तसर्थ यो विषयलाई यति धेरै बहसको विषय बनाउनु आवश्यक थिएन | तर यो विषय फेरि एकपटक एनसीसीको न्यायिक समिति समक्ष पुगिसकेकोले अब न्यायिक समितिले निर्णय गर्नैपर्छ र हामी सबैलाई सूचित गर्नेगरी आधिकारिक धारणा ल्याउनुपर्छ | आशा छ,न्यायिक समितिले दुई वर्ष गरेको व्याख्यालाई समेत नजीर मानेर यसको समधान गर्नेछ |

के थियो दुई वर्ष पहिले न्यायिक समितिको निर्णय ?

यहाँ संलग्न पत्रले अहिलेको गौरी जोशीको उम्मेद्वारीका बारे रहेको अन्यौल चिर्नेछ भन्ने नजीर देखिन्छ |

पढ्नु होस् यो पत्र |

 

 

 

प्रतिक्रिया